अग्रेजीमा भ्यालेन्टाइन डे, VALENTINE'S DAY र नेपालीमा प्रेम दिवस वा प्रणय दिवस भनेर मनाइने यो दिवसको उत्पतीको बारेमा केहि जानकारी गराउने प्रयत्न गरेको छु । नेपालीमा प्रणय दिवस भनीए पनि हेर्दा प्राचीन रोमनका पादरीको नाम र कामको सम्मानबाट यसको उत्पती भएको पाईन्छ । उनको सच्चा प्रेमको उपमा नै प्रेम दिवस हो ।
प्रेमको प्रसिद्ध चाडको रुपमा माया र रमाइलोका साथ मनाइने यो दिवस प्राचीन रोमनवाट शुरुवात भएको हो । यो दिवसको इतिहासका बारेमा धेरै किवदन्तीहरु पाइन्छन् । मध्य युगको इग्लैण्ड र फ्रान्समा १४ फरबरीका दिन चराहरु आफ्नो जोडीको खोजी शुरु गर्छन र प्रेममा लिप्त भई संभोग गर्छन भन्ने धारणा पाइन्थ्यो । साथै प्राचीन रोमनमा महिला र विवाहको देवीलाइ सम्मान गर्दे यो दिनमा उत्सब मनाइन्थ्यो । धेरै कुराहरुको संयुत्त प्रभावबाट प्रेम दिबसको प्रसिद्धि भएको पाइन्छ ।
मुख्यतयाः भ्यालेन्टाइन डे को शुरुबात तेश्रो शताब्दिको अन्त्यतिर इस्वी सम्बत २६९मा (कतै २७० पाइन्छ) दुखान्त कथा बोकेर रोमनबाट शुरु भयो । सम्राट क्लोडियस द्धितियले आफ्ना सैनीकहरुलाइ प्रेम गर्न र विवाह गर्न रोक लगाएका थिए । उनको बिचारमा नारीसगको सम्बन्धले सैनीक कमजोर हुने, आत्मबल घट्ने र गोप्य सुचनाहरु बाहिर जान्छ भन्ने थियो । यस्तो प्रकृतिको नियम बिपरीतको रोकमा चित्त नबुझेका धेरै मानीसहरु मध्ये रोमनका पादरी भ्यालेन्टाइनले सम्राटको रोकको बिरुद्ध प्रेमको पक्षमा वकालत गर्दे यो प्रतीबन्धलाइ उलंघन गर्ने घोषणा गरे र धेरै सैनीकहरुलाई सार्बजनिक रुपमा बिबाह बन्धनमा बाधिदिए । आफ्नो प्रतिबन्ध बिरुद्धको अभीयान सम्राटलाइ असह् भएको कारण भ्यालेन्टाइन पादरीलाइ प्रकाउ गरी मृत्यु दण्डको सजाय सुनाई जेलमा हाले । पादरी जेलमा बस्दा न्युनस्तरकी जेलरकी दुबै आखां नदेख्ने छोरीसग उनको माया बसेको थियो । मृत्युदण्ड दिन झुण्डाउनु अघी उनले “लब फरम योर भ्यालेन्टाइन” भन्ने हस्ताक्षर सहितको प्रेमपत्र जेलरकी अन्धी छोरी वा आफ्नी प्रेमीकालाइ दिएका थिए । त्यतीमात्र हैन वास्तबीक प्रेमको नमुनास्वरुप उनले मृत्यु अगाडी आफ्नी प्रेमीकालाइ दुबै आखादान दिएर मृत्यु स्वीकारेका थिए । उनलाइ इस्वी सम्बत २६९को फरबरी १४ तारीकमा मृत्युदण्ड दिइएको थियो । वास्तबीक प्रेमको लागी भ्यालेन्टाइनले दिएको बलीदानको नमुना साथै प्रेमको लागी जिवन उत्सर्ग गर्ने पादरीको सम्मान स्वरुप यो दिवस मनाउन थालीएको हो । पादरीले दिएको पत्रको आधारमा आजपनी यो दिबसका दिन सोही सन्देशका कार्डहरु लेखेर दिने चलन छ ।
इस्वी सम्बत ४९८को आसपासमा पोप GELASIUS ले भ्यालेन्टाइनको सम्मानमा दिवसकै रुपमा यो दिनलाइ घोषणा गरीदिएपछि मध्य युगसम्म इग्लैन्ड र फ्रान्सका जनताबिच सिमित रहेको यो दिनले बिस्तारै विश्वब्यापी रुप धारण गरेको हो । नेपालमा पनि दिनप्रतिदिन यो दिवस प्रती युवा पिडिको मोह बढ्दै गएको छ ।
सच्चा मन्ले गरेको प्रेम कसैगरी पनि मर्देन बरु मानिस मर्न तयार हुन्छ भन्ने कुराको सम्मान र प्रतीक नै भ्यालेन्टाइन डे मनाउनुको अर्थ हो । मायाले हुने नहुने र राम्रो नराम्रो भन्दैन ।दुई आत्माको पबित्र मिलन नै प्रेम हो ।अनुशाशनको दायरामा हुने प्रेम र आर्कषण प्रती ईश्वर स्वयं खुशी हुन्छन । प्राकृतिक रुपमा प्रद्धत नियम कसैले रोक्न खोजेर रोकीदैन भन्ने कुराको उदाहरण पनि प्रेम दिवसले दिन्छ । शुरुवाती समयमा प्रेममय शब्दहरु हातैले लेखेर प्रेमी वा प्रमिकालाइ दिने चलन चलेको भएपनि आजभोली बजारका कार्डहरु, फुलहरु,चकलेट वा उपहारहरु साटासाट गर्ने चलन चलेको छ ।शब्दद्धारा ब्यक्त गर्न नसकीएका कुराहरु रातो गुलाबद्धारा आफसेआफ पैदा हुन्छ भन्ने मान्यता पाइने हुनाले रातो गुलाबलाई प्रेमको प्रतीकका रुपमा प्रयोग गरीन्छ । संसारभरका प्रेमी वा प्रमीकाले यो दिनलाइ उत्सुकताका साथ प्रतिक्षा गरेर बसेका हुन्छन । एकल व्यक्तीले यो दिनमा माया प्रिती समेत गास्न पुगेका हुन्छन । कती प्रेमीले म तिमीलाइ माया गर्छु भन्ने कानेखुशी शब्दबाट यो दिनको शुरुवात गरेका हुन्छन ।
आखीर जे होस्, प्रेम गर्नु पाप होइन,तर प्रेमका नाममा मानिसलाई अधोगतितिर लैजाने र समाजमा अपाच्य हुने क्रियाकलाप गर्नु हुदैन । अनावश्यक भड्काउला ब्यबहार गर्देमा मानिस सभ्य भएको परिचय हुदैन । प्रेम बिना जिन्दगी चल्न कदापी सक्दैन । प्रेम प्राकृतिक नियमै हो । आत्मैबाट गरीएको प्रेममा बलिदानी हुन्छ, इश्वरत्व हुन्छ । चाहे त्यो धनीको होस् चाहे त्यो गरीबको प्रेम होस् । प्रेमको अमरत्व कायम राख्दै आत्मा शुद्ध राख्ने प्रयत्न गरौ, अनावश्यक तडक भडक तथा बिकृति बिसंगति तर्फ जानबाट सजक रहौं ।
Comments :
0 comments to “आखिर के हो प्रणय दिबस वा प्रेम दिबस अर्थात Valentine Day”
Post a Comment