wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 4, 2011

पर्वत महोत्सवमा २० प्रतिशत स्टल खालि


धौलागिरी अञ्चलको पर्यटन, लघु उद्यम र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तेस्रो पर्वत महोत्सवम राखिएका २० प्रतिशत स्टल खाली रहेका छन् ।महोत्सवमा निर्माण गरीएका कुल १ सय २५ मध्ये २५ वटा स्टल खाली रहेका हुन । शुरुमा विभिन्न क्षेत्रका व्यावासायी, उद्यमी तथा कृषकले आ-आफ्ना बस्तु तथा सामान विक्रिका लागि बुकिङ्ग गरेपनि पछि नआएका हुन् । उत्पादक, कृषक तथा व्यावसायीहरुले न्युनतम तीन हजारदेखि १५ हजारसम्ममा स्टल बुक गराएका हुन् । खाली रहेका स्टलहरु बुक गर्ने संस्था वा व्यावसायीले पनि अग्रिम भुक्तानी दिइसकेको तर सामानहरु किन नराखेको भन्ने जानाकारी प्राप्त नभएको महोत्सवका मुख्य संयोजक होमनारायण श्रेष्ठले बताए ।

पर्वत पर््रवर्द्धन हाम्रो दायित्व’ भन्ने मुल नाराका साथ संचालन भएको महोत्सवमा धेरै ग्रामीण उत्पादनका सामाग्रीहरु रहेका छन् । महोत्सवमा २ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ । एक लाख दर्शक तथा पर्यटकलाई भित्र्याउने लक्ष्य रहेको छ । महोत्सवलाई नेपाल बैंक लिमिटेड र जिल्ला विकास समिति पर्वत, राष्ट्रिय बाणिज्य बैंक लगायतका संघ संस्थाहरुले प्रायोजन गरेका छन् । २२ गतेसम्म संचालन हुने महोत्सवको दोस्रो दिन सम्म २५ हजार भन्दा बढिले अबलोकन गरेको आयोजकले जनाएको छ ।
स्थानीय उत्पादन, लघु उद्यम र व्यापारमेला, होटल तथा अटो मोवायल, सुचना प्रविधि, कृषि, वित्तिय संस्था, शैक्षिक पर््रदर्शनी लगायतका छन् । धौलागिरी अञ्चलका गाउँ गाउँमा उत्पादन भएका सामग्रीहरु, स्थानीय अल्लोका कपडा, लोक्ताको नेपाली कागज, हस्ताकलाका सामाग्रीहरु, सुन्तलाको जुस, मह, जडिबुटी, लगायतको समेत पर््रवर्द्धन गरिएको हो । त्यस्तै लप्सीफुड, अदुवा क्याण्डी, लालीगुँरासको जुस, काफलको जुस, मौरीघार, विभिन्न कृषि बाली, र गाउँ गाउँमा उत्पादीत जिल्लाको पहिचान दिलाउने खालका वस्तुलाई स्टलमा राखिएको छ ।
त्यस्तै भलिबल, लोक दोहोरी, धौलागिरी अञ्चल स्तरीय नृत्य प्रतियोगिता र छेलो प्रतियोगिता लगायत रमाईलो मेलाका कार्यक्रमहरु समेत छन् । त्यस्तै चर्चित लोक गायिका कोमल वली, पुरुषोत्तम न्यौपाने लगायत स्थानीय तथा विभिन्न हास्य कलाकारहरुको प्रस्तुती रहेको छ । बुक गराएका व्यावसायिहरु नआएपनि आर्थिक कारोबारमा फरक नपर्ने बताइएको छ ।

Comments :

0 comments to “पर्वत महोत्सवमा २० प्रतिशत स्टल खालि”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger