कोरिया को राजाधनी सौल स्थित तुन्देमुनमा रहेको लुम्बिनी रेष्टुरेन्ट डिसेम्बर ३१ तारिखका दिन म्याग्दी समाज कोरियाको आयोजनामा प्रखुम अतिथी बिनोद कुवर र कार्यक्रमका सभापति समाजका अध्यक्ष नर बहादुर पुनले संयुक्त रुपमा पानाशमा बत्ती बालेर कर्यक्रम को उद्घाटन गर्नु भएको थियो। कोरियाली समयानुसार ठीक रात को १२ बजे नेपाली राष्ट्रिय गीत को धुन सँगै अध्यक्ष नरबहादुर पुन ले केक काटेर नयाँ बर्ष २०१० लाई स्वागत गरे लगत्तै म्यग्देलिहरुले एक् आपसमा शुभकामना आदन प्रदान गरेका थिए साथै सम्पूर्ण उपस्थित म्याग्देलिहरु बिभिन्न लोक भाकाहरुमा कम्मर मर्काइ मर्काइ नाचेका थिए । सो कार्यक्रम समाजका सचिब भरत तुलचनको सन्चालन मा रहेको थियो ।
" नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना"
Comments :
0 comments to “कोरियामा रहेका म्याग्देलिहरुले यसरी मनाय नयाँ बर्ष”
Post a Comment