![]() |
बाग्लुंग कालिका मन्दिर |
पवित्र कालीगण्डकी र काठेखोलाको दोभानमाथि प्रकृतिको नैसर्गिक सुषमाको बीच प्रसिद्ध कालिका देवी भगवतीको पवित्र मन्दिर विद्यमान छ । पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाली राजा मुनि मुकुन्द सेनकी राजकुमारी सँग वि सं १५९१मा विवाह हुँदा राजकुमारीले पाल्पा माझकी देवी कालिका देवी साथमा ल्याई यस पावन भूमिमा वैदिक विधिपूर्वक प्रतिष्ठिापित गरिएको हो ।राजकुमारी यी कालिका देवीको अनन्यभक्त थिईन् । भनिन्छ यिनले कालिका देवीको प्रत्यक्ष दर्शन पाउँथिन् । यी कालिका देवी वेगर राजकुमारी एकक्षण बस्न नसक्ने भएकीले विवाह गरी आउँदा देवीलाई आफ्नो बुबासँग मागी साथमा ल्याएकी हुन् ।कालिका देवीलाई पहिले माझकी देवी काली कालिका देवी श्री देवी माईस्थानको नामले पुकारेको पाइन्छ । कालिका देवीका बारेमा प्राप्त कागजातहरु र लालमोहरहरुमा भगवती भनि उल्लेख भएको देखिदैन । केहि वर्ष पहिले देखिमात्र कालीका देवीको अर्का नाम भगवती पुकारिन थालेको हो ।प्रसिद्ध कालिका देवीको मन्दिर अवस्थित मनोरम जंगलदेखि तल कालीगण्डकीको एकान्त विस्तृति छ जहाँ कालीको कलकल ध्वनि प्रकृतिको मौन संगीत श्रवण गर्न सकिन्छ । कालिका देवीको प्रसिद्धि र महिमा बागलुङ म्याग्दी पर्वत र मुस्ताङ जिल्ल्ामा मात्र सीमित छैन । यो नेपाल अधिराज्यमा नै प्रसिद्ध पवित्र एवं महत्वपूर्ण धार्मिक स्थल मानिन्छ । यहाँ दर्शन गर्न आउने पुत्रकामी दम्पत्तिको मनोरथ निश्चित रुपमा पूर्ण हुन्छ भन्ने विश्वास भक्तजनहरुको छ । कालिका भगवती प्रति असीम भक्तिभाव राखेर दर्शन गर्न आउने भक्तहरुको मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास रहेको छ ।मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वतिरको ढोका कहिल्यै खोलिदैन । यो ढोका खोल्दा सो ढोकामा नाग उत्पन्न हुने भएकाले सदा बन्द गरिने गरिन्छ ।
मन्दिरको बाहिर चारैतिर भित्तामा १४ प्रस्तर मूर्तिहरु छन् । मन्दिर वरपार सत्तलहरु बनाइएको छ । मन्दिरको मुख्य द्वार अगाडि शिविलंग राखिएको छ । त्यसको दुवैपट्टि पीत्तलका िसंहहरु राखिएका छन् र मन्दिरको वरिपरि बत्ती आरति बाल्न तामाका १०८ दियोहरु राखिएका छन् । मन्दिरको बाहिर दायाँ तिर कौडेलीमाईको मुर्ति छ । मन्दिर भित्र पूजा अर्चना गरि सकेपछि बाहिर रहेको कौडेलीमाईको मुर्तिमा पूजा अर्चना गर्ने प्रचलन छ । त्यसपछि फर्कदा जंगलको विचमा अवस्थित चण्डीकालीको मन्दिरमा पूजा अर्चना गरिन्छ । शाहवंशीय राजाहरुमा राजा महेन्द्र कालिका देवी भगवतीको दर्शन गर्ने पहिलो राजा हुन् । यिनले २०१६ साल मंसीर ३० गते कालिका देवीको मन्दिरमा पूजा गरेका थिए । तत्पश्चात पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमलबाट २०६२ साल चैत महिनामा कालिका देवीको पूजादर्शन गरेका थिए ।मन्दिरभित्र पूर्व खण्डमा तीन फिटजति अग्लो नौ फिटजति चौडाई भएको चारकुने चौको मण्डप बनाइएको छ । त्यसै मण्डपमाथि चाँदीको ढकनीले ढाकेका तीन थुम्काहरु छन् जसलाई महाकाली महालक्ष्मी र महासरस्वतीको रुपमा स्थापित गरिएको छ । त्यसको छेउमा शिविलंग र गणेशको स्थापना गरिएको छ । यस मण्डप वरिपरि ध्वजा-पताका घण्टाहरु झुण्ड्याइएका छन् । मूर्तिहरुमाथि तामाको चुँदरी झुण्डाइएको छ । मन्दिरको मूल प्रवेशद्वारभित्र दाहिने तिर अखण्ड धुनी छ । श्रुतिस्मृति अनुसार कालिका देवी पहिले साक्षात थिईन । मन्दिरका पुजारी वा भक्तजनहरुलाई कालिका देवीले साक्षुत दर्शन िदंदा देवीको तेजबाट भष्म हुने त्रास हुनाले देवीलाई भूगर्भमा स्थापित गरी मण्डप बनाई पुजादि गर्न थालिएको हो ।पर्वत राज्य वि।सं। १८४३ मा नेपालमा गाभिएपछि वि।सं। १८४५ मा सरदार अमरिसंह थापाले पुजारी रामचन्द्र खड्काका नाममा गरिदिएको सनद जुन वि।सं। १८४८ मा श्री ५ महाराजाधिराजबाट लालमोहर भएको थियो यही नै खड्का पुजारीलाई प्राप्त पहिलो लालमोहर देखिन आएको छ । वि।सं। १८५९ सालमा श्री ५ महाराजाधिराजबाट कृष्ण खड्का र जयविन्द खड्काको नाममा भएको लालमोहरमा बागलुङ चौरकी कालिका देवीको गुठ अक्षत्या चाँफाबोट षेत १ पाडाका तीन भाइका परिवारले पायाको बारी घडयारी तस्को साँध पूर्व थांइलाको वृत्ता पश्चिम छहरया खोल्सो दक्षिण कमया डाँडो उत्तर पन्थको वृत्ता यति चार किलाभित्रको जगह समालको १४ पुस्तादेषी गुठ राष्याको रहेछ मुलूक मार्दा हाम्रा भारदारले जाँची बुझी श्री वाज्युका हजुरमा बिन्ती गरी थामी बक्स्याको रहेछ सोही लालमोहर बमोजिम हामीले पनि थामी बक्स्यौं …। भनी लेखिएको छ । पर्वत राजाहरु पहिले समाल कहलिन्थे ।राजा प्रतापी नारायण मल्लले पाल्लादेखि कालिका देवीको खड्ग समाती आउने चक्र पवारलाई ँखड्गा पदवी दिई पुजारी गराई गुठ राखी दिए । यो राजगुठी हो । त्यसपछि यिनका सन्तानहरुले करिव ५ सय वर्ष अविच्छिन्न रुपमा पुजारी भै देवीको सेवा गरे । २०३२ सालदेखि गुठी संस्थानको सामान्य रेखदेखमा सो संस्थानबाट गठित समितिको रेखदेख र नियन्त्रणबाट कालिका देवीको संचालन भैरहेको छ ।कालिका देवीको नाममा मन्दिर रहेको जंगल र उत्तरपट्टि जोडिएर रहेको फूलबारी जग्गा रत्न बाल उद्यान समेत कि. नं ५९१ र कि।नं। ५९० १८९-८-१-१ रोपनी जग्गा छ । मन्दिर रहेको कित्ता बाहिरको अर्को कित्ताको करिव विस रोपनी क्षेत्रफल जग्गालाई रत्न वाल उद्यानकोरुपमा विकास गरी सो उद्यानमा वि सं २०४६ साल माघमा मुमा रत्नको अर्धकदको प्रतिमुर्ति स्थापना गरी सो प्रतिमुर्तिको स्वर्गवासी श्री ५ बडामहारानी ऐश्वर्यबाट अनावरण कार्य सुसम्पन्न भएको थियो ।हालको मन्दिर २०५४ सालमा पुनर्निर्माण गरिएको हो । यस पूर्वको मन्दिरपनि पेगोडा शैलिकै थियो । श्रुतिस्मृति अनुसार स्थापनाकालमा कालिका देवीको मन्दिर खरले बनाईएको लामो थियो । मन्दिरको माथिल्लो छानामा रहेको सुनको मोलम्मा लगाईएको गजुरमा १६३४ लेखिएकाले र पर्वते राजाहरुले शाके सम्वत लेख्ने गरेका हुनाले पेगेडा शैलीको पहिलो मन्दिर विसं १७६९ मा निर्माण भएको प्रमाणित हुन आउछ ।
पूजा विधि
प्रत्यक दिन विहान सवेरै पूजारी काली गण्डकी नुहाएर काली गण्डकीको पवित्र जल लिइ फर्के पछि देवीका मंदिर िभंत्र सिचन गर्छन । चन्दन घोट्ने काम गर्छन । पहिले चण्डीकालीको थालीमा चन्दन राखिन्छ तवमात्र मन्दिरको चन्दनदानीमा चन्दन राखिन्छ । क्रमशः आरती कलश गणेश शिव महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा गरेपछि मन्दिरका चार ढोकाहरु र मन्दिर भित्र रहेको अखण्ड धुनीमा पूजा गरिन्छ । मन्दिर भित्र उत्तर तर्फको खोपीमा नहकुल सहदेवको नाममा समेत पूजा गरिने प्रचलन छ ।
भित्रको नित्य पूजा सकेपछि पूजारी चण्डीकालीको स्थानमा धुप चढाउन गै फर्के पछि मन्दिर वाहिर पूर्व पट्टी रहेको कौडेलीमाईको पूजा गर्छन । तव मात्र सर्व साधारण सवैको निम्ती मन्दिर खुला हुन्छ ।
वर्षमा दुई पटक वडा दशैं र चैत दशैंमा कालिका देवीको विशेष पूजा गरिन्छ । दुवै दशैंमा व्राहमणहरुबाट नवदुर्गा भर सप्तशतिको पाठ गरिन्छ । दुवै दशैंको अष्टमी कालरात्री र नवमीको दिन समितिबाट नित्य पूजा तीन वोका एक रांगो एक सुगुर एक जोडी परेवा र कुखुराको वली दिइन्छ । कालिका देवीको मन्दिरमा अष्ठमी र कालरात्रीमा तथा चण्डीकालीको स्थानमा नवमीका दिन वोकाको वली दिईन्छ । रांगो सुगर परेवा हाँस र कुखुराको वली भने कालिका देवीको मन्दिरमा मात्र दिईन्छ । नेपाल राज्यमा सबैभन्दा बढी पशुबली दिईने देव देवीका मन्दिरमा कालिका देवीको मन्दिर पर्दछ ।
वडा दशैं र चैत दशैंको नवदुर्गाभरी कालिका देवीलाई श्रीपेच तिल्लहरी सुनको गरगहना हार आदि पहिराई सिगारिन्छ । दर्शन गर्न आउने देवीका भक्तहरुले देवीलाई सुन चांदी तामाका गर गहना चढाउने गर्छन ।
श्रोत : “बागलुङका पवार खडका” लेखक- बिदुर खडका, बागलुङ ।
Comments :
0 comments to “बाग्लुंग कालिका मन्दिर : एक चिनारी”
Post a Comment