wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 8, 2011

स्वामी राजा परदेशै जानाले, घर बिग्रियो मोबाईल फोनले… … … !


म्याग्दी ज्यामरुककोट माइतीघर भएकी विमला शर्मा १२ वर्ष पहिला बागलुङ मालिका-७ का रामजी शर्मासँग वैवाहिक सम्बन्धमा बाँधिएकी थिइन् । तर मोवाइलकै कारण उनको घरबार बिग्रियो । वैवाहिक जीवन सुरु गरेपछि दुई बच्चासहित श्रीमती पाल्न बिमलाका पति रामजी मलेसिया गएका थिए । मलेसिया गएपछि रामजीले कमाएको धनबाट घरखर्ची चलाउँदै बागलुङ बजारमा घडेरी किने । पतिको कमाइबाट विमलाले आफ्नै नाममा घडेरीसमेत पास गरिन् ।पतिकै कमाइबाट शहरमुखी र सुविधाभोगी बन्दै गएकी विमलाले श्रीमान्को कमाइबाटै मोवाइल फोन किनिन् । त्यही मोवाइल फोन रामजी र विमलाको घरबारै बिगार्ने कडी बन्यो ।श्रीमान् विदेश भएको समयमा पर्वत धाइरिङ गाविसको एक केटासँग मोवाइल सम्पर्क गरेकी विमलाको फोन संवाद अनैतिक सम्बन्धमा परिणत भयो । श्रीमान्को कमाइ केटालाई समेत बाँड्न थालेकी उनले आफ्ना माइती घरका दाजुभाइ सबै भुलेर मोवाइलले भेटाएको केटालाई विश्वास गरिन् ।बिरामी भएर पोखरा जाँदा पनि त्यही केटा उनको साथी बन्यो ।
छिमेकीले शङ्का पनि गरेका थिए तर बोल्न सकेनन् । विमलाका एक छिमेकीले भने- ‘पैलापैला राम्रै थिई, एक्कासी बिरामी भएँ भन्दै पोखरा एक्लाएक्लै जान लागी अनि अलिअलि शङ्का त लागेको थियो तर प्वाक्कै भन्न मिलेन ।

छिमेकीको शङ्का एकाएक वास्तविकतामा परिणत भयो । आफूले जन्माएका स-साना छोराछोरीलाई छोडेर विमला त्यही केटासँग वेपत्ता भइन् । घरपरिवार र छिमेकीले खोज्न थाले फलस्वरुप उनी त्यही धाइरिङको केटासँग नै रोमान्चित मोडमा रहेको बेला फेला परिन् । बागलुङबाट रिजर्व जिप लगेर बुटवलतर्फ जाँदै गर्दा ३ दिनपछि फेला परेपछि नेपाल प्रहरी र स्थानीयको प्रयासको विमलाको नाममा रहेको जग्गा उनको छोराको नाममा सारिदिए । विमलाले छोडेका छोराछोरी अहिले अरुकै भरमा छन् । उनका श्रीमान मलेसियाबाट अझै फर्केका छैनन् । मोवाइलबाट बिग्रेको रामजीको घर अहिलेसम्म उज्यालो हुन सकेको छैन भने विमला आफ्नो लाज छिपाउँदै बागलुङ छोडेर भैरहवामा गएर होटल गरेर बसेकी छिन् ।

विमला र रामजीको मात्र होइन मोवाइलकै कारण जिल्लाकै भीमगिठेकी लालमती घर्ती पनि अलपत्र छिन् । सामान्य चिनजानकै आधारमा भीमगिठे सैनिक क्यापमा कार्यरत सैनिकसँग सम्पर्क गरेकी घर्ती अहिले एक्ली भएकी छन् । फोनबाटै दिल बसेपछि बागलुङ आएकी उनको सेनाका जवानसँगको सम्बन्ध अघोषित विवाहमा परिवर्तन भयो । तर केटाकी जेठी श्रीमती आएर कुटपिट गरेपछि उनी यता न उता भएकी छन् ।दुई महिना मात्रै अघिको कुरा हो । गल्कोट नरेठांटीकी कमला (नाम परिवर्तित) ले मिसकल हान्दा बलेवा अमलाचौर सिंयालाका नारायण (नाम परिवर्तित) संग मोबाइल कनेक्सन हुन पुग्यो । रात दिनको मोबाइल कनेक्सनले दुबै जोडीलाई प्रेम पासोमा बाध्यो । एकार्कासंग कहिल्यै देखादेख नभएको अपरिचित यो जोडी ‘फेस टू फेस’ हुने मौकाको खोजीमा थियो ।
यसैबीच कमलाले एक दिन नारायणलाई नरेठांटी आउन निम्तो दिईन । नारायण त निम्तो कै प्रतिक्षामा थिए । बागलुङ बजारमा आएर प्रेमिकालाई लगि दिन फलफूल किने । प्रेमिकालाई इम्पे्शन पार्न त पर्यो नै । १७/१८ वर्षको लोर्के नारायणलाई थाहा थियो ‘फस्र्ट इम्पे्शन इज द लास्ट इम्पे्शन ।’
बागलुङ बजारबाट गल्कोट हटिया जाने जीप चढे नारायण । कहिल्यै नरेटांटी नगएका नारायणले जीपका सहयात्रीहरुसंग सोध्थे- ‘नरेठांटी कति टाढा छ ? कति बजे पुगिन्छ ?’ बाटोभरी प्रेमिकालाई मोबाइल कनेक्सन गर्दै अगाडी बढ्दै भन्दै थिए- ‘जीप रोकिने ठाउमा लिन आउनु ल । म तिमीलाई चिन्दिन तिमीले मलाई चिन्दिनौ कसो गर्ने होला !’ आपनो हुलिया बताउदै थिए नारायण नरेठांटी आईपुगेछ । झमक्क सांझ परिसकेको थियो । सहयात्रीले भने- ‘ओर्लौ आयो नरेठांटी ।’ नारायण जीपबाट ओर्लिए ।‘कस्ती छिन् त कमला…’ नारायणले आंखा वरपर घुमाउदै थिए ‘नारायण …!’ आवाज आयो । उनी झसंग भए । उनको सामुन्ने एक युवती उभिएकी थिईन् । तिनै रहिछिन् कमला । दुबैको चिनजान भयो । नारायणले कमलालाई अंकमाल गर्न खोजेकॊ दृश्य नरेठाटी झर्ने यात्रुहरुले देखि रहेका थिए ।कमलाले नारायणलाई आपनो कोठामा लगिन् । नारायणले फलफूल दिए कमलालाई । ‘कति रातो स्याउ रहेछ, खुब गुलियो होला होईन, नारायण !’ फलफूल समात्दै कमलाले भनिन् । ‘खाउन कति गुलियो भन्ने थाहा पाई हाल्छेउ नी ।’
‘खांउला नि त नआत्तेउ न ।’ कमला जिस्किन थालिन् ।
रात छिपिदै थियो । नारायण र कमला कोठामा मस्त थिए । एक्कासी ढोका बाहिर ताल्चा मारेको आवाज आयो । बिचरा ;नारायणलाई त्यतिबेला मात्र स्थितिको बोध भयो जब प्रहरीहरु आएर ढोका खोले । बाहिर बिहानीको उज्यालो छरपट्ट थियो ।
प्रहरीले उनीहरुलाई ईलाका प्रहरी कार्यालय हरिचौर पुरायो । खेरखार भयो, पुछताछ भयो । नारायणलाई छर्लंग भयो । कमलाका स्वामीराजै रोजगारीका लागि परदेशमा छन् । कमलाका कोखबाट दुई बालबच्चाहरु जन्मिएका रहेछन् । उनका आंखा खुले- ‘कमला त आमा भनेभनेपनि हुने उमेरकी रहिछिन् ।’ नारायणले बुझे- ‘सासू उपचार गर्न बागलुङ बजार गएकै दिन कमलाले नारायणलाई निम्तो दिएकी थिईन् । उनका बालबच्चालाई टीभी हेर्न पल्लो घरमा पठाएकी रहिछिन् ।’हरिचौरमा कुरो टुंगिएन । नारायणले मोबाइल कनेक्सनको राम कहानी बताए तर गल्ती गरेको स्वीकार गरेनन् । उनीहरुलाई सदरमुकाम ल्याईयो । नारायणलाई मोबाइल कल धेरै महंगो पर्न गयो । बल्लबल्ल पचास हजारमा कुरा मिल्यो । नारायण अहिले घरमै छन् । उनले कोठामा ताल्चा लगाउने छरछिमेकी हुन् या यसमा कमलाको पनि संलग्नता छ भन्ने पत्तो पाएकी पाएनन् अनि कमलालाई यो मोबाइल कनेक्सनले पचास हजार त फाईदा गरायो नै तर यस घटनाले पारिवारिक स्थितिमा के कस्तो प्रभाव पारेको हुनसक्छ त्यो थाहा पाउन केहि समय लाग्ला नै ।तर बागलुङ गल्कोटकै १७ वर्षीय सरिताको भने मोबाइल कनेक्सनबाट घरजम भएको छ । धादिङ स्थायी घर भई पर्वत कुस्मामा रहेको सशस्त्र क्याम्पमा कार्यरत प्रहरी जवानसँग मोवाइलको माध्यमद्वारा नै सरिताले विवाह गरिन् । स्थानीय एक एफएमबाट प्रसारित साङ्गीतिक कार्यक्रममार्फत उनीहरुको सम्पर्क भएको र सरिताले केटालाई बागलुङमा भेट्न बोलाएपछि उनीहरुको भेट भएको प्रहरी जवान बताउँछन् । पहिलो भेटपछि दिनहुँ मोवाइलबाट कुरा गर्ने क्रम बढ्दै गएपछि आखिर मोवाइलको कुराकानीकै माध्यमबाट उनीहरु एकापसमा लगनगाँठोमा बाँधिए ।त्यस्तै जाजरकोट घर भई भवन निर्माणको काम गर्दै आएका मजदुर नाइकेले पनि मोवाइलमार्फत नै केटी पट्ट्याएर विवाह गरेका छन् । जाजरकोट घर बताउने विजयले म्याग्दी भकिम्लीकी केटीसँग मोवाइलमा भएका कुराकानी मार्फत नै विवाह गरे ।
यहाँ प्रस्तुत घटनाहरु उदाहरण मात्र हुन् । देश विदेशमा मोवाइल फोनले कतै धेरैको घरबार बनाएको छ त कतै बिगारेको पनि छ ।
भारतको उत्तर प्रदेशस्थित बालियान काउ_िन्सलले देखाएको तथ्याङ्कका आधारमा उत्तर प्रदेश सरकारले अविवाहित महिलालाई मोवाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । काउ_िन्सलका अनुसार गत १ वर्षमा नै २३ जना नवदम्पतीले उनीहरुको आमाबुबाको इच्छा विपरित नै भागेर विवाह गरेका थिए भने अधिकांशले अन्तरजातीय विवाहसमेत गरेका थिए । भारतका कतिपय गाउँमा अन्तरजातीय विवाह गर्नसमेत प्रतिबन्धित गरिएको छ । मोवाइलबाट प्रेमी पे्रमिका बढेको र पारिवारिक इज्जत धान्नका लागि दबाव आउने र विवाह नहुँदा आत्महत्याको घटना बढ्न थालेपछि मोवाइल चलाउन प्रतिबन्ध गरिएको हो । कसैको घरबार बनाउने कसैको माया प्रेम तोड्ने आत्महत्या गर्ने अवस्थासम्म पुर् याउने मोवाइलको प्रयोग गर्दा पारिवारिक रुपमा परेको असर त छँदै छ सामाजिक रुपमा पर्ने असरको बारेमा सबै होसियार हुन जरुरी छ ।मोवाइलले गोपनीयता पनि भङ्ग हुने गर्दछ । एनेकपा माओवादीको गोर्खा पालुङटारमा बसेको बिस्तारित बैठकमा सूचनाहरु चुहावट भएको भन्दै सहभागीहरुको मोवाइल वाईसियलले नियन्त्रणमा लिएको थियो । त्यसैले हामीले पनि मोवाइलको प्रयोग गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।

Comments :

0 comments to “स्वामी राजा परदेशै जानाले, घर बिग्रियो मोबाईल फोनले… … … !”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger