wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 30, 2011

राष्ट्रपतिले आफ्नो शासनको संकेत गरेकै हुन् त ?


नेपालको अन्तरिम संविधानले राष्ट्रपतिलाई आलंकारिक स्थान दिएको छ । तर राष्ट्रपति डाक्टर रामबरण यादव अहिले सकि्रय राष्ट्रपतिको भूमिका खोज्न थालेका छन् । बढ्दो संक्रमणकालसँगै उनले आफ्नो सक्रियता बढाउनु स्वभाबिक भयता पनि  संविधानको मर्म र मर्यादा भन्दा बाहिर गएर बढाएको चलखेलले नेपाली राजनीतिमा संकट र समस्यामा काला बादलहरु मडारिएका छन् ।एकातिर संविधानसभाको म्याद सकिदै छ । अर्कातिर दलहरु पानी बारबारको अवस्थामा छन् । सबै प्रमुख दलहरु आन्तरिक कलहले थला परेका छन् । यति मात्र होइन बैदेशिक चलखेल र हस्तक्षप चरम उत्कर्षमा छ ।हुँदा हुँदा राष्टपति यादवले कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई यो गर र ऊ गर भन्न थालेका छन् । नेपालको अन्तरिम संविधानले राष्ट्रपतिलाई सरकारले दिएको सुविधान प्रयोग गरी तोकिएको ठाउँमा बस्ने मात्र अधिकार दिएको छ ।
यदि कहि कतै निस्कनु पर्यो भने सरकारको स्वीकृति लिनुपर्छ । तर अहिले यादवले आफूलाई ठूलो शक्ति केन्द्रको रुपमा स्थापित गराउन लागेका छन् । दैनिक जसो राजनीतिक भेटघाटलाई तिब्र बनाएका यादवले अहिले दलका नेता देखि कार्यकर्ता सम्मलाई भेट्दै सुझाव तथा आदेश दिन थालेका छन् ।तीन महिना पहिले भारत भ्रमण गरेर फर्किएपछि राष्ट्रपति यादव राजनीतिमा बढी सकि्रय भएको देखिन्छ । भारत भ्रमणमा रहँदा उनले त्यहाँका प्रमुख राजनीतिक दलका नेता देखि उच्च पदस्थ अधिकारीलाई भेट गरेका थिए ।राष्ट्रपतिको भारत भ्रमण र भारतीय चाहना विपरितको वर्तमान सरकार । यीनै कारणले पनि विभिन्न शंका उपशंका उब्जिएका हुन् । राष्ट्रपतिको यस्ता गतिविधिको सत्तारुढ दलहरुले विरोध गरिरहेका छन् । तर यादवले अहिले खुलेर सत्तारुढ दलको विरोध गर्न थालेका छन् । यस्तो अधिकार राष्ट्रपतिलाई कसले दियो । यो प्रश्न चौतर्फि गर्न थालिएको छ ।राष्ट्रपति यादवले अहिले सार्वजनिक कार्यक्रममै दुई चार दलको सकि्रएताले शान्ति प्रकि्रया पूर्णतामा पुग्न नसक्ने बताउन थालेका छन् । उनको यो भनाईलाई शुष्म ढंगले हेर्नेहो भने निकै अर्थपूर्ण छ । दिन आयो भने समय संग चलेर मात्र राष्टपतिले आफ्नो सक्रियता बढाउनु उचित देखिन्छ. अन्यथा दल हरु मिल्नुको विकल्प छैन। यो अबस्थामा राष्ट्रपति शासन हुने भन्ने कुरा कल्पना भन्दा पनि बाहिरको कुरा हो । तसर्थ दल हरु यो कुरालाई मध्यनजर गर्दै अगाडी बढ्नु उचित देखिन्छ । ज्ञानेन्द्रको महत्वकांक्षाले जसरी सिङ्गो राजसंस्थानै इतिहास बन्यो त्यसैगरी दलहरुको महत्वकांक्षाले मुलुकलाई कुन अवस्था पुर् याउने त्यो अहिले नै भन्न सक्ने अवस्थामा छैन । यद्यपी यो विषयमा दलहरु बेलैमाथि जिम्मेवार बन्न सकेनन् भने मूलुकमा ठूलो राजनीतिक दुर्गती नहोला भन्न सकिदैन । यसपछि राष्ट्रपति शासन या राजा फर्कने बाहेक अरु कुनै विकल्प हुने छैन। त्यसैले पनि राजा फर्कनु भन्दा आफूलेनै केहि गर्न सक्यो भने देश दुर्घटना बाट बच्छ्की भनेर राष्ट्रपतिले यो संकेत गरेका हुन् कि त ???????

Comments :

0 comments to “राष्ट्रपतिले आफ्नो शासनको संकेत गरेकै हुन् त ?”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger