wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 25, 2011

सुडानी पथमा मेरो नेपाल

सुडान एउटा सिक्नु पर्ने पाठ, कसरी शुरु भयो सुडानी युद्ध ?
देश बन्न सपना चाहिन्छ, स्रोत साधन होइन, यही पुष्टी गर्छ सुडानी गृहयुद्धले । सुडानमा सुरु भएको गृहयुद्धको चरण र अहिलेको नेपालको राजनीतिक अवस्था उस्तै उस्तै देखिन थालेको छ । सुडानको राजनीतिक घटना क्रमबाट अहिले नेपाली राजनेताले पाठ सिक्नु जरुरी छ ।
;िसंगापुर र सुडान दुई देशलाई हेर्ने हो भने राजनीतिक व्यबस्थापनले मुलुकको मुहारमा कस्तो परिवर्तन ल्याउन सक्छ भन्ने प्रष्ट पार्दछ । लि क्वानको सपनाले ५० वर्षमा िसंगापुर आर्थिक समृद्विको चरम चुलीमा छ भने सुडानचाही राजनीतिक खिचातानीका कारण अनिश्चितताको भूमरीमा छ ।सुडानको हिरा मोती र जवाहरको लागि शक्तिसम्पन्न राष्ट्रहरुबीच हारालुछ भइरहँदा सुडानमा भने एक छाक खान समेत नपाउने स्थितीमा छ । देशमा पर्याप्त प्राकृतिक स्रँेत हुँदापनि त्यसको समुचीत प्रयोग हुन नसक्दा सुडानमा कुपोषणका कारण बर्षेनी हजारौं बालबालिकाहरु अकालमै मरिरहेका छन् । िसंगापुरको सपनाले धेरै देशलाई चिमोटिरहँदा सुडानमा भएको वेथिती आधुनिक इतिहासकै लागि टाउको दुखाइ बनिरहेको छ । २१ औ शताब्दीको विश्व एक-अर्कामा विज्ञान प्रबिधि र विकासको प्रतिष्पर्धामा रहेपनि सुडान भने मानव इतिहासमै कलंकीत बनाउने शैलीमा गृहयुद्वको झिनाझप्टीमा अल्झेको छ ।राजनीतिक खिचातानी र शक्ति बाँडफाँड प्रभावकारी हुन नसक्दा देश र जनताले कस्तो नियती भोग्नुपर्छ भन्ने नियतीको साक्षँी हो सुडान । अनि जातिय नाराले देशलाई कस्तो अबस्थासम्म पुर् याउँछ भन्ने जान्नका लागि सुडानको इतिहास नै काँफी छ । सर्वसाधरणको आम नरसंहारले एक्काइसौं शताब्दीको बिश्वलाई नै स्तव्ध पार्ने युद्वको औपचारीक अन्त्यपछि सुडान टुकि्रयो ।ठूलो देश र जनसंख्या अहिले गहना मानिन्छ ।
केही बर्ष अघिसम्म धेरै जनसंख्या र ठूलो भुगोल भएको भनेर अभागी राष्ट्रको संज्ञा पाएको चीनले गरेको आर्थिक फड्कोले यही भन्छ । तर अपि्रुकी तथा अरब राष्ट्रहरु मध्य सबैभन्दा ठूलो राष्ट्र सुडानमा भने त्यस्तो पनि देखिँदैन । अनेक शक्ति संघर्ष र जातिय युद्वको खिचातानीले देश भौगोलीक हिसाबमा समेत बिखण्डन भयो । सन् १९४६ मा उत्तर र दक्षिणी सुडान एक अर्कामा गाभिनु र उत्तरलाई अधिक शक्ति प्रदान गरिएसगै सुडानी गृहयुद्वको बिजारोपण भएको थियो ।आफूहरुलाई सत्ता शक्ति र स्रोतको बाँडफाँडबाट उपेक्षित गरिएको भन्दै सन् १९५५ मा राष्ट्र स्वतन्त्र भए लगत्तै दक्षिणले विद्रोहको उद्घोष गर् यो । स्रोत र साधनमाथिको पहँुच र स्वायत्तताको माग गर्दै भएको १७ वर्षे गृहयु¢मा करिब पाच लाख मानिसले ज्यान गुमाएका थिए । सन् १९७२ मा भएको शान्ति सम्झौताले गृहयु¢को अन्त्य त गरेको छ । तर त्यसले यु¢का प्रमुख कारक मुद्दाहरुलाई सम्बोधन गर्न सकेन ।असमान तवरले क्षेत्रहरुको विभाजन राष्ट्रव्यापी रुपमा सरिया कानुन लादिनु जस्ता अपरिपक्व निर्णय तथा कार्यान्वयन फेरि दोस्रो गृहयु¢को मुख्य कारण बन्यो । वर्षौ लामो गृहयु¢ पछि ११ वर्ष शान्तिको सास फेर्न पाएका सुडानी जनता सन् १९८३ देखि एकपटक फेरि अर्को यु¢को भुमरीमा पि_िल्सन बाध्य भए ।
दक्षिणी सुडान स्वतन्त्रता आन्दोलन र सुडान सरकार बीच २२ वर्षसम्म चलेको दोस्रो गृहयु¢मा २० लाख सुडानीहरुले ज्यान गुमाए भने ४० लाख मानिस घरबार बिहिन भएका थिए । सन् २००५ दुई पक्षँबिच राजधानी खार्तुममा भएको बृहत शान्ति सम्झौताले राष्ट्रव्यापी प्रजातान्त्रिक शासनको विकास तथा तेलबाट उठेको राजस्व वितरण गर्ने भन्दै यु¢को औपचारिक अन्त्य गरेको थियो । कहिल्यै निको नहुने घाउ जस्तै गरी भएको जातिय र राजनीतिक लडाईले सुडानको इतिहास रक्तरन्जीत बनेको छ । जनमत संग्रहबाट देश त टुकि्रयो तर जातिय समस्या भने अझै समाधान हुन सकेको छैन् ।नेपालमा जारी राजनीतिक तरलता र जातीय जागरणले पनि भोलि सुडान कै नियति भोग्नु नपर्ला भन्न सकिदैन । यसबाट नेपालका जनता र नेताले पाठ सिक्नु जरुरी छ ।

Comments :

0 comments to “सुडानी पथमा मेरो नेपाल”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger