wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 19, 2010

महायज्ञको छैठौं दिनसम्म एककरोड १२ लाख सङ्कलन


हरिकृष्ण गौतम म्याग्दी, ५ बैसाख,बेनी अनलाइन बाट 

म्याग्दीको घार गाविस स्थीत मुक्तिमार्ग उच्च माविमा स्नातह तहको कक्षा सञ्चालनार्थ आयोजित महायज्ञको छैठौं दिनसम्म एककरोड १२ लाख भन्दा बढि रकम सङ्कलन भएको आयोजकहरूले बताएका छन् ।दुर्गम गाउँमा रहेका करिव आधादर्जन गाविसलाई समेट्नेगरि घार गाविसको बिचमा रहेको मुक्तिमार्ग उच्चमाविलाई आगामी तिनवर्षभत्र स्नातक तहको पढाइ सञ्चालन गर्ने लक्षका साथ आयोजना गरेको यज्ञमा स्थानीय गाउँलेका साथै त्यहाँ पुग्ने शुभचिन्तकहरूको समेत सौहार्दता बढेको आयोजकहरूले बताएका छन् ।यज्ञको छैठौं दिनसम्म एककरोड १२ लाख रुपैयाँ सङ्कलन भएको बताउदै आयोजक समितिका प्रचारप्रसार संयोजक ठकबहादुर बरुवालले यज्ञमा आँफुहरूले अपेक्षा गरेभन्दा निकै धेरै सफलता प्राप्तहुने अनुमान गरेको बताए ।दर्ुगम गाउँमा स्नातक तहसम्मको पढाइ सञ्चालन हुने भएपछि स्थानीय अभिभावकहरूले पनि आँफुसंग भएको सामर्थ भन्दापनि निकै बढि रकम दान गरेको आयोजक समितिका अध्यक्ष बहुदबहादुर बरुवालले बताए ।

यज्ञको छैठौं दिनमा मात्रै स्थानीय समाजसेवी दीलबहादुर बरुवालले पाँचलाख, चन्द्रकुमारी बरुवालले दुइलाख पाँचसय, हर्कबहादुर खड्काले एकलाख ५१ हजार, दर्ीघबहादुर बरुवालले एकलाख ५१ हजार, यामबहादुर खड्का एकलाख ५१ हजार लगायत गरि छठौ दिनमा मात्रै करिव ३३ लाख रुपैयाँ सङ्कलन भएको आयोजक समितिका लेखासमितिले जनाएको छ ।त्यस्तै यज्ञका शुरुका दिनमा दान गरेकाहरूले पनि युवा पण्डीत दिनबन्धु पोख्रेलको स्वर र विद्यालयको महान लक्षको उच्च मुल्याङ्कन गर्दै आफ्नो रकममा बृद्धी गर्दै गइरहेका यज्ञ आयोजक समितिका महासचिव कृष्णबहादुर बरुवालले बताए ।आफ्नो पालामा गाउँमा अध्ययन गर्नु ज्यादै असम्भव कुरा भएकोले आफ्ना सन्ततीहरूलाई गाउँ छाडेर बाहिर पठाउनुभन्दा आफ्नो क्षमताले भ्याएअनुसारको सहयोग गरेर गाउँमै क्याम्पस सञ्चालन गर्ने सोंच रहेकोले यज्ञमा ठुलो रकम दान गरेको स्थानीय दीलबहादुर बरुवालले बताए ।यज्ञमा सङ्कलन भएको रकमले आगामी तिनवर्षभित्रमा म्याग्दी जिल्लाको ग्रामिण क्षेत्रमै उच्च गुणस्तरिय शिक्षा सहितको स्नातक कक्षा सञ्चालन गरिनुका साथै आवश्यक पर्ुवाधार बनेमा विश्वविद्यालय समेतको स्थापना गर्ने लक्ष लिइएको यज्ञ आयोजक समिति र स्थानीय अभिभावकहरुको भनाइ रहेको छ ।विश्व र मुलुकमा दीगो शान्तीको कामना गर्दै आइतबार नै एककरोड २५ लाख दिप प्रज्वलन गरिएको दिपज्योती निर्माण तथा सङ्कलन उपसमितिका संयोजक बल्लीका बरुवालले बताउनुभयो । यज्ञमा युवापंडित दिनबन्धु पोख्रेलले बाचन गरिरहेका छन् ।


Comments :

0 comments to “महायज्ञको छैठौं दिनसम्म एककरोड १२ लाख सङ्कलन”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger