![]() |
क्या राम्रो ताकम गाउ |
पर्यटन बर्ष२०११ को अवसरमा म्याग्दीको ताकममा आगामी बैशाख २१ देखि २५ गतेसम्म पहिलो धौलागिरि महोत्सव हुने भएको छ । यसको तयारीमा अहिले ताकम गाबिसका ९ वटै वडा का स्थानीय हरु लागि परेका छन् लगभग तयारि अन्तिम चरणमा रहेको आयोजकले समितिले जानकारी दिएको छ हुन् त पर्यटन बर्षमा महोत्सब हुनु कुनै नौलो कुरा होइन तर पनि यस अर्थमा यो धौलागिरि ताकम महोत्सब नौलो छ कि यस महोत्सबमा ताकम गाबिसका ९ वटै वडा बाट नया प्रतिभा हरु को जन्म गराएर यसबाट नेपाल लगायत धौलागीरिलाई बिस्वमै चिनाउने प्रयत्न समेत भैरहेको छ यसको लागि सो क्षत्र वरिपरी फिल्म शुतिंग समेत भैरहेको छ भने नेपालका ख्यातिप्राप्त नृत्य निर्देशक हरुबाट ताकम गाबिसका ९ वटै वडाका बिद्यार्थीहरुलाई आधुनीक तथा पुरानो नृत्य तालिम समेत दिई रहेको छ सबै बिध्यार्थीहरुले प्रति व्यक्ति रु २०० मा नृत्य तालिम समेत लिइरहेको सो प्रचार प्रसार समितिले जनाएको छ ।
महोत्सवमा म्याग्दी जिल्ला मात्रै नभएर धौलागिरिकै , पर्यटकीय र ऐतिहाँसीक स्थलका साथै कला र संस्कृतीको प्रचार प्रचार गर्दै स्थानीय प्रतिभा र कृषि उत्पादन तथा वन पैदावारको प्रवद्धन गर्ने प्रचार प्रसार समितिले जनाएको छ ।जिल्लाको उत्कृष्ट पर्यटन क्षेत्र भएकाले यसको प्रवद्धन गर्न महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा विभिन्न जातिय सांस्कृतिक कार्यक्रम, पर्यटन सम्बन्धि जानकारीका साथै वन पैदावारको प्रदशनीका लागि तयारी सुरू गरिएको छ । यसै त धौलागीरी सबैको मन परेको जिल्ला हो उसै माथि म्याग्दीको ताकम गाउ पर्यटकीय हिसाबले निकै महत्वपुर्ण रहेको छ यसबेला त झन गाउदेखी वरिपरी डाडापाखामा लालीगुरास ढपक्कै फुलेको छ। तल तिर म्याग्दी खोलाको आवाजले हजुर हामीलाई नै डाकेको छ। सबै जनाले धौलागिरि महोत्सब ताकेको छ। सालैजो र झ्याउरे भाका महोत्सब स्थलमा गुन्जने तयारि भैरहेको छ ।आखिर यहि त हो स्वर्ग । भन्छन स्वर्ग मरेपछि देखिन्छरे हामि त जिउदै स्वर्ग देख्दै छौ । हजुर पनि आउनुहोस है त्यसैले त यो महोत्सब हाम्रा लागि जिउदै स्वर्ग हुने छ ।
ताकम गाविसलाई धौलागिरि, निलगिरी, गुर्जा, अन्नपुर्ण माछापुच्छ्रे हिमालका साथै राउण्ड धौलागिरि र दोरपाटन शिकार आरक्षको भ्रमणका लागि आर्कषण गन्तब्यको रुपमा समेत चिनिन्छ ।
महोत्सव सफल पार्न म्याग्दी उद्योग वाणिज्य संघ,धौलागिरि पर्यटन परिषद लगाएत विभिन्न संघसंस्था संग सहकार्य गरिने समेत बताइएको छ । सो महोत्सबको सम्पूर्ण गतिवधि सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण समेत हुने छ ।
Comments :
0 comments to “भन्छन स्वर्ग मरेपछि देखिन्छरे तर हाम्रा लागि यहि धौलागिरि महोत्सव जिउदै स्वर्ग”
Post a Comment