wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 15, 2011

हत्केला औला सहित हात बिरालोले खायो


सोच्नै सक्दैन आफ्नै घर पालुवा जनावरले हल्केला औला सहित पुरै हात खाइ दिन्छ यस्तै भएको छ हिमाली जिल्ला मुस्ताङको चराङ गाबिस बडा न ९ मा ।
बाबु पेमा आङजु गुरुङ र आमा ढोका गुरुङकी ४ महिनाकी छोरी ढोल्मा गुरुङको औला हल्केला सहित नाडी सम्मको पुरै हात आफ्नै छिमेकीको घर पालेको बिरालोले खाएको हो । आइतबार बिहान बालीकालाई जिल्ला अस्पताल जोमसोम ल्याई उपचार थालिएको जिल्ला अस्पताल मुस्ताङका कार्यालय प्रमुख एव उपचारमा संलग्न डा भोजराज गौतमले जानकारी दिनु भयो । यति लामो समय सम्म उपचार समेत नपाएकी बालिकाको उपचारमा डा भोजराज गौतम डा सदिप जोशी लगायत कार्यालयका स्वास्थ्य प्राबिधिक संलग्न छन ।
 आम नेपाली आमाहरुले बच्चालाई छोडेर काममा जादा यस्तो भएको हुन सक्ने बरिष्ठ अनमी गोमाकेसी थकालीले बताउनु भयो । बच्चा बच्चिको सरसफाई लगायतका बिषयमा आमा सहित परिवारले बिषेश ध्यान पुर् याउनु पर्ने बरिष्ठ अनमी थकालीको भनाई थियो । गत बिहिबार दिउसो बिकट चराङ गाबिसकी बालीकाको हात बिरालोले खाएपछि चराङ हेल्थपोष्टले सामान्य उपचार गरि जिल्ला अस्पताल जोमसोम रिफर गरेको थियो ।

अन्य कुनै जनावरले हो की भन्ने प्रश्नमा आमाढोका गुरुङले घर नजिकै आफुहरु काम गदै गर्दा आफन्तको बिरालोले आफ्नी छोरीको हात खाएको बताउनु भयो । बिरालो ठुलो भएकोले पछि मार्न पनि सकिएन । बिरालो कुकुर जस्ता जनावरले टोके पछि एण्टीरेवीज भ्याक्सीनदिनु पर्ने भएकाले जिल्ला अस्पताल मुस्ताङले पोखरा लैजान रिफर गर्ने तयारी गरिरहेको अहेव चुरामणि पोख्रेलले जानकारी दिनु भयो ।
बेनी अनलाइन बाट 

Comments :

0 comments to “हत्केला औला सहित हात बिरालोले खायो”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger