wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 2, 2011

आज महाशिवरात्रि पर्ब धुमधामका साथ मनाइदै


महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको घतान गाविसमा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा श्रद्धाभक्तिपूवर्क पूजा आराधना गर्नेको बुधबार विहान देखिनै भिड लागेको छ ।हिन्दु धर्मालम्बीहरुले मनाउने ४ प्रमुख रातहरू मध्ये महत्वपुर्ण रातको रुपमा चिनिने महाशिवरात्रिको अवसरमा गलेश्वर मन्दिरमा जिल्लाका विभिन्न भागका साथै बाग्लुङर्,पर्वत,कास्की,गुल्मी,पाल्पा,बुटवल लगायतका क्षेत्रबाट पुजाआजा गर्न करिव १६ हजार भन्दा बढि भक्तजनहरू आएको कोषले जनाएको छ ।

मन्दिरमा पुजाआज गर्ने भक्तजनहरूलाई ब्यवस्थित गर्न गलेश्व सिवालय क्षेत्र विकास कोषले स्वयमसेवक समेत परिचालन गरेको कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले जानकारी दिनुभयो । दिउँसो २ बजे देखि मन्दिरमा शिवरात्रीको महत्वका बारेमा प्रवचन गर्ने र राति ३ सय बत्ति बाल्ने कार्यक्रम समेत रहेको छ ।
मन्दिर परिसरमा स्थापना गरिएको १ सय ८ शिवलिंगमा दूधले अभिषेक गर्ने, निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा र शिव महिमा कीर्तनको भिड लागेको हो ।
गरी मनाउने गरीन्छ ।
यसैविच जिल्ला प्रहरी कार्यालय म्याग्दीले महाशिवरात्रिको अवसरमा कुनैपनि घटना हुन नदिन प्रहरी परिचालन गरेको जनाएको छ । यसैविच महाशिवरात्रिका अवसरमा जिल्लाका विभिन्न भागमा रहेका शिव मन्दिरमा समेत पुजाआजा गरिएको छ
 

Comments :

0 comments to “आज महाशिवरात्रि पर्ब धुमधामका साथ मनाइदै”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger