wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 1, 2011

बागलुङ मा जीप दुर्घटना ५ जना यात्रुको घट्नास्थलमा नै मृत्यु


आईतबार राति बागलुङ पाण्डवखानी गाविसबाट हटिया आउदै गरेको ना १ ज १२८६ नंको जीप राति ९ ३० बजेको समयमा मल्म गाविसको वडां नं ९ को चितथानबाट करिब २०० मिटर तल खोलामा खसेर दुर्घटना हुंदा ५ जना यात्रुको घट्नास्थलमा नै मृत्यु भएको छ भने अन्य ५ जना घाईतको अवस्था गंभीर रहेको छ ।गल्कोट हटिया स्थित गल्कोट उमाबिको बार्षिकोत्सवमा आयोजना गरिएको बास्केटबल प्रतियोगितामा भाग लिन पाण्डवखानीबाट आउदै गरेका खेलाडीहरु सो दुर्घटनामा परेका हुन् ।
मृत्यु हुनेहरुमा पाण्डवखानी ६ का वर्ष ४४ का हर्क बहादुर पुन २५ वर्षीय श्याम काउचा मगर, २३ वर्षीय दिनेश श्रीष, २० वर्षीय विक्रम श्रीष र १८ वर्षीय दिपक पुन रहेको बताईएको छ ।
घाईते हुनेमा पाण्डवखानी गाविसकै ४० वर्षीय बलबहादुर श्रीष, २७ वर्षीय कुमार थापा, २४ वर्षीय प्रकाश श्रीष, १८ वर्षीय गंगा श्रीष र चालक २६ वर्षीय चित्रबहादुर मगर रहेका प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको अवस्था गम्भीर भएको र उनीहरुलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको प्रहरी निरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभएको छ । ईलाका प्रहरी कार्याल हरिचौरका प्रहरी निरीक्षक सुरज खड्का नेतृत्वको प्रहरीटोली र स्थानियबासीको सक्रियतामा हिजो राती नै उद्धार गरीएको थियो ।

Comments :

0 comments to “बागलुङ मा जीप दुर्घटना ५ जना यात्रुको घट्नास्थलमा नै मृत्यु”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger