सीएनएन हिरो अनुराधा कोइराला कोरियाको प्रसिद्ध'मान्हे ग्राण्ड पुरस्कार'बाट सम्मानित हुने भएकी छन् ।कोइरालाको सक्रियतामा स्थापित माइति नेपालले चेलिबेटी बेचबिखनविरुद्ध महत्त्पूर्ण योगदान दिएको भन्दै उक्त पुरस्कारबाट सम्मानित गर्न लागिएको दक्षिण कोरियाको सेग्ये इल्बो पत्रिकाले जनाएको छ । पुरस्कार आगामी अगष्ट १२ गते प्रदान गरिने पत्रिकामा उल्लेख छ ।'मान्हे पुरस्कारका लागि सेलेक्सन गरेका छौं भनेर आयोजकले खबर गरेको छ,' माइति नेपालका निर्देशक विश्व खड्काले मंगलबार साँझ भने, 'कार्यक्रमबारे थप जानकारी केही दिनमै पठाउने इमेल पनि आएको छ ।
'मान्हे पुरस्कारबाट कोइरालासहित श्रीलंकाका पुरातत्वविद् सिरिसेना बान्दा, उपन्यासकार मोयेन र कवि इगुन् बे पनि पुरस्कृत हुँदैछन् । पुरस्कारको राति २१ लाख रुपैयाँ छ ।कोरियास्थित मान्हे फाउण्डेसद्वारा प्रदान गरिने उक्त पुरस्कार पहिलोपटक नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरीले पाएका थिए । मान्हे पुरस्कारबाट नेल्सन मण्डेला, दलाई लामा, दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम दे जुङलगायत सम्मानित भइसकेका छन्
Comments :
0 comments to “अनुराधालाई कोरियाको प्रसिद्ध पुरस्कार”
Post a Comment