wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 23, 2011

जिल्ला स्तरीय भलिबलको उपाधि घतान र नारच्याङको हातमा


नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको आयोजनामा शनिबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा साचालन भएको जिल्ला स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
मंगलबार बेनीको खुल्ला माचमा भएको फाइनल खेलमा पुरुष तर्फ घतान गाविस प्रथमबावियाचौर गाविस द्धितिय र नारच्याङ गाविस तृतिय भएका छन् ।त्यस्तै महिला तर्फ नारच्याङ गाविस प्रथम िसंङ्गा गाविस द्धितिय र बरंजा गाविस तृतिय भएको युवा संघ नेपाल नगर कमिटी संयोजक नारायण बरालले जानकारी दिनुभयो ।


प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गाविसको सहभागिता रहेको छ । जिल्लाका विभिन्न गाविसमा रहेका प्रतिभाको उजागर गर्नका लागि भलिबल प्रतियोगिताको आयोजना गरेको युवा संघ नेपालका केन्द्रिय सदस्य सन्तोष रावलले बताउनुभयो ।
युवा संघ नेपालले समयमै लोकतान्त्रीक संविधान निर्माण गर्न युवाको सिर्जनशिल र रचनात्मक कार्यमा लगाउन भन्दै विभिन्न खेलकुद कार्यक्रमहरु साचालन गर्ने गरेको छ

Comments :

0 comments to “जिल्ला स्तरीय भलिबलको उपाधि घतान र नारच्याङको हातमा”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger