wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 6, 2011

सत्ता साझेदार दल एमाओबादि र एमालेबिच म्याग्दीमा सम्बन्ध चिसिदै


केन्द्रिय राजनितिका सत्ता साझेदार एकिकृत नेकपा माओवादी र नेकपा एमालेबीच म्याग्दी जिल्लामा केही समययता सम्बन्ध चिँसीदै गएको छ । केन्द्रको ठिक विपरीत सत्ता साझेदार दुई दलबिच बढ्दै गएको आरोप प्रत्यारोप र असमझदारीले जिल्लाको राजनीतिक तथा विकास निर्माणको क्षेत्रमा प्रभाव पार्ने संकेत देखिएको छ ।फागुन ३ गते बाबियाचौर खुम्ल्याहमा भएको चोरी घटनाका विषयलाई लिएर दुई दलबीच असमझदारी बढेको हो । एमालेले आफ्ना सेक्रेटरी लालु किसानलाई बिना प्रमाण चोरी घटनामा संलग्न भएको आरोप लगाएकाले उसँग सहकार्य नगर्ने माओवादीले बताएको छ ।माओवादीले एमालेका विरुद्ध नाराबाजी र भित्तेलेखन गरेर जिल्ला नेता बालकृष्ण सुवेदी लगायतलाई नछोड्ने घम्की दिएको छ ।
चोरी घटनामा किसानको संलग्नता भएको आरोप लगाउँदै एमालेका नेताहरुले साक्षी बसेर किसानको विरुद्धमा मुद्धा दर्ता गराएका छन् ।अनुसन्धानकै क्रममा रहेको र बिवादास्पद चोरी घटनासँगै अन्य दलसँग सहकार्य नगर्ने भन्दै सर्वदलीय संयन्त्रबाट बाहिरिएको माओवादी र अन्य दलबीच जिल्ला परिषद्का लागि फागुन ३० गते सहकार्य गरेर अघि बढ्ने सहमती भएपनि त्यो व्यवहारमा भने देखिएको छैन् ।माओवादीले घटनाका अभियुक्तलाई कारागारमा घम्की दिएर अदालतमा बयान फेर्न लगाई विभिन्न निहुँ खोजेर सम्बन्ध तोड्न खोजेको एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले मंगलबार प्रेस विज्ञप्ती प्रकाशन गरि जनाएका छन् । आफूहरुले प्रयास गरेपनि माओवादीले सहमतीका विषयमा नसोचेको एमालेको भनाई छ ।चोरी घटनामा सलग्न भएको अभियोगमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका बेला माओवादी जिल्ला सचिव लालु किसानको चोरीको घटनामा संलग्न भएको बयान दिएका किसानका पुर्व अंगरक्षक कमल किसानले अदालतमा बयान फेरेपछि घटनाका विषयमा थप चर्चा परिचर्चा बढेको छ । यद्यपी यस विषयमा अदालतले कुनै निर्णय गरिनसकेको अवस्थामा बिवाद गर्नु राम्रो नहुने नागरिक समाजका अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले बताए ।

Comments :

0 comments to “सत्ता साझेदार दल एमाओबादि र एमालेबिच म्याग्दीमा सम्बन्ध चिसिदै”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger