wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 12, 2011

२३ तारिख आइतबारका दिन म्याग्देली महाभेलाको आयोजना गरिने

कोरियाको महान् पर्व आगामी सलनालको पहिलो दिन अर्थात फेब्रुरी २ तारिख बुधबारको दिन  म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्देली सांस्कृतिक सौगात आयोजनाको कार्य बिभाजन र कार्यक्रमको अन्तिम तयारी गर्न म्याग्दी समाज समिति दक्षिण कोरियाले यसै महिनाको २३ तारिख आईतबारको दिन म्याग्देली महाभेलाको आयोजना गर्ने भएको छ ।  हिजो आईतबार राजधानी सउलको छोङगाकमा बसेको कार्य समितिको बैठकले  ३० तारिख आईतबारमा प्राय: सबै कम्पनीहरुले बिदा नदिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै २३ तारिख आईतबार नै महाभेलाको आयोजना गर्ने निर्णय गरेको हो ।
यसै सूचनालाई आधार मानि कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई महाभेलामा अनिबार्य उपस्थित हुन आग्रह गरिएको छ । तर कार्य समितिको बैठक भने क्रमश: १६ र ३० तारिख समेत बस्ने छ । स्मरणिय रहोस, यसै महिनाको गत १ तारिख समेत म्याग्देली बृहतभेलाको आयोजना गरि सकिएको छ ।
१ तारिखको बृहत भेलाले चिठठी पत्र ,कार्यक्रमको प्रचार प्रसार लगायतका पहिलो चरणको तयारी समापन गरेको थियो भने अब हुने महाभेलामा कार्यक्रम ब्यबस्थापन तर्फ जिम्मेवारी प्रदान र कार्यक्रमको अन्तिम तयारी गरिने छ ।
महाभेला हुने  स्थान: तोङदेमुन शहर स्थित नमस्ते रेष्टुरेण्ट ।
समय : दिनको १ बजे ।

Comments :

0 comments to “२३ तारिख आइतबारका दिन म्याग्देली महाभेलाको आयोजना गरिने”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger