अमेरिकी विदेश मन्त्रालयकै ठेगानाजस्तो बनाएर भाषासमेत आकर्षक बनाई यस्ता इमेल आउने गरेका छन् । नबुझी पैसा तिर्दा धेरै ठगिएका पनि छन् ।
श्री बाबुराम शर्मा
डाइभर्सिटी भिसा (डीभी) प्रोग्रामका १ करोड २१ लाख निवेदकमध्ये कम्प्युटर र्यान्डम ड्रबाट छानिएका ५० हजार विजेतामा तपाईं पनि पर्नुभएको छ । डीभी अमेरिकी कंग्रेसद्वारा स्विकृतप्राप्त स्थायी आवास कार्ड उपलब्ध गराउने चिट्ठा कार्यक्रम हो । यसलाई ग्रिन कार्ड लोटरी पनि भनिन्छ ।
विजेताको विवरण
स्वीकृत मिति: बुधबार, २० जुलाई, २०११, अपराह्न ०१:४८:१४
विजेता: बाबुराम शर्मा
देश: नेपाल
डीभीबारे जानकारी
डीभीबाट तपाईंले स्वास्थ्य, शिक्षा, रोजगारीका अवसरजस्ता अमेरिकी स्थायी आवासका सम्पूर्ण सुविधा र फाइदा पाउनु हुनेछ । एकपटक यो पाएपछि तपाईं जहिले सुकै अमेरिका आउन वा यात्रा गर्न सक्नु हुनेछ । यो भिसालाई १० वर्षमा नवीकरण गर्नुपर्नेछ ।
अमेरिकी सरकारले तपाईंलाई स्वास्थ्य बीमा, आवास सुविधा, कामको ग्यारेन्टी (तपाईंको दक्षता मिल्दो ता कि अमेरिका आएको साता नै काम सुरु गर्न सक्नुहोस्) र शिक्षाको व्यवस्था मिलाउने छ । अमेरिकी कलेज वा विश्वविद्यालयमा स्थानान्तरणसमेत हुनेछ र तपाईंले पढाइलाई निरन्तरता दिन सक्नुहुनेछ । यसबारे थप जानकारीका लागि हेर्नुस्- एजुकेशनयुएसए डट स्टेट डट जीओभी
प्रोसेसिङ फी : ८१९ अमेरिकी डलर