wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 7, 2011

‘इको-पदमार्ग’ भनेर चिनिने म्याग्दीको ‘नागी-नारच्याङ’ पदमार्गमा पर्यटकको चहलपहल उत्साहजनक

पर्यटन दिवसको अवसरमा सरकारले गत कात्तिक महिनामा घोषणा गरेको ‘नागी-नाच्र्याङ’ पदमार्ग उद्घाटन नहुदै पर्यटकको उत्साहजनक चहलपहल सुरु भएको छ । आन्तरिक व्यवस्थापन उचित प्रचार-प्रसार र आकर्षक गन्तव्यका कारण छोटो समयमै पर्यटकको आगमन सुरु भएको हो ।पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले पर्यटन मन्त्रालयले यो सँगै सिन्धुपाल्चोकको पाँचपोखरी-भैरबकुण्ड र बागलुङको ढोरपाटन पदमार्ग पनि खुल्ला गरेको थियो । लामो र छोटो दुईवटा रुट प्रयोग गर्न सकिने ुनागी-नाच्र्याङु पदमार्गलाई स्थानीयबासिन्दाले पर्वत म्याग्दी इको पदमार्ग भनेर बुझ्ने गरेका छन् । ६० किलोमिटर लामो पदमार्गले पर्वतको दुई र म्याग्दीको सात गाविसलाई समेटेको छ ।म्याग्दीको पिप्ले-१ घुमाउने तालबाट सुरु हुने पर्वत बाँसखर्क डाडाँकटेरी-नागी-महरेडाँडा-डाडाँखर्क-हिस्तान-घराम्दी-खिवाङ-ख्रोपा-नारच्याङबेशी हुदै भुरुङतातोपानी आईपुग्न ९ दिन लाग्छ ।
अप्रिल  महिनामै उद्घाटनको तयारीमा रहेको यो पदमार्गमा अहिलेसम्म ६ समुह विदेशी पर्यटकले भ्रमण गरिसकेको बाँसखर्कका पर्यटन व्यवसायी याम गुर्वजाले बताउनुभयो ।ुमार्चमा ६ ग्रुपले भ्रमण गरेका थिए उहाँले भन्नुभयो -ुत्यसभन्दा अघि जापानबाट एक युकेबाट दुई र नेदरल्याण्डबाट दुई समुहले भ्रमण गरेका छन् ।ु उहाँले बाँसखर्कमा स्थानीय र एक गैरसरकारी सँस्थाको पहलमा डाईनिङहल निर्माण भईसकेको जानकारी दिदै आधा दर्जन घरमा पर्यटकलाई सुत्ने व्यवस्था मिलाईएको बताउनुभयो । पदमार्ग भित्र पर्ने विभिन्न थरीका लालीगुराँस खयरबराही प्यारीबराह चौरीखर्क रुप्से झरना अन्धगल्छी चराचुरुङी अन्नपूर्ण निलगिरी धवलागिरी माछापुच्छ्रे लगायत २९ हिमश्रृङखलाले पर्यटकको मन लोभ्याउन सक्ने स्थानीयबासीको भनाई छ ।

Comments :

0 comments to “‘इको-पदमार्ग’ भनेर चिनिने म्याग्दीको ‘नागी-नारच्याङ’ पदमार्गमा पर्यटकको चहलपहल उत्साहजनक”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger