wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 29, 2010

४७ सालको संविधान पुनर्जिवित गर्न किसुनजीको आग्रह

नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले तोकिएको समयमा संविधान नबन्ने दावी गर्दै २०४७ सालको संविधान पुनर्जिवित गर्न नागरिक र राजनीतिक दललाई आग्रह गर्नुभएको छ । भट्टराईले आइतबार विज्ञप्ती जारी गरेर जेठ १४ गतेभित्र संविधान नबन्ने दावी सहित ४७ सालको संविधान पुनर्जिवित गर्न आग्रह गर्नुभएको छ ।
प्रेश बिज्ञप्तीको पूर्णपाठः
मुलुक झण्डै संविधानविहीन अवस्थामा प्रवेश गर्न लागेको छ । आगामी जेठ १४ गते सम्ममा संविधान बन्ने कुनै सम्भावना देखिदैन । ०४७ सालको संविधान उत्कृष्ट हुँदाहुँदै पनि त्यसलाई लागू हुन पर्याप्त अवसर नै नदिई त्यसलाई हतारमा समाप्त गरिएकोले नै अहिले मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता उत्पन्न भएको हो । यो अवस्था धेरै दिन रहन दिइएको खण्डमा मुलुकको स्वतन्त्रता, बैधानिकता, सामाजिक सद्भाव र समृद्धिमा प्रतिकुल असर पर्न जानेछ । संविधानसभा भित्रका दलहरुमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रजस्ता हतारमा आयात गरिएका राजनीतिक पोशाकहरुमा तीब्र मतभेद हुँदा त्यो नेपालको मौलिक पहिचान र आवश्यकता बिपरित भएको पनि उत्तिकै स्पष्ट छ ।

यस्तो अवस्थामा राष्ट्रिय अखण्डता र सद्भाव बनाउन स्व. बीपी कोइराला र गणेशमान सिंहले आहवान गर्नुभएको राष्ट्रिय मेलमिलापको सिद्धान्त नै उपयुक्त हुन्छ भन्ने मेरो मान्यता छ । संविधान बन्न नसक्ने र अराजकता बढ्ने अनि मुलुकको अस्तित्व समेत धरापमा पर्न सक्ने वर्तमान अवस्थालाई ध्यानमा राखी म हाम्रो देशका सवै नागरिक तथा राजनीतिक दलहरुसमक्ष तत्काल ०४७ सालको संविधानलाई पुनर्जीबित गर्नेतर्फ अगाढि बढ्न आग्रह गर्दछु ।
कृष्णप्रसाद भट्टराई

Comments :

0 comments to “४७ सालको संविधान पुनर्जिवित गर्न किसुनजीको आग्रह”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger