ताकम गाविसमा आयोजना गरिएको एक छलफलमा धौलागिरि क्षेत्रको प्रचारप्रसार गरि आन्तरिक तथा बाहृ पर्यटक भित्राउन महोत्सवको आयोजना गर्न लागिएको हो ।महोत्सवमा ताकम गाविसको धार्मीक, पर्यटकीय र ऐतिहाँसीक स्थलका साथै कला र संस्कृतीको प्रचार प्रचार गर्दै स्थानीय प्रतिभा र कृषि उत्पादन तथा वन पैदावारको प्रवद्धन गर्ने आगामी बैशाख २१ देखि २५ गतेसम्म धौलागिरि महोत्सव गरिने स्थानिय छविलाल सुवेदीले बताए ।उनले भने,’ जिल्लाको उत्कृष्ट पर्यटन क्षेत्र भएकाले यसको प्रवद्धन गर्न महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा विभिन्न जातिय सांस्कृतिक कार्यक्रम, पर्यटन सम्बन्धि जानकारीका साथै वन पैदावारको प्रदशनीका लागि तयारी सुरू गरिएको छ ।
ताकम गाविसलाई धौलागिरि, निलगिरी, गुर्जा, अन्नपुर्ण माछापुच्छ्रे हिमालका साथै राउण्ड धौलागिरि र दोरपाटन शिकार आरक्षको भ्रमणका लागि आर्कषण गन्तब्यको रुपमा समेत चिनिन्छ ।
महोत्सव सफल पार्न म्याग्दी उद्योग वाणिज्य संघ,धौलागिरि पर्यटन परिषद लगाएत विभिन्न संघसंस्था संग सहकार्य गरिने समेत बताइएको छ ।

























.jpg)

Nepalese Rupee Converter
Comments :
0 comments to “म्याग्दीको ताकम गाबिसमा पहिलो धौलागिरि महोत्सब हुने”
Post a Comment