wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

July 25, 2011

मलाई डीभी परेछ !~~~~~~~~~~~~~~~~~हुर्रे ~~~~~~~~~


अमेरिकी विदेश मन्त्रालयकै ठेगानाजस्तो बनाएर भाषासमेत आकर्षक बनाई यस्ता इमेल आउने गरेका छन् । नबुझी पैसा तिर्दा धेरै ठगिएका पनि छन् ।
श्री बाबुराम शर्मा 
डाइभर्सिटी भिसा (डीभी) प्रोग्रामका १ करोड २१ लाख निवेदकमध्ये कम्प्युटर र्‍यान्डम ड्रबाट छानिएका ५० हजार विजेतामा तपाईं पनि पर्नुभएको छ । डीभी अमेरिकी कंग्रेसद्वारा स्विकृतप्राप्त स्थायी आवास कार्ड उपलब्ध गराउने चिट्ठा कार्यक्रम हो । यसलाई ग्रिन कार्ड लोटरी पनि भनिन्छ ।
विजेताको विवरण
स्वीकृत मिति: बुधबार, २० जुलाई, २०११, अपराह्न ०१:४८:१४
विजेता: बाबुराम शर्मा 
देश: नेपाल
डीभीबारे जानकारी
डीभीबाट तपाईंले स्वास्थ्य, शिक्षा, रोजगारीका अवसरजस्ता अमेरिकी स्थायी आवासका सम्पूर्ण सुविधा र फाइदा पाउनु हुनेछ । एकपटक यो पाएपछि तपाईं जहिले सुकै अमेरिका आउन वा यात्रा गर्न सक्नु हुनेछ । यो भिसालाई १० वर्षमा नवीकरण गर्नुपर्नेछ ।
अमेरिकी सरकारले तपाईंलाई स्वास्थ्य बीमा, आवास सुविधा, कामको ग्यारेन्टी (तपाईंको दक्षता मिल्दो ता कि अमेरिका आएको साता नै काम सुरु गर्न सक्नुहोस्) र शिक्षाको व्यवस्था मिलाउने छ । अमेरिकी कलेज वा विश्वविद्यालयमा स्थानान्तरणसमेत हुनेछ र तपाईंले पढाइलाई निरन्तरता दिन सक्नुहुनेछ । यसबारे थप जानकारीका लागि हेर्नुस्- एजुकेशनयुएसए डट स्टेट डट जीओभी
प्रोसेसिङ फी : ८१९ अमेरिकी डलर

डीभीमा सहभागिता नि:शुल्क भए पनि प्रत्येक विजेताले ८१९ डलर तिर्नुपर्ने कानुनी प्रावधान छ । त्यो भुक्तानी पाएपछि ग्रिनकार्ड ग्यारेन्टी हुन्छ । परिवारका अन्य सदस्य (श्रीमती/श्रीमान्, दाजु/भाइ, दिदी/बहिनी, छोरा/छोरी आदि) ले पनि एकै पटक भिसा पाउने छन् तर उनीहरूको छुट्टाछुट्टै ८१९ डलरका दरले शुल्क तिर्नुपर्नेछ । बालबालिकाका लागि कुनै छुट छैन ।
रकम पठाउने विधि
शुल्क वेस्टर्न युनियन मनी ट्रान्सफरबाट अमेरिकाको बेलायतस्थित दूतावासमा पठाउनु पर्ने छ । रकम अमेरिकी डलर वा त्यो बराबरको आफ्नो देशको मुद्रामा जम्मा गर्न सकिनेछ ।
आफ्नो परिचयपत्रसहित वेस्टर्न युनियन गएर बेलायतस्थित अमेरिकी दूतावासका निम्न प्रतिनिधिको ठेगानामा रकम पठाइदिनु होला-
नाम- पउल होलिङ्स
ठेगाना- २४ ग्रसभेनर स्क्वायर
लन्डन, डब्लु१ए १एई
बेलायत
भुक्तानी पठाएपछि निम्न चरणहरू पूरा गर्नु होला-
क) वेस्टर्न युनियनको रसिदको स्क्यान कपीमा इमेल गर्ने
ख) त्यही इमेलमा निम्न विवरण पठाउने-
१. पैसा पठाएको कन्ट्रोल नम्बर
२. पठाउनेको सही नाम
३. पठाउनेको सही ठेगाना
४. पाउनेको सही नाम
५. पठाएको रकमको मात्रा
रकम पठाएको ७२ घन्टाभित्र अन्तिम अन्तर्वार्ताको मिति र समयसमेत निर्धारण गरेर (दुई दिनभित्रै हुने) तपाईंलाई जानकारी गराइनेछ । अन्तर्वार्तामा सफलतापछि तपाईंले कागजपत्र र यात्राबारे जानकारी पाउनुहुनेछ । अन्तर्वार्ताले भिसा नपाउने अवस्था सिर्जना गर्ने छैन ।
नोट- शुल्क भुक्तानी अगस्ट ४, २०११ भित्र भइसक्नुपर्नेछ । तपाईंलाई भुक्तानीको अन्तिम मितिसम्म नकुर्न हामी जोडदार सिफारिस गर्छौं । किनकि, धेरै मागले गर्दा सिस्टमले झन् ढिलाइ गर्न सक्छ ।
भुक्तानी प्राप्त भएपछि यो पत्रको एक प्रति तपाईंलाई हुलाकबाट समेत पठाइनेछ ।
डीभी विजेता भए पनि तपाईंको केस नम्बर/कन्फर्मेसन नम्बर भुक्तानी पाएपछि मात्र उपलब्ध गराइनेछ । कृपया यस्ता नम्बर सोधेर सम्पर्क गर्ने कष्ट नगर्नु होला । तपाईंलाई अमेरिकी विदेश मन्त्रालयमा सम्पर्क गर्न जरुरी नै पर्‍यो भने आफ्नो नामसहित यो ठेगानामा लेख्नु होला:
एउटा साथीलाई यस्तै इमेल आएछ । अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) को ठेगानाबाट पठाएको त्यो इमेल सरसर्ती हेरेपछि हतार-हतार श्रीमतीलाई देखाएछ । डीभी परेको खुसियालीमा दुवै मिलेर अफिसका सबैलाई लड्डु बाँडेछन् ।
'हेलो, आमा !' श्रीमतीले माइतीमा फोन गरेर भनिछन्, 'ज्वाइँलाई डीभी पर्‍यो नि !'
'हो र ?' आमा हर्षले गदगद भइछिन्, 'भाग्यमानी रैछेस् छोरी तँ त !'
'हजुरहरूकै आशीर्वादले त हो नि', छोरीले भनिछन्, 'पाँच वर्षदेखि भरेको, यसपालि चाहिँ बल्ल पर्‍यो ।'
बुवाले खबर सुन्नासाथ भोलिपल्टै नातिनातिनासहित आउन निम्ता गरेछन् । खसी काटेर भोज गरेछन् ।
'फलानाका छोरी-ज्वाइँ त अमेरिका जाने भएछन् !' गाउँभरि हल्ला चलेछ । अमेरिका जाने 'भाग्य भएका' ज्वाइँ कस्ता रहेछन् भनेर हेर्न धेरै छरछिमेकी आएछन् पनि ।
