wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 29, 2011

फेरी रक्तपाततिर मेरो नेपाल, चारदिनमा ८ बिष्फोट,

फेरी रक्तपाततिर मेरो नेपाल 
पछिल्ला केही दिन देखि लगातार बम विष्फोटका घटना भएका छन् । सृङ्खलाबद्ध रुपमा भएका यी बम विष्फोटका घटनालाई सामान्य रुपमा लिन सकिदैन । नेपालको तरल राजनीति र त्यसभित्र भएको षड्यन्त्रको रुपमा हेरिएको छ ।नयाँ सरकार गठन भएपनि सरकारले पूर्णता नपाउनु, संविधानसभाको म्याद सकिन लाग्दा समेत नयाँ संविधानको टुंगो नहुनु, दलहरुबीचको दुरी दिन प्रतिदिन बढ्दै जानु, एक दलले अर्का दललाई देख्नै नसक्नु तथा दलहरुबीच आफैभित्र मारामार हुनुले मुलुक कुन दिशामा गइरहेको छ भन्ने कुरा सामान्य नागरिकले पनि अनुमान गर्न सक्छन् ।पछिल्लो समय तराईमा मात्र होइन राजधानी काठमाडौमा समेत शान्ति सुरक्षामा ठूलो चुनौति आएको छ । राजधानीको मुटुमै दिनदहाडै गोली हानी हत्या गरिन्छ तर हत्यारा पक्राउ पर्न सक्दैन । दिनानुदिन विष्फोटमा घटना भएका छन् तर राज्य मौन छ । केही बोल्ने हैसियत पनि राख्दैन ।विष्फोटमा घाइते हुनेहरु न त राज्य पक्षका हुन न त कथित विद्रोही । यी त सर्वसाधारण यात्रु थिए । यीनको कुनै दोष थिएन ।

विष्फोट लगत्तै जिम्मेवारी लिनेहरुको भिड लाग्छ । कहिल्यै नाम नसुनिएका भूमिगत भनिने संगठनले गर्वका साथ जिम्मेवारी लिन्छन् । तर राज्य मौन छ । शान्ति सुरक्षा मजबुत छ भन्छ ।एक साता अघि प्रधानमन्त्री झलनाथ खनालले संसदमा मुलुकको शान्ति सुरक्षा मजबुत भएको दावी गर्दागर्दै काठमाडौको टेकुमा दुई जनालाई गोली प्रहार गरियो । दिन दहाडै गोली प्रहार गरी हत्या गर्नेहरुलाई प्रहरीले समाउन सकेन र अझै सकेको छैन ।बम विष्फोटबाट हाल सम्म ५० जना भन्दा बढी घाइते भएका छन् । विस्फोटको क्रम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर सुरक्षामा कडाइ गरेको दावी गरिरहेको छ । तर सोमबार फेरि अर्काे वसमा विष्फोट भयो ।सोमबार काभ्रेको कोशीपारी स्थित ठूलो बाङथली गाविस वडा नंवर २ मा एउटा यात्रु बाहक बसमा बम विष्फोट भएको छ ।संयुक्त जातीय मुक्ति मोर्चाका कार्यकर्ताले गाडीको इन्जिनमा वम विष्फोट गराएको प्रहरीले अनुमान गरेको छ । अरनीको यातायात सेवा समितिबाट संचालित बा २ ख ५७७१ नम्बरको बसको अगाडीको भाग क्षँतिग्रस्त भएको र घटनास्थल वरपर मोर्चाको पर्चा भटिएको प्रहरीले जनाएको छ । घटना राति भएको थियो तर प्रहरीले विहान मात्र थाहा पायो ।आइतबारको व्यवस्थापिका संसदमा सभासद् बबनिसंहले मधेशी नेताहरुको भारत भ्रमणपछि बम विष्फोटका घटना बढेको दावी गरे । उनले सोझै विष्फोटका घटना बढ्नुमा मधेशवादी दलको हात रहेको बताए ।एकातिर राष्ट्रपति भारत भ्रमण गरेर फर्के लगत्तै राजनीतिक भेटलाई तिब्र बनाउनु र अर्काेतिर नेपालमा भारत विरोधी सरकार गठन भएको भन्दै कुर्लनु बाघ कराउनु र बाख्रो हराउनु मात्र नहुने पनि सक्ने विष्लेषकहरु बताउँछन् ।पछिल्लो पटक भएका विस्फोटका घटना हरु
मिति : २०६७ साल चैत १० गते
सयम : राती ९ : १५ बजे
नेपालगञ्ज नगरपालिका २ स्थित श्रीकृष्ण ईन्टर प्राईजेज पसल अगाडी अज्ञात समुहबाट सुतली बम बिष्फोट । होलिया गा.वि.स. ७ बस्ने बर्ष १७ को बिजय धोबी घाईते । उपचारार्थ अस्पताल लगिएको ।
मिति : २०६७ साल चैत ११ गते
सयम : अपरान्ह १२ : ३० बजे
रौतहटको गौर नगरपालिका ५ स्थित महिला बिकास केन्द्रमा अज्ञात समुहले सकेट बम बिष्फोट गराएकोमा कुनै क्षति नभएको ।
मिति : २०६७ साल चैत ११ गते
सयम : अपरान्ह १२ : ४० बजे
रौतहटको भेडियाई गा.वि.स २ स्थित चोकमा बा १ ख ५७२१ न. को यात्रुबाहक बसमा अज्ञात समुहले सकेट बम बिष्फोट गराउदाँँ ७ जना यात्रु घाईते भएको । जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगत सिंह) ले जिम्मा लिएको ।
मिति : २०६७ साल चैत ११ गते
सयम : राती ९ : ३० बजे
नेपालगंज न.पा ५ बस्ने प्रेम थापाको घर अगाडी जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगत सिंह) समुहले सकेट बम बिष्फोट गराएकोमा झ्यालको सिसामा क्षति भएको ।
मिति : २०६७ साल चैत ११ गते
सयम : राती ९ : ४० बजे
रुपन्देहीको गंगवलिया गा.वि.स ८ स्थित लक्ष्मण यादबको पसल अगाडी जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगत सिंह) समुहले बम बिष्फोट गराएकोमा कुनै क्षति नभएको ।
मिति : २०६७ साल चैत ११ गते
सयम : राती ९ : १० बजे
रौतहटको लक्ष्मिनिया गा.वि.स २ स्थित ग १ ख २६६७ न.को बसमा जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगत सिंह) समुहले सकेट बम बिष्फोट गराएकोमा कुनै क्षति नभएको ।
मिति : २०६७ साल चैत १२ गते
सयम : दिउसो १ बजे
बांकेको गनापुर गा.वि.स ७ स्थित ना.४ ख १३३२ न.को बसमा जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगत सिंह) समुहले बम बिष्फोट गराउँदा ६ जना घाईते भएको ।
मिति : २०६७ साल चैत १२ गते
सयम : बेलुका ६: १५ बजे
रुपन्देही बुटवल नपा११ स्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवल आउदै गरेको लु १ ख ३६६६ नं को माईक्रोबसमा अचानक बम विस्फोट । २८ जना यात्रु घाईते । लुम्विनी अंचल अस्पताल लगेकोमा थप उपचारार्थ काठमाण्डौ ल्याउने क्रममा नामथर नखुलेको १ जनाको बाटैमा मृत्यु भएको, बस पूर्ण रुपमा क्षति भएको ।
मिति : २०६७ साल चैत १२ गते
सयम : दिउसो २ बजे
बांकेको बेलभार गा.वि.स ५ स्थित नेपालगंज गौघाट सडक खण्डमा जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगत सिंह) समुहले राखेको १ थान सुतली बम नेपाल प्रहरी र नेपाली सेनाले १५:४५ बजे निष्कृय पारेको ।
मिति : २०६७ साल चैत १२ गते
सयम : बिहान ७ बजे

बांकेको पुरैनी गा.वि.स ६ स्थित जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगत सिंह) समुहले राखेको १ थान सकेट बम नेपाली सेनाको टोलीले ऐ. १४:०० बजे निष्कृय पारेको ।
मिति : २०६७ साल चैत १२ गते
सयम : बिहान ७ बजे
बर्दियाको महमदपुर गा.वि.स १ स्थित जनतान्त्रिक तराई मधेस मुिक्त पार्टी भगत सिंह समुहले राखेको २ थान सकेट बम नेपाली सेनाले ०९:४५ बजे निष्कृय पारेको ।
मिति : २०६७ साल चैत १२ गते
सयम : राती १२ बजे
बर्दियाको गुलरिया नपा ४ स्थित जनतान्त्रिक तराई मधेस मुिक्त पार्टी भगत सिंह समुहले राखेको १ थान सकेट बम नेपाली सेनाको टोलीले १०:४५ बजे निष्कृय पारेको ।
मिति : २०६७ साल चैत १३ गते
सयम : बिहान १०:३० बजे
रुपन्देहीको गोनाह गाविस ६ स्थित भैरहवा लुम्बिनी सडक खण्डमा जनतान्त्रिक तराई मधेस मुिक्त पार्टी भगत सिंह समुहले राखेको बम नेपाली सेनाले १४:४५ बजे निष्कृय पारेको ।

Comments :

0 comments to “फेरी रक्तपाततिर मेरो नेपाल, चारदिनमा ८ बिष्फोट,”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger