wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 18, 2011

लालसलाम भनेरे झलनाथ खनालले



झलनाथ खनाल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री । कम्युनिष्ट नेता हुन् खनाल । उनले लाल सलाम गर्नु कुनै नौलो कुरा पनि होइन । खनालले लाल सलाम पहिलो पटक गरेका पनि होइनन् । तर आफ्नो भाषणको पूरै समय विकास निर्माण र आफ्नो कार्यकाल सफल हुने बताएका उनले अन्तमा लाल सलाम गरेपछि सबैले अनौठो माने ।नेपालका कम्युनिष्ट मध्ये सबैभन्दा बढी क्रान्तिकारी देखिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत सार्वजनिक कार्यक्रममा लालसलाम गर्न छोडिसकेका बेला खनालले एकाएक लाल सलाम गरेपछि छुट्टै चर्चा भयो ।प्रधानमन्त्री खनाललाई गुल्मी उद्योग वाणिज्यसंघले महोत्सवमा प्रधानमन्त्री कै हैसियतमा कार्यक्रम उद्घाटन गर्न बोलाएको थियो । उनले लाल सलाम गरे त्यो कुनै नौलो घटना पनि थिएन र आश्चर्य मान्नु पर्ने विषय पनि थिएन ।
तर आयोजक लगायत मन्चमा बसेकाहरु एकाएक कानेखुसी गर्न थाले पछि सहजै बुझिन्थ्यो । खनालले लालसलाम चाहि नभनेको भए हुने थियो किएक महिना अघि पनि गुल्मीमा महोत्सव भएको थियो र त्यसलाई पनि प्रथम गुल्मी पर्यटन महोत्सव भनिएको थियो । त्यसको उदघाटन माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए । तथापि गुल्मीमा दुई वटा महोत्सव भए र दुवैको नाम प्रथम नै राखियो ।मन्चमा उपस्थित गन्यमान्य भनाउदाहरुले भन्दै थिए प्रचण्डलाई माओवादी अध्यक्षको हैसियतमा बोलाउदा लालसलाम भन्नु नपर्ने तर झलनाथले चाहि किन भन्नु परेको होला । हो उनीहरुलाई लालसलाम प्रति भन्दा पनि झलनाथको वर्तमान अवस्था र कार्यक्रममा गरेको भाषण अनि त्यसपछि आएको क्रान्तिकारिताको संयोजन भएन कि भन्ने लागेको थियो ।एक जना नेपाली कांग्रेसका जिल्ला स्तरिय नेता भन्दै थिए अन्त्यमा झलनाथले लालसलाम गरेर महोत्सवलाई राजनीतिकरण गरिदिए । साच्चीकै भन्नु पर्दा महोत्सवमा खनालले गरेको लालसलाम कांग्रेसी जनहरुलाई चित्त बुझेको थिएन ।

Comments :

2 comments to “लालसलाम भनेरे झलनाथ खनालले”

झटारो काँइला said...
on 

ए हो र ?

बिष्णु मरसिनी said...
on 

मलाई पनि चित्त बुझेन लाल सलाम भनेको मा

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger