wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 31, 2011

आउँदो वर्ष कोरियाले ७ हजार कामदारको कोटा नेपाललाई दिने,परिक्षा को सम्पूर्ण जिम्मा प्याब्सनलाई दिने सम्भाबना


दक्षिण कोरिया

रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाले सन् २०१२ मा अहिलेसम्मकै सबैभन्दा बढी नेपाली कामदार लैजाने भएको छ । उसले ७ हजार १ सय नेपाली लैजाने गरी कामदार छनोटका लागि आवश्यक भाषा परीक्षाको प्रक्रिया यही महिनादेखि सुरु गर्ने भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भाषा परीक्षा लिने र नतिजा प्रकाशित गर्ने मितिबारे कोरियाली पक्षसँग सहमति भइसकेको जानकारी दिए । 'चैत २८ गतेदेखि भाषा परीक्षा लिने प्रक्रिया सुरु हुन्छ,' श्रेष्ठले भने, 'यसपटक अघिल्ला वर्षभन्दा धेरै कामदार लैजाने योजना बनाएको छ ।' कोरियाले रोजगार अनुमति प्रणाली -इपिएस) अन्तर्गत हाल दोस्रो चरणमा भाषा परीक्षा उत्तीर्ण भएका कामदार कोरिया गइरहेका छन् ।

वैशाख १९, २० र २१ गते भाषा परीक्षाको आवेदन खुला गर्ने तयारी छ,' उनले भने । भाषा परीक्षामा फारम धेरैले भर्ने अनुमान गरिएकाले परीक्षा साउन ६ र ७ गते दुई दिन सञ्चालन गरिने भएको छ । परीक्षाको नतिजा भदौ ६ गते प्रकाशित गर्ने उनले बताए । भाषा परीक्षामा सामेल भएकामध्ये सबैभन्दा बढी अंक ल्याउने ७ हजार १ सयलाई पास गराउने योजना कोरियाको छ । यसपटक भाषा परीक्षा दिनेले आवेदन शुल्क २६ अमेरिकी डलर -झन्डै १८ सय रुपैयाँ) तिर्नुपर्छ । यसअघि परीक्षा आवेदन शुल्क १७ अमेरिकी डलर लिने गरिएको थियो । खर्च बढेको र परीक्षालाई स्तरीय बनाउन आवेदन शुल्क बढाइएको बताइएको छ ।भाषा परीक्षा उत्तीर्ण भएपछि स्वास्थ्य परीक्षण र पुलिस रिपोर्टमा पनि पास हुनुपर्छ । सफल व्यक्तिको रोजगार आवेदन फारम इपिएस नेपाल शाखाले कोरिया पठाउँछ । कोरियाले ती व्यक्तिको रोस्टर तयार पार्छ । कोरियाले रोस्टर रोजगादाता कम्पनीहरूलाई पठाउँछ । त्यहाँबाट छनोट गरेर कोरियाली कम्पनीले कामदार लैजान्छन् ।
श्रेष्ठका अनुसार यस वर्षको भाषा परीक्षा लिने जिम्मा कसलाई दिने निर्णय भएको छैन । यसअघि भाषा परीक्षाका लागि जिम्मा पाएको त्रिभुवन विश्वविद्यालयबाट सन्तुष्ट नभएपछि अर्कैलाई जिम्मा दिने तयारी गरिएको हो । निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) लाई जिम्मा दिने सम्भाबना भए पनि निक्र्योल भने  भएको छैन । प्याब्सनलाई सम्पूर्ण परिक्षा को जिम्मा दिदा धाधलिरहित परिक्षा हुनेमा भने जनमानस ससंकित बनेका छन्।  कोरियामा नेपालीले राम्रो काम गरेकाले यस वर्ष माग अझ बढाएको श्रेष्ठले बताए । 'नेपालीको कामबाट कोरियाका रोजगादाता कम्पनी सन्तुष्ट छन्,' उनले भने, 'त्यसैले माग बढेको हो ।' फागुनको दोस्रो साता नेपाल भ्रमणमा आएका कोरियाली नोलेज इकोनमी मन्त्रालयका मन्त्री पार्कयुङ जुनले रोजगारदाता कम्पनीले नेपालीलाई मन पराएकाले अझै धेरैलाई कोरिया लाने बताएका थिए । शाखाका प्रमुख महेश आचार्यका अनुसार अहिलेसम्म करिब ६ हजार ५ सय नेपाली कोरिया पुगेका छन् ।
पहिलो चरणमा ६ हजार ८ सय जना भाषा परीक्षा पास भई रोस्टरमा परेका थिए । तीमध्ये करिब ५ हजार ८ सय कोरिया पुगेका छन् । 'पहिलो चरणका ५०/ ६० जना मात्र जान बाँकी छन्,' उनले भने, 'करिब १ सय रोस्टरबाट हटे भने केही कामदार माग आए पनि गएनन् ।' दोस्रो चरणमा ४ हजार ९६ जना भाषा परीक्षा उत्तीर्ण भएका थिए । तीन महिना अघिबाट लैजान सुरु दोस्रो रोस्टरका मध्ये ७ सय कोरिया गइसकेका छन् । दोस्रो चरणको भाषा परीक्षामा करिब ४० हजार सहभागी भएका थिए । त्यसबेला फारम भर्नेको संख्या कोरियाले कामदार लैजाने १५ वटा मुलुकमध्येकै सबैभन्दा बढी हो । कोरिया कम खर्चमा राम्रो आम्दानी हुने मुलुकमा पर्छ । पासपोर्ट, भाषा परीक्षा शुल्क, स्वास्थ्य परीक्षा, हवाई खर्चलगायत गरी एउटा कामदारले करिब ७० हजार रुपैयाँ कोरिया जान खर्च गर्नुपर्छ । नेपालीले कोरियामा मासिक ७० हजार रुपैयाँकै हाराहारीमा आम्दानी गर्ने आचार्यले बताए ।

Comments :

0 comments to “आउँदो वर्ष कोरियाले ७ हजार कामदारको कोटा नेपाललाई दिने,परिक्षा को सम्पूर्ण जिम्मा प्याब्सनलाई दिने सम्भाबना”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger