wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 2, 2011

ग्रामिण खानेपानी र साना सिँचाईको ७३ लाख ५० हजार बजेट बजेट बाँडफाड


जिल्ला विकास समिति म्याग्दी मा मंगलबार बसेको र्सवदलीय संयन्त्रको बैठकले चालु आर्थिक वर्षा प्राप्त विभिन्न शिर्षका बजेट बाँडफाँड र नयाँ योजनाका लागि बजेट माग गरेको छ । बैठकले चालु आर्थिक वर्षा प्राप्त बाँडफाँड हुन बाँकी ग्रामिण खानेपानी र साना सिँचाई आयोजना शिर्षको ७३ लाख ५० हजार रुपैया बजेट विभिन्न योजनाका लागि बिनियोजन गरेको हो ।ग्रामिण खानेपानी शिर्ष अन्तरगत चालु आर्थिक वर्षो ४३ लाख ५० हजार रुपैया मध्ये स्वास्थ्य र सरसफाईका लागि ९ लाख, र्सर्वेक्षणका लागि दर्ुइ लाख, संयुक्त क्षेत्र सहयोगका लागि तीन लाख र मर्मतका लागि ६ लाख ५० हजार बिनियोजन गर्ने निर्ण्र्ााभएको छ ।
जस अनुसार अर्थुङ्गेको एकपाटे, गलेश्वर लगायत तीन ठाउँमा योजना निर्माण हुनेछ । यसैगरी बाबियाचौरको सेरा, सिम र बजार क्षेत्रलाई लक्षित गर्दै सञ्चालन गरिने खानेपानी योजनाका लागी १२ लाख ५० हजारका साथै बिम र ताकम गाविसमा खानेपानीका लागि पाँच लाख ५० हजार रुपैयाका दरले बिनियोजन गरिएको निमित्त स्थानीय विकास अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षा लागि ग्रामिण खानेपानी शिर्षमा ४७ लाख ५० हजार रुपैया बजेट माग गरिएको छ । जस अनुसार कर्ुइनेमंगले र मल्कबाङ गाविसमा सरसफाईका लागि ९ लाख ५० हजार खर्च गर्ने निर्ण्र्ााभएको छ । सोही शिर्ष अन्तरगत संयुक्त सहयोगमा तीन लाख, र्सर्वेक्षणमा एक लाख ५० हजार प्रस्ताव गरिएको छ । आगामी आर्थिक वर्षा पिप्ले ओखले, कर्ुइनेमंगले र सुनारीबगर दोवाका लागि सात/सात लाख रुपैया तथा ताकमका लागि ९ लाख रुपैयाको योजना सञ्चालन गर्ने निर्ण्र्ााभएको निमित्त स्थानीय विकास अधिकारी लामिछानेले बताउनुभयो ।
यसैगरी साना सिँचाई कार्यक्रमका लागि चालु आर्थिक वर्षा प्राप्त भएको तीस लाख रुपैया दाना, ठूलोबगर, नारच्याङ-हेम्दी, खबरा-ज्यामरुककोट, झिँ-झाँत्रेखोला-कसरी- भञ्ज्याङखोला र चुत्रेनीमा विद्युतीय सिचार्ँइ योजनाका लागि पाँच/पाँच लाख रुपैया बिनियोजन गरिएको छ । आगामी आर्थिक वर्षा लागि मुना-ताकम, दाना, झिँ, ज्यामरुककोट-बगरफाँट, उसेरी-मराङ र गौडाखोला देवीस्थान सिचाई योजनाका लागि ३५ लाख रुपैया प्रस्ताव गर्ने निर्ण्र्ााभएको छ ।
यसैगरी कृषि सडक अन्तरगत आगामि आर्थिक वर्षा विभिन्न योजनाका लागि एक करोड ५० लाख रुपैया प्रस्ताव गरिएको छ । क्रमागत रूपमा रहेका दरबाङ-बिम-ताकम-लुलाङ-जलजला, हाँडेभिर-सर्ुर्केमेला-बरङ्जा, नागी-राम्चे-हिस्तान, गलेश्वर-राखु-पिप्ले-बेगखोला, पुलाचौर-कुहूँ-थाईबाङ, रत्नेचौर-भकुण्डे-भकिम्ली-डोले, पोखरेबगर-घारा-शिख र नयाँ पाखापानी-ठाडाखानी-कर्ुइने-मल्कबाङ-मराङ सडकमा माग गरीएको हो । जस अनुसार र्सर्वेक्षणका लागि दर्ुइ लाख ४० हजार छुट्टयाईने भएको छ ।

आगामी वर्षपश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना लागु भएको दग्नाम, भकिम्ली, दाना, अर्मन, रुम र दरवाङ गाविमा ५० योजनाका लागि ८ करोड २५ लाख १८ हजार प्रस्ताव गर्ने निर्ण्र्ााभएको छ । यसैगरी ग्रामिण पुनस्थापना तथा पुननिर्माण कार्यक्रम अन्तरगत क्रमागत सहित थप १० योजनाका लागि एक करोड ५० लाख रुपैया माग गरिएको छ ।
यस कार्यक्रम अन्तरगत हाल जिल्लामा तीन योजना सम्पन्न भएका छन भने ९ वटा क्रमागत रहेका छन् । सडक बोर्ड अन्तरगत आगामी वर्षा लागि माग गरिएको १३ लाख २० हजार रुपैया बेनी-दरबाङ सडकमा खर्च गर्ने निर्ण्र्ााभएको छ । फागुन २९ गते हुने जिल्ला परिषद्को तयारी गर्न बसेको बैठकमा राजनितिक दल, जिल्ला विकास समितिका कर्मचारी, विषयगत समिति, गैरसरकारी संस्था, दलित, जनजाती, आदीबासी लगायत क्षेत्रको सहभागिता रहेको थिया । बैठकमा वडा, गाविसर्,र् इलाका हुँदै छनौट भएको योजना तथा कार्यक्रम मध्ये कुन लाई कति बजेट माग गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

Comments :

0 comments to “ग्रामिण खानेपानी र साना सिँचाईको ७३ लाख ५० हजार बजेट बजेट बाँडफाड”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger