wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 23, 2011

बावियाचौर चोरीरीकाण्डः अभियुक्तले बयान फेरे

फागुन ३ गते बाबियाचौर खुम्ल्याहमा भएको चोरी घटनाका अभियुक्त कमल किसानले प्रहरीले यातना र दवावमा माओबादीका सचिव लालु किसान सहित माओबादीको नाम लिएको बताएका छन् ।सोमबार जिल्ला अदालतमा बयान दिने क्रममा किसानले फागुन २० गते जिल्ला प्रहरी कार्यालयमा पत्रकार र राजनितिक दलका प्रतिनिधीसँग दिएको बयान फेरेका हुन् । किसानले अदालतसमक्ष घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी लालु किसानको भने संलग्नता नरहेको बयान दिएका हुन् । उनले यस अघि प्रहरीको रोहवरमा पत्रकार र राजनितिक दलका प्रतिनिधी समक्ष चोरी गरेको सामान माओवादी सेक्रेटरी किसानलाई बुझाएको बयान दिएका थिए । प्रहरीले यातना दिएर लालु किसानको घटनामा संलग्नता रहेको बताउन दवाव दिएको उनले बयानका क्रममा बताएका छन् । पिडित नरबहादुर गुरुङको घरबाट आफूले ३६ हजार रुपैया नगद चोरी गरेको र

सो पैसा जाँडरक्सीमा खर्च भएको किसानले बयान दिएका स्रोतले बताएको छ । इजालसको बहसमा सहभागि एक ब्यक्तिले कमललाई उद्धित गदै भने,’ लालु किसानको नाम लिन्छस की, हिटरमा पिसाप र्फेछस भनेपछि ज्यान जोगाउन पनि लालुको नाम लिएको हु ।’ बयानको क्रममा डिएसपी नवराज भट्टले लालु किसानको नाम दिइस भने तलाई केही हुन भनेको समेत उनले बताएका छन् । उनले थपे,’ सवै कुरा बताउँदा समेत मलाई बारम्बार कुटपिट गर्ने गरेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले आईतबार साँझ अबेरगरी माओवादी जिल्ला सेक्रेटरी लालु किसान लगायत ९ जना विरुद्ध डाँकाचोरी मुद्दा दर्ता गराएको थियो । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका मनबहादुर किसान र दिपेश पुनसँग भने बयान लिन बाँकी रहेको स्रोतले बताएको छ ।
बेनी अनलाइन बाट

Comments :

0 comments to “बावियाचौर चोरीरीकाण्डः अभियुक्तले बयान फेरे”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger