wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

June 10, 2010

EPS कोटको लागि नेपालमा जुन १५ देखी १८ सम्म आबेदन खोलिने

नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय
वैदेशिक रोजगार विभाग
EPS शाखा ग्वार्को ललितपुरको
KLT परीक्षाका लागि आवेदन फाराम प्राप्त गर्ने
आवेदन फाराम बुझाउने तथा परीक्षा संचालन वारेको अत्यन्त जरुरी सूचना 
नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय र गणतन्त्र कोरीया श्रम मन्त्रालयबीच सम्पन्न समझदारी पत्र अनुरुप रोजगार अनुमति प्रणाली ईपीएस् अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्ने क्रममा दोश्रो कोरियन भाषा परीक्षा संचालन गर्ने सम्बन्धमा एच् आर डी कोरियाबाट प्राप्त परीक्षा कार्यक्रममा सामेल हुन ईच्छुक योग्य नेपाली नागरिकबाट देहाय वमोजिमका विवरण खुलाई दर्ता आवेदन फाराम आह्वान गरिएको छ ।

१। परीक्षाको मितिः
कः २०६७ भाद्र १२ गते शनिवार र १३ गते आईतवार तद्नुरुप सन् २०१० को अगष्ट २८ र २९ तारिख आवेदन संख्याको आधारमा अवाश्यक भएमा परीक्षाको दिन थप हुन सक्नेछ ।खः एक दिनमा २ सिफ्ट गरि परीक्षा संचालन गर्न सकिनेछ २। अनुमानित उत्तीर्ण संख्या चार हजार ४००० हुनेछ ।
कः यो परीक्षा रोजगार आवेदन Manufacturing sector उत्पादनमूलक क्षेत्र का लागि मात्र संचालन गरिएको हो  खm परीक्षा केन्द्र भवन र परीक्षाको समयका वारेमा August १२ २०१० मा EPS कार्यालयको सूचना पाटी वेव साइट www.epsnepal.gov.np र दैनिक पत्रिकामा सूचना प्रकाशित गरिनेछ ।
३। आवेदकको योग्यताः 


क: नेपाली नागरिक
ख: उमेर १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको अर्थात सम्ब्न्धित उम्मेदवार सन् 1971 August 30 देखि सन् 1992 August 29  तदनुसार विसं२०२८ भाद्र १४ देखि २०४९ भाद्र १३ बीच जन्मिएको हुनु पर्नेछ 
ग: अवैध कार्यमा संलग्न भई जेल सजाय नपाएको हुनु पर्नेछ 
घ: गणतन्त्र कोरियामा गई गैह्र कानूनी रुपमा बसोवास गरि कोरियाबाट समातिएर फिर्ता पठाईएको हुनु हुदैन ।
š: नेपालबाट अन्य मुलुकमा जान रोक लगाएको हुनु हुदैन ।

४। आवेदन फारम पाईने मिति र समयः



क: परीक्षा आवेदन फाराम दशरथ रंगशालाको तोकिएका ठाउका काउन्टरबाट June 15~18, 2010 तदनुसार २०६७ असार १ गते देखि ४ गते सम्म विहान ९।०० बजे देखि बेलुका ६।०० बजेसम्म निशुल्क उपलब्ध हुनेछ ।
खः आवेदन तरिकाः परीक्षा आवेदन फाराम व्यक्ति स्वयं उपस्थित भई बुझाउनु पर्नेछ ।

५। आवेदन फारामः



परीक्षा आवेदन फाराम निशुल्क दर्ता स्थानमा उपलब्ध गराईनेछ । 
परीक्षा आवेदन फारामको नं। उल्लेख भएको हुनेछ र एक व्यक्तिलाई एउटामात्र फाराम उपलब्ध गराईनेछ । सच्चाउनु परेमा टिपेक्सको प्रयोग गर्न सकिनेछ । 
आवेदकले परीक्षा शुल्क तिरेर आवेदन फाराम दर्ता गराए पछि मात्र भ्एक्प्ीत् मा समावेश हुन सक्नेछन् ।

६। आवेदन फाराममा टास्नु पर्ने परिचयपत्रको फोटोकपीः



आवेदकले आवेदन फाराममा राहदानी वा नेपाली नागरिकताको फोटोकपी टास्नु पर्नेछ । 
उल्लेखित दुई परिचय खुल्ने कागजात वाहेक अन्य कागजातहरुको फोटोकपी मान्य हुने छैन । राहदानीको फोटोकपी लाई प्राथमिकता दिईनेछ ।
६ महिना यता खिचेको 3.5x4.5cm को २ दुई प्रति फोटो ।

७ परीक्षा शुल्कः 



परीक्षा शुल्क यू।एस।डलर १७ लाग्नेछ । आवेदकले जुन दिनमा दर्ता फाराम बुझाउने हो सो को अघिल्लो दिनका लागि केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसाबबाट नेपाली रुपैयाको हिसाब गरिनेछ र सो हिसाबबाट हुन आउने नेपाली रुपैया परीक्षा शुल्क वापत दशरथ रंगशालास्थित दर्ता फाराम लिने ठाउं नजिकै रहने ग्लोबल बैंकको काउण्टरमा बुझाउनु पर्नेछ । विषेश कारणबश आवेदन फाराम रद्द गर्न चाहनेहरुले दर्ता अवधि भित्र रद्द गर्न सक्नेछन् । तर त्यसको लागि निजले रकम बुझाएको भौचर सहित उपस्थित हुनु पर्नेछ । र त्यस्ता व्यक्तिहरुले पुनः दर्ता गर्न पाउने छैनन

८। परीक्षा प्रणाली र अंकभारः



प्रश्न पत्र प्रश्न संख्या कुल पूर्णाङ्क  समय
Listening  25   100    30 minutes
Reading  25  100   40 minutes
total   50  200   70 minutes

EPS-KLT वस्तुगत बहुउत्तर (Multiple Choice) को मूल्यांकनमा आधारित हुनेछ । 



दुबै परीक्षाको बीचमा मध्यान्तर हुने छैन लगातार सूचारु हुनेछ ।

रोजगार आवेदन फाराम भर्नको लागि आवश्यक योग्यता ।



कूल पूर्णाङ्क २०० मा ८० अंक भन्दा बढि अकं प्राप्त गर्ने मध्ये उच्चतम अंक प्राप्त गरेका व्यक्तिहरु रोजगार आवेदन फाराम भर्न योग्य हुनेछन् ।

९।परीक्षाको दिनमा तयारीः



कः प्रवेश पत्र
खः राहदानी वा नागरिकताको सक्कल प्रमाणपत्र आवेदन फाराम भर्दा पेश गरेको परिचय पत्रको सक्कलै प्रति । 
गः निवेदन फाराम तथा उत्तरपुस्तिकामा OMR प्रयोजनको लागि कालो बलपेनको प्रयोग गर्नु पर्नेछ । 
घ: राहदानी वा नागरिकताको सक्कल प्रमाणपत्र नलिई आएमा परीक्षामा समावेश हुन दिईनेछैन ।

१०। नतिजा प्रकाशनः 



क: भाषा परीक्षाको नतिजा सेप्टेम्बर ३०, २०१० तदुनसार आश्विन १४ २०६७ गते EPS कार्यालयको वेव साइट www.epsnepal.gov.np HRD Korea को website: www.hrdkorea.or.kr तथा EPS-KLT को website: www.epsklt.hrdkorea.or.kr तथा बैदेशिक रोजगार विभागको सूचना पाटीमा प्रकाशित गरिनेछ ।

११। अन्य विवरणः



क: उत्तीर्ण भएका आवेदकहरुको नतिजा प्रमाणपत्र October 14, 2010 देखि वैदेशिक रोजगार विभाग ई।पि।एस शाखाबाट वितरण गर्ने योजना रहेको छ ।
ख: परीक्षा भवन कोठा भित्र मोवाईल फोन क्यासेट प्लेयर PDA, MP3  जस्ता विद्युतीय उपकरणहरु साथमा लैजान पूर्ण रुपमा निषेध गरिएको छ । परीक्षामा लान निषेध गरिएका अन्य बस्तुहरु लान मनाहि गरिएको छ ।
ग: भाषा परीक्षामा नक्कल गर्ने परीक्षार्थी २ वर्षका लागि पुनः EPS-KLT परीक्षामा समेल हुनसक्ने छैनन् ।
घ: कोरियान भाषा परीक्षाको आवेदन फाराम भर्दाको नाम जन्म मिति निजको पासपोर्टको भन्दा फरक परेमा भाषा परीक्षामा उत्तीर्ण भए पनि कोरीया प्रवेश गर्न पाउने छैन ।

कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारीका लागि शतप्रतिशत ग्यारेण्टी भने होईन ।


अवैध कार्यमा संलग्न भई जेल सजाय नपाएको हुनु पर्नेछ ।


कोरीयन भाषा परीक्षामा उत्तीर्ण भएतापनी स्वास्थ्य परीक्षण प्रहरी रिपोर्टमा असफल भएका वा गणतन्त्र कोरियामा गई गैह्र कानूनी रुपमा बसोवास गरेका हुनु हुदैन ।


गणतन्त्र कोरिया श्रम मन्त्रालय नेपाल सरकार श्रम तथा यातायात व्वस्था मन्त्रालयबीच भएको समझदारी पत्र वमोजिम नेपाली कामदारहरुलाई कोरीया पठाउने कानुनी अधिकार वैदेशिक रोजगार विभागलाई मात्र हुनेछ । EPS-KLT उत्तीर्ण भएका र बैदेशिक रोजगार विभागको सूचीमा सुचीकृत भएका रोजगार खोज्ने व्यक्तिहरुलाई मात्र कोरीयाका रोजगारदाताहरुले रोजगारी दिनेछन् ।


EPS मा वैदेशिक रोजगार विभाग ई।पि।एस कार्यालय वाहेक कुनै पनि निजी संघ संस्था मेनपावर शैक्षिक संस्था वा व्यक्तिहरुको संलग्नता नहुने व्यहोरा समेत जानकारी गराईन्छ । त्यस्तो पाईएमा प्रचलित कानून वमोजिम कडा कारवाही गरिनेछ ।

Comments :

0 comments to “EPS कोटको लागि नेपालमा जुन १५ देखी १८ सम्म आबेदन खोलिने”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger