१० बर्ष वा सो भन्दा बढी अवैधानिक रुपमा बसोवास गरिरहेका बिदेशीहरुलाई अब कोरियन सरकारले स्थायी बसोवास दिने अथवा भिसा दिने भएको छ भन्ने हल्ला केही दिन यता कोरियामा बसोवास गर्ने नेपालीहरुमा ब्याप्त छ । यहि हल्ला कै कारण १ दशक भन्दा बढी कोरिया बसेर स्वदेश फर्कन लागेका केही नेपालीले किनिसकेको आफ्नो हवाई टिकट पनि क्यान्सिल गरे । कति जनाले बिदेशीहरुको हकहितका लागि लड्ने संघसंस्थाहरुमा सदस्य बनिरहेका छन् ।तर कोरियन सरकारले भने त्यस किसिमको कुनैपनि जानकारीहरु दिइएको छैन । नेपाली जनमानसमा ब्याप्त हल्ला अनुसार १० बर्षभन्दा बढी अवैधानिक रुपमा कोरियामा बसेको छ भने सो ब्यक्तिले एमनेष्टी ईन्टरनेशनलमा आफ्नो नाम दर्ता गराई स्थायी बसोबास गर्ने अधिकारको दावी गर्न पाउने भन्ने रहेको छ । यसबारे बिस्तृत रुपमा जानकारी लिनका लागि यस पङ्तिकारले ग्वाङह्वामुन स्थित एमनेष्टी ईन्टरनेशनलको केन्द्रीय कार्यालयका बिदेशी मामिला सम्बन्धी प्रमुख ब्यन् जङ फीलसंग फोन बार्ता गर्दा यस कुरामा कुनै सत्यता नभएको जानकारी दिनुभयो । वहाँले एम्नेष्टीलाई यस्ता कुनैपनि कुराको जानकारी छैन तर न्युन मात्रामा केही चाइनीज कोरियनहरुले भिसा पाएको भन्ने कुरा चाहिं सुनेको बताउंदै एमनेष्टीको काम कर्तब्य बिदेशीहरुलाई भिसा दिलाउनु नरहेको जानकारी दिनुभयो ।
हुंदै नभएको कुरा कसरी नेपाली समुदायमा फैलियो यो भने आउंदा दिनहरुमा बुझ्नै बाँकी छ । तर यस किसिमका अफवाह र भ्रामक कुराहरु फैलाई नेपालीहरुलाई दुःख नदिन हुन सम्बन्धित पक्षहरुलाई अनुरोध गरिन्छ । यदि तपाईलाई पनि यस कुरा बारे जिज्ञासा राख्न मन लाग्यो भने एम्नेष्टी ईन्टरनेशनलको ०२ ७३० ४७५५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
अनलाइन बाट























.jpg)

Nepalese Rupee Converter
Comments :
0 comments to “कोरियामा १० बर्ष नाघेका अवैधानिक बिदेशीले भिसा पाउने कुरा निराधार”
Post a Comment