कतै नबुझी हतार-हतार उनीहरूले वेस्टर्न युनियनबाट पैसा पठाएछन् । ७२ घन्टा होइन, ७२ दिन बित्दा पनि उत्तरै आएनछ । विचरा ! उनीहरूको त्यत्रो खुसी, भोज-भत्तेर, सपना सबै एउटा ठगले रित्याइदिएछ ।
मलाई यस्ता इमेल कति आउँछन् कति ! कहिल्यै वास्तै गर्दिन । नहेरी डिलिट गरिदिन्छु । किनकि, न मैले डीभी भरेको छु, न त त्यसमा चासो नै छ । हजारौं डलर उपहार पर्‍यो भन्ने खालका इमेल पनि उत्तिकै आउँछन् । यस्ता इमेल पठाएर सकेसम्म पैसा, नत्र क्रेडिट कार्ड नम्बर वा इमेलको पासवर्ड मात्र भए पनि लिइछाड्ने गिरोहले धेरैलाई दु:ख दिएको छ ।
केही दिनअघि विराटनगरबाट कान्तिपुरकै रामबन्धु पौडेलको फोन आयो ।
'डीभीले मलाई झन्डै डुबायो नि !' उहाँले भन्नुभयो, 'तपाईंले लेखिदिनु पर्‍यो ।'
'के भयो ?' मैले सोधें ।
'झन्डै पैसै पठाएको', बन्धुजीको उत्तर थियो, 'धन्न त्यतिबेलै कान्तिपुरमा डीभीको नाममा ठगीमा पर्न सकिएला भन्दै सावधान गराएको अमेरिकी दूतावाससँग सम्बन्धित समाचार आयो र बचेँ ।'
जति इमेल पाइएका छन्, सबैमा भाषा उस्तै छन् । मलाई आएका दुवै इमेलमा प्रोसेसिङ फी ८१९ डलर छ भने रामबन्धुसँग ६८० डलर मागिएको छ । तीनवटै इमेलमा पैसा पठाउन बेलायतस्थित अमेरिकी दूतावासको ठेगाना दिइएको छ (जुन वास्तविकसँग मिल्छ) । तर, सम्पर्क व्यक्ति तीनवटा इमलेमा फरक छन्- पउल होलिङ्स, पिटर ब्लेम्याटल र माइक निकोल्स (ती नामका अधिकारी सम्भवत: त्यहाँको अमेरिकी दूतावासमा छैनन् होला) ।
अमेरिकी विदेश मन्त्रालयकै ठेगानाजस्तो बनाएर भाषासमेत आकर्षक बनाई यस्ता इमेल आउने गरेका छन् । नबुझी पैसा तिर्दा धेरै ठगिएका पनि छन् । खोज्ने हो भने सम्बन्धित इमेल बनाएका इन्टरनेट साइटका सञ्चालक पत्ता लगाई कारबाही गर्न गाह्रो छैन । अमेरिकी सरकारले आफैं लन्डनस्थित आफ्नो नियोगलाई प्रयोग गरी यसको छानबिन गराउन सक्छ । यसका लागि वेस्टर्न युनियनमार्फत् रकम पठाएर लिन को जान्छ, हेर्न सकिन्छ । यसो गर्न किन पनि जरुरी छ भने यस्ता धन्दावालले अमेरिकी सरकार र दूतावासलाई मुछेका छन् । त्यही विश्वासमा धेरैजना डुबेका छन् ।
इन्टरनेटमा हेर्दा डिप्लोम्याट्स डट कम भन्ने साइट वल्र्ड डट कम मिडियाको एउटा प्रकाशन रहेछ । यसका अरू प्रकाशन एसिया डट कम, पपस्टार डट कम, डक्टर डट कम, कपल डट कम, इमेल डट कम, पेरिस डट कम, न्युयोर्कइन्फो डट कम आदि छन् । त्यस्तै युएसए डट कम अमेरिकासम्बन्धी जानकारीमूलक साइट हो । अर्को इमेल पठाउने साइट भने नेपालमा खुलेन । अमेरिकी नियोगहरूले चाहे भने अझ बढी पत्ता लगाउन सक्छन् र धेरैलाई ठगिनबाट जोगाउन सक्छन् ।
तपाईंलाई त कतै यस्तो डीभी परेको छैन ? अनि, अमेरिका जाने आसमा हतार-हतार डलर त पठाउनुभएको छैन ?
कान्तिपुर बाट साभार ( अरु कसैको नाममा मेरो नाम राखेको छु अन्यथा नलिनु होला )

Comments :

0 comments to “मलाई डीभी परेछ !~~~~~~~~~~~~~~~~~हुर्रे ~~~~~~~~~”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger