wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 23, 2011

कालीगण्डकीले बगाएर बेपत्ता भएका बालकको क्षतिपूर्ती ११ लाख ! कति जायज ?

बागलुङ फागुन ९ । गत माघ २९ गते कालीगण्डकी नदीमा नुहाउन गएका ट्वीङकल होस्टेलमा बसेर पढ्ने विद्यार्थी सुनिल गैरे अझैसम्म फेला पर्न सकेका छैनन । टवीङ्कल होस्टेलले युएस एक्याडेमी कक्षा ६मा पढ्ने नरेठाँटी-३ का सुनिल गैरे फेला नपरेपछि मोटो रकम तिर्ने आईतवार सहमति जनाएको छ ।
होस्टेलले राहत स्वरुप आठ लाख रुपैयाँ नगद बालकले होस्टेलमा तिर्न बाँकी रहेको ७० हजार रुपैयाँ मिनाहा गर्ने र बालकको खोजी कार्यमा लागेको करिव दुई लाख रुपैयाँ तिर्ने सहमति जनाएको बेपत्ता बालकका आफन्त अनिल गैरेले बताएका छन् ।रकमबाट बच्चाको स्मृती कोष बनाउने र सोही रकम बाट वेपत्ता बालकका एक मात्र दाजुलाई दश दुई जोडसम्म अध्ययनकोलागि व्यवस्था मिलाउने सहमति भएको पनि जनाईएको छ ।
दुर्घटनामा क्षतिपुर्ती बापत मोटो रकम तिरेको धौलागिरी अन्चलमानै सम्भवत यो पहिलो घटना हो भने कालीगण्डकीमा बगेको झोला छोप्न जानेक्रममा बेपत्ता भएका बिद्यार्थीको क्षतिपुर्ति ११ लाख रुपयां तिराउने काम हुनु कतिसम्म जायज हो त्योपनि चर्चाकै विषय बनेको छ । होस्टेल सन्चालकले राहत स्वरुप क्षतिपुर्ती दिने सहमति जनाएपनि कानुनी रुपमा यति मोटो रकम क्षतिपुर्ती दिने व्यवस्था नभएको प्रहरीले जनाएको छ । शिक्षकसँग नुहाईधुवाई गर्न गएका सुनिल बागलुङ नगरपालिका-१ निरहेघाट नजिकै कालीगण्डकी नदीमा खसेर गत शनिवार वेपत्ता भएका थिए ।
घाममा सुकाएको झोला कालीगण्डकी नदीमा खसेपछि झोला छोप्ने क्रममा उनलाई नदीले बगाएको हो । खोजीकोलागि अधिकतमा प्रयास गरेपनि पाईने सम्भावना कमै रहेको प्रहरीले बताएको छ । बालक वेपत्ता भएको एक साता पुगेपनि फेला नपरेको भन्दै बेपत्ता बालकका आमा कालिका गैरे बाबु ददिराम गैरे दाई सुरज गैरे शोकमा छन् । रोजगारीको सिलसिलामा जापान पुगेका ददिराम गैरे छोरा वेपत्ता भएपनि बागलुङ आइपुगेका छन्


Comments :

0 comments to “कालीगण्डकीले बगाएर बेपत्ता भएका बालकको क्षतिपूर्ती ११ लाख ! कति जायज ?”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger