wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 14, 2011

२०६७ साललाई फर्केर हेर्दा

२०६७ साल नेपालका लागि खासै फलदायी रहेन । यो वर्ष नेपालमा हत्या िहंसा सत्ताको छिनाझम्टीकै खवर सुनेर विताउनु पर्यो । दलका नेताहरु जुटमा भन्दा फूटमा बढी ध्यान केन्द्रीत गरे । शान्ति प्रकृया थप जटील बन्दै गयो भने शिशु गणतन्त्र हुर्कने भन्दा पनि कोमामा जाने अवस्थामा पुग्यो ।२०६७ सालमा भएका केही महत्वपूर्ण घटना क्रमलाई हजुरको सहजताका लागि बुँदागत रुपमा प्रस्तुत गरेका छु
२०६७ साल हामीबाट विदा भएको छ । यो वर्षमा नेपाली जनताले पाउने भन्दा बढी गुमाउने नै भयो । आशा भन्दा निराशा बढी दियो २०६७ ले । दलहरु संविधान निर्माणमा भन्दा सत्ता प्राप्तीमा बढी समय खर्च गरे । यो वर्ष संविधानसभाको म्याद एक वर्ष थपियो तर संविधान निर्माणको स सम्म पनि लेख्न सकेनन् दलहरुले । के के भए त वर्ष २०६७ मा ।
२०६७ बैशाख

मेसिन रिडेबल पासपोर्ट छपाई प्रकरण । टेण्डर रद्ध गरी भारतलाई छाप्न दिएपछि तत्कालिन परराष्ट्रमन्त्री सुजाता कोइरालाको आलोचना । अन्ततः नयाँ प्रकृया सुरु गर्ने निर्णय ।
माओवादी आन्दोलन चलिरहेका बेला तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले कसैका अगाडी घुँडा नटेक्ने भन्दै शान्ति र संविधान टुंगोमा पुर् याउने प्रतिवद्धता पछि माओवादी थप आन्दोलित । नेपालको यो भनाई सँगै झलनाथ खनाल भन्दै थिए- संविधान लेखिदैन ।
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले सुडान घोटालाबारे छानवीन थाल्यो ।
१६ गते- माओवादी आन्दोलनको मोर्चामा गुच्चा र गुलेली वरामद ।
१७ गते- माओवादीले सात लाख जनता उतारेर सभा गर् यो ।
१९ गते- एमाले नेता वामदेव गौतमले आन्दोलनमा ऐक्यवद्धता जनाएर प्रधानमन्त्रीलाई ज्ञापन दिए ।
१९ गते- कोटेश्वरमा गोली चल्यो ।
२० गते- सरकारका ५ जना मन्त्री एउटै गाडीमा चढेर िसंहदरवारबाट वाहिरिए ।
२२ गते- आन्दोलनकै क्रममा भक्तपुरमा गोली चल्यो जताततै कफ्र्यू ।
२३ गते वीरगाज र वुढानीलकण्ठमा सर्वसाधारणबाट आन्दोलनको प्रतिकार ।
२४ गते- उद्योगी व्यवसायीबाट बन्द विरुद्ध शान्ति र् याली ।
२५ गते खुलामाचमा माओवादी सभा- प्रचण्डले भने- सुकीलामुकीला होसियार ।
२९ गते – प्रचण्डले याक एण्ड यती होटलमा कार्यक्रम नै गरेर सुकीलाहरुसंग माफी मागे ।
३० गते- अनमीनको अन्तिम म्याद चार महिनाका लागि थपियो ।
बैशाख महिनामै- चीनमा महाभुकम्प । आइसल्याण्डमा ज्वालामुखी विष्फोट युरोपमा विमान बन्द ।
भक्तमान श्रेष्ठ अपहरण प्रकरण । युनिटी प्रकरण । विद्यालय बन्द । जताततै दुर्घटना ।
अष्ट्रेलीया र अमेरिकाका मन्त्री पाकिस्तानका प्रम र माल्दिभ्सका राष्ट्रपति सार्कमा जाने क्रममा काठमाडौमा ।२०६७ जेष्ठ
५ गते- वीरगाजका व्यापारी गोपाल केडीयाको हत्या ।
११ गते- साना दलको बैठकमा कुटाकुट ।
१४ गते- संविधानसभाको म्याद एक वर्ष थप ।
२२ गते- अपहरित भरतपुर क्यान्सर अस्पतालका डाक्टर भक्तमान श्रेष्ठ रिहा ।
२५ गते- वसुन्धरामा वम विष्फोट ।
२७ गते- अमेरिकी उपसहायक मन्त्री केल्ली काठमाडौमा ।
२८ गते- काठमाण्डौमा फोहोरको तनाव ।
२०६७ असार
९ गते- १६२६ जना शहिद घोषणा ।
१० गते- काठमाडौको मैतीदेवीमा गोली चल्यो ।
११ गते- हिन्दु युवा संघका अध्यक्ष कांसी तिवारीको हत्या ।
११ गते- ग्रामिण विकास बैंकका प्रवन्धक विश्वनाथ अधिकारी ३३ दिनपछि रिहा ।
१३ गते- संयुक्त जातीय मुक्ति मोर्चाको दवावमा सचिवहरुबाट राजीनामा ।
१६ गते- प्रधानमन्त्री माधव नेपालबाट राजीनामाको घोषणा ।
२० गते- नेपाली काँग्रेसका नेता एवं सभासद् बलवहादुर राईको निधन ।
२२ गते- इन्धनको मुल्य बढ्यो र वानेश्वरमा वम विष्फोट ।
२४ गते- भक्तमानको अपहरणमा संलग्न सार्वजनीक ।
२८ गते- ११० अर्व २१ करोड रुपैंयाको विशेष बजेट ।
३० गते- कुख्यात अपराधी चाल्स्र शोभराजको फैसला ।
२०६७ साउन
२ गते- संविधान लेखनको नयाँ कार्यतालिका सार्वजनिक ।
४ गते- संसदमा प्रधानमन्त्रीका लागि मनोनयन ।
५ गते- प्रधानमन्त्रीका लागि व्यवस्थापिका संसदमा पहिलो चरणको चुनाव ।
८ गते- दुई कोरियाबीचको तनाव ।
११ गते- चीनका सहायक मन्त्री काठमाडौमा ।
१२ गते- पाकिस्तानमा विमान दुर्घटना १५२ जनाको मृत्यु ।
२०६७ भदौ
८ गते- अग्नी एअरको विमान दुर्घटना-
 १४ जनाको मृत्यु ।
जताततै वाढी पहिरो काठमाडौको धोविखोलाले ट्याक्सी बगायो ।

२०६७ असोज

१ गते- नेपाली कांग्रेसको महाधीवेसन । महाधिवेशनबाट शुशिल कोइराला सभापति चयन ।
१७ गते- काठमाडौको ठमेलमा गोली चल्यो ।

२०६७ कार्तिक

२२ गते- रविभवनमा गोली चल्यो ।
२५ गते- क्यासीनो साचालकलाई राजश्व नतिरेको भन्दै पक्राऊ पूर्जी ।
२६ गते- वर्माकी प्रजातन्त्रवादी नेतृ आङ् साङ् सुकी रिहा ।
२७ गते- साउदी अरवका राजकुमार तलाल काठमाडौमा ।

२०६७ मंसिर

१ गते- अमेरिकी सरकारको नीति सार्वजनीक ।
३ गते- संसदमा बजेट प्रस्तुत गर्न खोज्दा अर्थमन्त्री सुरेन्द्र पाण्डे माथि माओवादी सभासदबाट हातपात ।
५ गते- माओवादीको विस्तारीत वैठक गोरखाको पालुङटारमा सुरु ।
५ गते- दुई कोरियाबीच तनाव ।
१५ गते- हिमालय टेलभिजिनको प्रसारण सुरु ।
१७ गते- अमेरिकी उपसहायकमन्त्री नेपाल भ्रमणमा ।
१९ गते- चिनियाँ मन्त्री सहितको टोली काठमाडौमा ।
२७ गते- प्रहरीको मष्ट वान्टेड सूचीमा रहेका दिपक मनाङे पक्राऊ ।
२८ गते- चितवनको टाइगर टप्स काण्डमा पारस शाह पक्राऊ ।
२९ गते- तारा एअरको विमान दुर्घटना ।

२०६७ पुष

२ गते- संसदमा माओवादीबाट समावेदन दर्ता ।
५ गते- मधेशी जनअधिकार फोरम लोकतान्त्रीक दुई टुक्रा ।

२०६७ माघ

१ गते- संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन नेपालबाट ४ वर्ष पछि वहिर्गमन ।
१ गते- राष्ट्रपतिबाट राष्ट्रिय सहमतिको सरकार गठन गर्न आव्हान ।
६ गते- एमाले अध्यक्ष झलनाथ खनाललाई आफ्नै कार्यकर्ताबाट झापड ।
८ गते- माओवादी जनसेना विशेष समितिको मातहतमा ।
११ गते- संसदको नियमावली संशोधन गरी प्रधानमन्त्री चयनको नयाँ प्रकृया सुरु ।
२० गते- एमाले अध्यक्ष झलनाथ खनाल माओवादीको समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित ।
२७ गते- पहिलो पटक मन्त्रीपरिषद् विस्तार ।

२०६७ फागुन

११ गते- लिवियाको आन्दोलन उत्कर्षमा ।
२० गते- कृष्णबहादुर महराको नेतृत्वमा माओवादी सरकारमा सहभागि ।
२१ गते- सन्त नेता तथा नेपाली काँग्रेसका संस्थापक कृष्णप्रसाद भट्राईको निधन ।
२७ गते- जापानमा शक्तिशाली भूकम्प पछि विनासकारी सुनामी हजारौको मृत्यु ।
३० गते- मजदुर आन्दोलनका कारण देशभरका उद्योग बन्द ।

२०६७ चैत्र

जेलमा रहेका युनुस अन्सारी माथि गोली प्रहार काठमाडौको टेकुमा बेलुकी पख दुई जनालाई गोली प्रहार एक जनाको मृत्यु । काठमाडौको महावौद्धमा भारतीय व्यापारीको गोली हानी हत्या । एमाले नेता गोकर्ण विष्टमाथि खुकुरी प्रहार लगायतका घटना भए ।
यी बाहेक यो महिनामा राजनीतिक दलहरुबीच एकले अर्काेलाई गाली गर्ने बाहेक केही हुन सकेन ।
वर्ष २०६७ आम नेपालीका लागि निकै निराशाजनक वर्ष बन्यो । यो वर्षमा जनताले निकै त्रास र उदासिनतामा दिन विताउनु पर् यो । तर वर्ष २०६८ ले नेपाली जनतालाई नयाँ संविधान देवस । शान्ति प्रकृया निष्कर्षमा पुगोस । हाम्रो यहि शुभकामना ।

Comments :

0 comments to “२०६७ साललाई फर्केर हेर्दा”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger