
चालक गलेश्वरका बेदप्रसाद सुवेदी र यात्रु ट्रयाक्सी सहित कालिगण्डकी नदीमा खसेको हो ।बेनी नगरपालिमा पर्ने घटान गलेश्वरको डाडाँबाट खसेको ट्याक्सी करिव डेढ किलोमिटर तल जलेश्वरमा नदीमा ढुङ्गामा अड्कीएको छ ।
ट्याक्सीमा स्पेन शेरपुञ्जाका भन्ने बालक सहित उनका परिवारका 4 जना रहेको भन्दै उनका आफन्त घटनास्थलमै बेहोस भएका थिए । उद्धारमा सघाउने नेपाली शेनासको इन्द्र बक्स गढका जवानहरू समेत खटिएका छन् ।
एक प्रत्येक्षदर्शीका अनुसार ट्याक्सीमा ५ देखि ७ जना सवार रहेको बताएका छन् । घटना स्थलको निरिक्षण तथा तत्काल उद्धारका लागि प्रहरीसहित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवाली र प्रहरी नायव उपरिक्षक दिनेशकुमार आचार्य समेत घटना स्थलमा पुग्नुभएको थियो । घटनामा सवार यात्रुहरू गलेश्बर मन्दिरको दर्शन गरेर र्फकएको बताइएको छ । बेनी नगरपालिका अन्तरगत पर्ने घटनास्थल निकै जोखिमपुर्ण मानिन्छ । ट्यक्सीभित्र यात्रु हुन सक्ने आशंका गरिएको भएतापनि ट्यक्सीलाइ बाहिर निकालेर हेर्दा एक जना पनि नभएको हुदाँ सबै ट्यक्सीमा सवार यात्रुहरु वेपत्ताभएका छन भने अव बेपत्ताको खोजी कार्यअव अगाडी बढ्ने छ ।
Comments :
0 comments to “कालीगण्डकी नदीमा खस्दा एकै परिवारका ४ जनासहित सवै आठ यात्रु बेपत्ता भएका छन् ।”
Post a Comment