wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 12, 2010

म्याग्दीमा 'अपर कालीगण्डकी’ जलविद्युत्



म्याग्दी, चैत्र २८ - 
कालीगण्डकी नदीमा अर्को 'अपर कालीगण्डकी' जलविद्युत् आयोजना सुरु हुने भएको छ । 
'रन अफ दि रिभर' प्रकारको अपर कालीगण्डकी जलविद्युत् आयोजना बेगखोला र कालीगण्डकी संगमस्थलमा बाँध बनाई भगवती र पिप्ले गाविसको पुछार हुँदै ८ किमि लामो सुरुङ बनाई पिप्ले गाविसको घुमाउने तालमा विद्युत् गृह बनाउने योजना छ । प्रस्तावित अपर कालीगण्डकी जलविद्युत् आयोजना बाहेक जिल्लामा १ सय ४६ मेगावाट क्षमताको कालीगण्डकी गर्ज, ३० मेगावाटको राहुघाट र ३५ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाहरू निर्माण प्रक्रियामा छन् । 
ट्रेड लिंक ग्लोबल प्रालिले निर्माण गर्ने उपर कालीगण्डकी जलविद्युत् आयोजना ६० देखि ९० मेगावाट क्षमता रहने प्रारम्भिक अनुमान छ ।
'आयोजना सुरु गर्न वातावरणीय प्रभाव मूल्यांकनका लागि क्षेत्र निर्धारण 'स्कोपिङ' काम गरिरहेका छौं,' नेपाल इन्भाइरोनमेन्ट एन्ड साइन्टिफिक सर्भिसेज प्रालिका वातावरणीय अधिकृत ज्यांगजी खरेलले बताए । 
यसैगरी प्रस्तावित अपर कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधभन्दा १५ किमिमाथि नारच्याङ गाविसमा १ सय ४६ मेगावाट क्षमताको कालीगण्डकी गर्ज र विद्युत् गृहको पाँच सय मिटर तल रघुगंगा जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु भएको छ । 
कालीगण्डकी गर्ज परियोजना मुस्ताङको लेते तथा कुन्जो र म्याग्दीको दाना तथा नारच्याङ गाविसको सीमामा पर्ने पैरोथाप्लाबाट ६ किमि सुरुङ मार्गबाट कालीगण्डकी नदी ल्याई नारच्याङ गाविसमा अर्धभूमिगत प्रकारको विद्युत् गृह निर्माण गर्ने योजना छ । परियोजना 'रन अफ द रिभर सिस्टम' को हो ।
हाइड्रो सोलुसन काठमाडौं प्राविधिक परामर्शदाता रहेको कालीगण्डकी गर्ज परियोजनामा नेपाली प्राविधिक टोलीको ज्ञान र सीपको उपयोग गरिनेछ । परियोजना निर्माणमा नेपाली लगानीबाहेक विश्वका विभिन्न ७ वटा लगानीकर्ताको समेत लगानी रहनेछ । प्राकृतिक स्रोतमा हक सुनिश्चित गर्दै स्थानीयलाई निश्चित प्रतिशत सेयर बिक्री गर्ने योजना रहेको छ । 
कालीगण्डकी गर्ज परियोजना बेनी जोमसोम कच्ची राजमार्गको ३६ किमिमाथि बाँदरजुंग भीरको पारिपट्ट िरहेको छ । 'अहिले विद्युत् गृहका लागि जग्गा खरिद प्रक्रिया भइरहेको' कालीगण्डकी गर्ज हाइड्रोले जनाएको छ । 
त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि ३ किमि उत्तर गलेश्वरस्थित रहुघाट खोलाबाट ३० मेगाबाइट क्षमताको मध्यमस्तरीय जलविद्युत् आयोजना पनि निर्माण चरणमा छ । कुल ७ अर्ब रुपैयाँको लागत अनुमान गरिएको आयोजना भारतीय सरकारको अनुदान तथा सहुलियतपूर्ण ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको हो ।
कान्तिपुर बाट 

Comments :

0 comments to “म्याग्दीमा 'अपर कालीगण्डकी’ जलविद्युत्”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger