wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 17, 2011

पर्यटकलाई गाईड गर्न ११ जिल्लाका ६० जनालाई टेर्किङ तालिम


विदेशी पर्यटकलाई गाइड गर्न पद पर्दशन गर्ने प्रयाप्त दक्ष जनशक्ति नभएपछि ट्रेकिङ तालिम सम्पन्न भएको छ ।ट्रेकिङ एसोसिएसन अफ -टान) र लघु उद्यम विकास कार्यक्रमको आयोजनामा म्याग्दीको बेनीमा दुइ हप्ता देखि गरिएको तालिमा मंगलबार सम्पन्न भएको हो ।तालिममा पश्चिमाञ्चलका चितवन, नवलपरासी, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, लमजुङ, कास्की, सोलुखुम्वु लगायत ११ जिल्लाका करिव ६० जनाको सहभागिता रहेको थियो ।तीन हप्तासम्म सञ्चालन हुने तालिममा ट्रेकिङ रुटमा पर्ने संस्कृती, भुगोल, नक्सा , पर्यटन, संरक्षण, माउन्टेनिक, हाईजेनिक, हावापानी लगायतको बारेमा प्रशिक्षण दिइएको थियो ।र् पर्यटन प्रवर्द्धन गर्नकोलागि प्रयाप्त पथ पर्दशक नभएकोले तालिम सञ्चालन गरेको नेपाल एकेडेमिक तथा होटल मेनेजमेन्टका कार्यकारी निर्देशक प्रदिप कोइरालाले बताउनुभयो ।

सो समापन कार्यक्रम विशिष्ठ अतिथि म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूङवाङले विदेशी पर्यटकलाई गाइड गर्न पद पर्दशन गर्ने प्रयाप्त दक्ष जनशक्ति नभएको अवस्थामा सञ्चालन भएको यो तालिम निकै फलदाई हुने बताउनुभयो ।
तालिममा पश्चिमाञ्चलका चितवन, नवलपरासी, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, लमजुङ, कास्की, सोलुखुम्वु लगायत ११ जिल्लाका करिव ६० जनाको सहभागिता रहेको थियो । तालिममा ट्रेकिङ रुटमा पर्ने संस्कृती, भुगोल, नक्सा , पर्यटन, संरक्षण, माउन्टेनिक, हाईजेनिक, हावापानी लगायतको बारेमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा टान केन्द्रिय कार्यालयका प्रथम उपाध्यक्ष बच्चस नारायण श्रेष्ठ,जिल्ला विकास समितिका कार्यालय म्याग्दीका कार्यक्रम अधिकृत हरिकृष्ण आर्चाय, म्याग्दी होटल तथा रेष्टुरेन्ट संघकी अध्यक्ष विमला गौचन, धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँ,पश्मिाञ्चल च्याप्टरका अध्यक्ष सोम थापा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।


Comments :

0 comments to “पर्यटकलाई गाईड गर्न ११ जिल्लाका ६० जनालाई टेर्किङ तालिम”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger