wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 5, 2010

९ बर्षीय बालिका आमा बनिन

 चीनमा एक ९ वर्षीय स्कूले छात्राले ६ पाउण्डको बच्चा जन्माएकी छिन्। शल्यक्रिया गरेर शिशु निकालिएको उनी विश्वकै सबैभन्दा कम उमेरकी आमामध्ये एक हुन्।उत्तर पूर्वी प्रान्त जिलिनको चाङचुनस्थित अस्पतालमा ती बालिकाले साढे ८ महिनाको गर्भधारणपछि जनवरी २७ मा बच्चा जन्माएको स्थानीय समाचारपत्रहरूले जनाएका छन्।
सिटी न्यूज समाचारपत्रका अनुसार ती बालिका र उनको बच्चाको अवस्थामा राम्रो छ।तर उनको अभिभावकले त्यसबारे प्रहरीमा उजुरी दिएका छन्। चीनको कानुनमा १४ वर्षभन्दा कम उमेरका बालबालिकासँगको यौन सम्बन्धलाई बलात्कार मानिन्छ।अस्पतालको एक नर्सले सो बालिकाका परिवार सोङयुनको भएको बताएकी छिन्। उनले ती केटी 'वयस्क' जस्तो देखिने भए पनि उनी कसरी गर्भवती भइन भन्ने नखुलेको बताइन्। अस्पतालले यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ।चीनले बालबालिकालाई कम उमेरमा यौन गतिविधिमा संलग्न हुनबाट जोगाउन देशव्यापी अभियान संचालन गरेको छ र इन्टरनेटमा यौनसम्बन्धी विषयवस्तुमाथि प्रतिबन्ध लगाएको छ। माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच यौनसम्पर्क भएको भेटे विद्यालयबाट निलम्बन वा निस्कासन गर्ने गरेको छ।आलोचकहरुले किशोरी अवस्थामै गर्भपतन गर्नेको संख्या तीब्ररूपमा बढे पनि उपयुक्त यौन शिक्षाको आवश्यकतामा जोड दिएका छन्।सांघाईको एउटा अस्पतालको तथ्यांकले गर्भपतन गराउनेमध्ये एक तिहाइ स्कुले विद्यार्थी रहेको देखाएको छ।गत वर्ष, चोङक्विङ सहरस्थित एउटा क्लिनिकले विद्यार्थी परिचय पत्र भएकालाई गर्भपतन गर्न आधा छुट दिने विज्ञापन जारी गरेपछि त्यसको आलोचना भएको थियो।पेरुकी एक ५ वर्षे बालिकाले सन् १९३९ मा बच्चा जन्माएकी थिइन्। 
(कान्तिपुर बाट )

Comments :

0 comments to “९ बर्षीय बालिका आमा बनिन”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger