wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

May 26, 2010

मेरो बेहोसी पर्दा भयो

नाम त अर्कै हो तर मैले यहाँ उनलाई रवि भनेर चिनाएकी छु  । त्यो दिन हामी एउटा पार्टीमा थियौं । थरीथरीका पेय पदार्थले पार्टीको रौनक बढाएको थियो । मेरो ध्यान रविको क्रियाकलापमा केन्दि्रत भयो । ऊ मतिर पीठ फर्काएर बसेको थियो । ऊ धमाधम वाइनका गिलास रित्याउँदै थियो । रक्सीको गफ चर्कै हुन्छ । गफैगफमा उसले कति गिलास रित्यायो थाहा भएन तर एकछिनपछि ऊ असामान्य भएर मेरा सामु आयो । आˆनो हातको गिलास देखाउँदै भन्यो, 'दिज्यू, हजुरले लिनुभएन ?'

'मैले जुस लिएँ' मैले छोटो उत्तर दिएँ ।
जुसले चिसो गर्छ । जाडोको समयमा यो अलिकति लिए न्यानो हुन्छ नि ।' ऊ नम्रतापूर्वक मलाई वाइन पिउन उत्पे्ररित गर्न थाल्यो ।
'वाइन मेरो शरीरले पटक्कै सहँदैन । त्यसैले कहिल्यै पिउँदिन ।'
'त्यसो भए त भैगो ।'
म ड्रग त लिन्न तर रक्सी पिउँछु । ज्यानले नसहे पनि पिउँछु । एउटा बेइमान गुरुले सिकाइहाल्यो ...। सुन्नुहुन्छ मेरो कथा ?'
'सुनाऊ न ।' मैले भनेँ ।
ऊ मेरो नजिकैको कुर्सी तानेर बस्यो र आफ्नोकथा सुनाउन थाल्यो ।
'त्यसबेला म प्रवीणता प्रमाण-पत्र तहमा अध्ययनरत थिएँ । एसएलसी उत्तीर्ण भएलगत्तै उच्च शिक्षा अध्ययनका लागि पोखरामा एउटा कोठा लिई बसेको थिएँ, डाक्टर बन्ने रहर थियो । आमाबुवा पनि छोरो डाक्टर भएको हेर्न चाहन्थे । म डाक्टर बन्ने जोसमा खुब मेहनत गर्न थालँे । घरको आर्थिक अवस्था कमजोर थियो । खाना कोठामै बनाएर खान्थँे । कहिलेकाहीँ पकाउन अल्छी लाग्दा नजिकैको होटलमा खान्थेँ ।
होटलमा खाना खान गएका बेला एकदिन एउटा नयाँ अनुहार म बसेको टेबलमा आएर बस्यो । उसले भलाद्मी पारामा सोध्यो, 'बाबु, यहाँ भूमिसुधारको अफिस कतातिर होला ?' मैले भनेँ, 'यहीँ नजिकै छ । खाना खाएपछि म देखाइदिउँला ।'
मैले पर्दैन भन्दाभन्दै पनि त्यस दिन मेरो खानाको पैसा उसैले तिर्‍यो । हामी साथै बाहिरियाँै । मैले भूमिसुधारको अफिस देखाइदिएँ । त्यसपछिका दिन पनि उसले मेरो पिछा छोडेन । ऊ मलाई भात खान सोही होटलमा बोलाउँथ्यो ।
मलाई उसका क्रियाकलाप मन पर्थे । बेलाबेलामा मलाई मासु ख्वाउँथ्यो । एकदिन उसले आफूले पिइरहेको रक्सी मेरो रित्तो थालमा थोरै खन्यायो र भन्यो-'यो चाख, खुबै मीठो हुन्छ ।' मैले थालमा भएको पेयपदार्थ चाटेँ । त्यसबेलाको मेरो अनुभवले भन्यो-छि, कत्ति नमीठो, मानिसहरू किन र कसरी खान्छन् यस्तो बेस्वादको चीज.... ।'
अर्को पटक पनि उसले मेरो गिलासमा थोरै रक्सी खन्यायो । त्यसबेला भने मासुका साथ रक्सी केही मीठो भयो । मैले आधा गिलास एकै सासमा रित्याएँ ।
विस्तारै उसले मलाई रक्सी पिउने साथी नै बनायो । बडो राम्रो उपदेश दिन्थ्यो ऊ । सानो मानिसले धेरै पिउनुहुँदैन । आन्द्रामा प्वाल पर्छ, तर थोरैथोरै पिइयो भने ज्यान बलियो हुन्छ, पढ्न खुब जोस आउँछ ।
आफूलाई डाक्टर बन्नु थियो । पढ्न जोस आउने कुरा पाएपछि के चाहियो अब ? मेरो सम्पूर्ण ध्यान रक्सीमा खनियो । 'कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर' भन्ने उखान लागू भएपछि एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएको म आई.एस.सी.मा फेल भएँ । यस्तोे नतिजाले मनमा नैराश्यता छायो । मन खुसी बनाउन फेरि रक्सीकै शरण लिएँ । डाक्टर बन्ने मेरो सपना रक्सीको घुड्कोसँगै निलियो । अहिले मेरो नसा-नसामा रक्सीको नशा छ । यो नशा नलिएसम्म म निदाउन पनि सक्दिन । अहिले हरदम एउटै गीत सुसाउँछु 'मेरो बेहोसी आज मेरो लागि पर्दा भो....।'
रविको कथाले के पुष्टि गर्छ भने किशोरावस्थाका केटाकेटी साथीको लहैलहैमा लागेर मात्र बिग्रन्छन् भन्ने कुरा सत्य होइन । यतिबेला कुनै पनि दुव्र्यसनीले उनीहरूको मन सजिलै पगाल्न सक्छ । किशोरावस्था अत्यन्तै जिज्ञासु हुन्छ । विषै पिउन पनि नहिच्किचाउने उमेर । आमाबुवाको असावधानीका कारण जिज्ञासु भएर पनि उनीहरू नशा लिन थाल्छन् । तसर्थ अभिभावकहरू विशेष सतर्क हुनुपर्छ । साना नानीहरू हिँड्दा लड्छन् कि भनी आमाबुवा धरालो लाग्छन्, तर किशोरावस्थामा पुगिसकेका सन्तानको धरालो को कतिसम्म लाग्नसक्छ ? अभिभावकलाई आफ्ना लागि जिम्मेवार हुने भनेको आफैले हो भन्ने हुन्छ । आˆना केटाकेटीकोे बानी-व्यवहारका विषयमा उनीहरू त्यति ख्याल राख्दैनन् तर यसो गरेर हुँदैन । अभिभावक सतर्क हुनुपर्छ । आफू रक्सी पिएर मोजमस्तीमा रम्ने, सिरियल र चलचित्र हेरेर संसार भुल्ने अनि छोराछोरीलाई पढ-पढ भन्दैमा उनीहरूले चाहेजस्तो कार्य गर्दैनन् । जस्तो रोप्यो उस्तै फल्छ भन्ने उखान अभिभावकहरूले सधैँ मनमा राख्नुपर्छ ।
ल्ागूपदार्थ के हो ?
साधारण मानिसले बुझ्ने भाषामा भन्दा ल्ाागूपदार्थ व्यक्तिको सोचाइ र व्यवहारमा परिवर्तन ल्याउने रसायनिक पदार्थ हो । चुरोट, बिडी, सुर्ती, जाँड, रक्सी, भाङ, धतुरो, हेरोइन, फेन्सिडिल, कोकिन आदि लागूपदार्थ हुन् । एक गिलास दूध पिउँदा वा एक चम्चा मह चाट्दा हाम्रो भावना र व्यवहारमा भिन्नता आउँदैन तसर्थ यी लागूपदार्थ होइनन् । एक गिलास रक्सी पिउँदा वा एक चम्चा भाङ खाँदा मानिसको सोच र व्यवहारमा फरक आउँछ तसर्थ रक्सी एवं भाङ लागूपदार्थ हुन् ।
मानिसहरू ल्ाागूपदार्थ किन खान्छन् ?
लागूपदार्थ सेवन गर्ने कारण यही हो भनेर किटान गर्न सकिँदैन । पीर चिन्ता भाग्छ कि भनेर, खुसियाली मनाउन, एक्लोपनको साथीका रूपमा, प्रेममा धोका खाएपछि, साथीसंगीको दबाबमा, स्वाद थाहा पाउन वा अनुभवका लागि मानिसहरू लागूपदार्थ खान थाल्छन्  । जे-जस्तो निहँुमा खाए पनि लागूपदार्थको सेवन समस्याको समाधान भने होइन ।
लागूपदार्थ खान नहुने किन होला त ?
लागूपदार्थका कारण स्वास्थ्यमा पर्ने समस्या धेरै छन् । कुनै पनि किसिमको लागूपदार्थ पटक-पटक लिँदा मानिसलाई लत लाग्छ । उसको शरीर तथा मस्तिष्कले ती पदार्थ नभैनहुने महसुस गर्न थाल्छ । लागूपदार्थ सेवनले क्षणिक जोस-जाँगर वा आनन्द त आउँछ तर यो सधैका लागि हुँदैन । लत लागेपछि छोड्न गाह्रो हुन्छ । लागूपदार्थको सेवनले स्वास्थ्यमा धेरै समस्या देखापर्छ भन्ने कुरा नबुझी आनन्दका निम्ति सधैं सेवन गर्नतिर लाग्छन् । यसको निरन्तर प्रयोगले मस्तिष्क बोधो भई स्मरण शक्तिमा कमी आउँछ । मानिसलाई परनिर्भरताको स्थितिमा पुर्‍याउँछ । अझ कलिलो उमेरका केटाकेटीलाई नशाले चाँडो असर गर्छ । यसको लत बसे पढाइ-लेखाइ एवं करियर धरापमा पर्छ । नशाले शारीरिक एवं मानसिक रूपमा कमजोर तुल्याएर मानिसलाई मृत्युको मुखमा धकेल्छ । यसको व्यसन थालेपछि मानिसले दुव्र्यसनीको संज्ञा पाउँछ ।
लागूपदार्थको दुव्र्यसनमा नफस्न के गर्ने ?
किशोरावस्थाका केटाकेटीले आफ्नो जीवनलाई सही बाटोमा लान र कुलतबाट बच्न लागूपदार्थ तथा दुव्र्यसनका सम्बन्धमा जानकारी राख्नु आवश्यक हुन्छ । कसैले लागूपदार्थ खान वा चाख्न भनेमा नाइँ भन्न सक्नुपर्छ  । समाज र जीवनका सम्बन्धमा लेखिएका पुस्तक पढ्ने बानी बसाले यस्ता लतबाट बच्न सहयोग पुग्छ ।
लागूपदार्थ सेवन गर्ने मानिसबाट सधैं टाढा बस्नुपर्छ । आमाबाबु यसको सेवन गर्छन् भने छुटाउने प्रयास गर्नुपर्छ । आमाबाबुले पनि केटाकेटीले भन्नुअगावै आफूमा भएको कुलत छाड्न सके भने इज्जत रहन्छ । यसैमा सबैको भलोे छ ।

अब आउनुहोस इन्टरनेट र टिनएजर बारेमा 
हिँजोआज बालबालिका एवं किशोर-किशोरीहरूको संसार केही अर्थमा साँघुरिएको छ । पहिले-पहिले यो उमेरकाहरू खेलेर समय बिताउँथे । अहिलेको विकसित प्रविधिले उनीहरूलाई सीमित क्षेत्रमा बाँधेको छ । यो क्षेत्र भौगोलिक परिवेशमा साँघुरो भए पनि सूचना एवं संसारसँगको सम्बन्धको मामिलामा भने निकै विस्तृत छ । उनीहरू इन्टरनेटमा समेटिँदै गएका छन् । विशेष गरी टिनएजरहरू सबैभन्दा बढी मोबाइल, टेलिफोन, आइपोड, कम्प्युटर गेम एवं वेभसाइटभित्र बाँधिएका छन् । अधिकांश घरमा बेभ सर्पिmङ, भिडियो गेमको आवाज नौलो कुरा रहेन । त्यसैले हिँजोआजका बालबालिका प्राविधिक ज्ञानमा निक्कै अघि छन् ।
अधिकांश अभिभावकमा आफ्ना टिनएजर बालबालिकाको तुलनामा हाइटेक ज्ञान कम छ । उनीहरू समयले विकास गरेको प्रविधिसित बालबालिका जति अभ्यस्त हुन सकेका छैनन् । अभिभावकहरू बालबालिकाका छेउमा उभिएर उनीहरू के गरिरहेका छन् भन्ने बुझ्न नसकी चुपचाप टोलाएर बसेको पाइन्छ । जब बालबालिकालाई इन्टरनेट, कम्प्युटरको सुविधा उपलब्ध गराइन्छ तब त्यसको उपयोग उनीहरूले कसरी र केका लागि गर्दैछन् भनेर बुझ्नु जरुरी हुन्छ । आफूलाई हाइटेक प्रविधिका सम्बन्धमा ज्ञान नभएको बहानामा छुटकारा पाउने प्रयास गर्दा पछि समस्या उत्पन्न हुनसक्छ । बालबालिकाले इन्टरनेटमा कुन साइट सफिर्ङ गरिरहेका छन् बुभ्fm्न सक्ने हुनुपर्छ । पछिल्ला प्रविधिका सम्बन्धमा हरेक आमाबुवामा केही
ज्ञान हुनैपर्छ ।
रमिलाकी छोरी नेहा पढाइमा अब्बल थिइन् । उनी नयाँ प्रविधिप्रति पनि उत्तिकै उत्सुक थिइन् । आमाबुवालाई उनीबाट कुनै किसिमको गुनासो थिएन । रमिलाले उनको कोठामा कम्प्युटर पनि लगाइदिइन् । छोरीले नयाँ प्रविधि एवं नवीनतम विषयका सम्बन्धमा जानकारी हासिल गरोस् भन्ने रमिलाको चाहना थियो । एकदिन राति अबेरसम्म नेहाको कोठाबाट निस्किएको आवाज र प्रकाशका कारण रमिलाले नेहाको कोठाको ढोका विस्तारै खोलिन् । आफ्नी आमा आएको चाल पाएपछि नेहाले तत्काल इन्टरनेट बन्द गरिन् । त्यतिबेला रमिलाले छोरीलाई केही पनि भनिनन् । भोलिपल्ट नेहा स्कुल गएको बेला रमिलाले उनको कम्प्युटर राम्रोसँग जाँच गरिन् । नेहाले च्याटिङ गरेको र इन्टरनेटमा अनेकौं वेभसाइट सर्फ गरेको पाइन् । ती वेभसाइट जानकारीमूलक भन्दा बढी अश्लील र गलत दिशातर्फ अग्रसर गराउने
खालका थिए ।
इन्टरनेट अथाह जानकारीको भण्डार हो । यसबाट प्रशस्त लाभ मिल्छ । सञ्चार माध्यमको यो नयाँ साधनले बालबालिकाको क्षमता बढाउँछ । यसले उनीहरूको सोच, सिर्जनात्मकता एवं व्यक्तित्व विकासमा लाभ पनि पुर्‍याइरहेको छ । हामी कम्प्युटर र सेलफोनको एउटा त्यस्तो संसारमा प्रवेश गरिसकेका छांै, जहाँ बालबालिकालाई नयाँ प्रविधिबाट वञ्चित राखेर केही फाइदा छैन । कुरा मात्र यत्ति हो, नयाँ प्रविधिबाट लाभ लिन रोक्न हुँदैन तर केही नियन्त्रणमा राख्नुपर्छ ।
सकारात्मक पक्ष
कम्युनिकेसन प्रोफेसर जेफरी कोलका अनुसार इमेल गर्ने, इन्टरनेटमा गीत सुन्ने र फिल्म हेर्ने जस्ता कार्यबाट टिनएजरहरू अराजक बन्नबाट रोकिन्छन् । यो प्रविधिले सम्बन्ध विकसित गर्न सघाउ पुर्‍याउँछ । प्रोफेसर जेफरी भन्छन्-'इन्टरनेट प्रयोग गर्नेहरूले आफ्नो परिवारका साथमा त्यति नै समय बिताइरहेका छन् जति नगर्नेले बिताउँछन् । सेलफोन संस्कृतिले आमाबुवा र बालबालिकाबीच निकटता पनि ल्याएको छ ।'
सामान्य ज्ञान र शिक्षासम्बन्धी अनेकौं जानकारी इन्टरनेटबाटै प्राप्त हुन्छ । करिब ६० प्रतिशत किशोर केही न केही रचनात्मक काम गर्छन् । उनीहरू साहित्य लेख्ने एवं पढ्ने, फिल्म बनाउने आदि सिर्जनात्मक काममा जुट्छन् । यी कार्य इन्टरनेटको सहयोगबाट सम्भव हुन्छन् ।
इन्टरनेटले तनाव घटाउन पनि सहयोग गर्छ । यसबाट अनेकौं महत्वपूर्ण जानकारी हासिल हुन्छ । बालबालिकाहरू विश्वव्यापी सूचनाबाट अपडेट भैरहन्छन् ।
किशोरावस्थामा सेक्सी पोज हेर्नु, यौनप्रति उत्सुक हुनु साधारण एवं प्राकृतिक कुरा हो । इन्टरनेटमा बालबालिकाले गलत साइट मात्र नभएर यौन उत्पीडनका घटनाको पनि जानकारी प्राप्त गर्न सक्छन् । सेक्सका बारेमा हुने गलत प्रयोग एवं नोक्सानी, यसको नकारात्मक असर अनि यसबाट बच्न अपनाउनुपर्ने सावधानीका सम्बन्धमा पनि इन्टरनेटबाट जानकारी उपलब्ध हुन्छ । उनीहरूले विभिन्न शैक्षिक साइट सर्फ गरेर ज्ञानको भण्डार वृद्धि गर्न सक्छन् ।
नकारात्मक पक्ष
बालबालिकाहरू कम्प्युटरमा लगातार बस्न थालेपछि तिनको परिवार र साथीभाइसितको सम्पर्क विस्तारै कम हुन थाल्छ । उनीहरू एकलकाँटे एवं अन्तर्मुखी बन्दै जाने सम्भावना बढ्छ । छिमेकीहरूका सम्बन्धमा जानकारी हुँदैन, यसबाट उनीहरू विस्तारै असामाजिक बन्न पुग्छन् । तिनको सीमारेखा कम्प्युटर स्त्रिmन अगाडि बसेर, किबोर्ड र माउसमा हात दौडाउने बाहेक अन्यत्र बढ्दैन ।
बालबालिकाहरू हरेक प्रकारका साइट सर्फ गर्छन् । उनीहरू हरर साइटमा गएर भयानक दृश्यहरू हेर्छन् । सेक्सका बारेमा थुपै्र उत्पट्याङ कुराहरू जान्ने र प्रयोग गर्ने प्रयास गर्छन् । अनावश्यक च्याटिङ गरेर समय नष्ट गर्छन् ।
च्याटिङ गर्दा धोका हुने सम्भावना पनि हुन्छ । यसबाट भावनात्मक चोट लाग्न सक्छ । यसैगरी पोर्नोग्राफी साइटले बालबालिकालाई धेरै हदसम्म गलत प्रभाव पारिरहेको पाइन्छ । उनीहरू शारीरिक रूपले परिपक्व नहुँदै सेक्सको प्रयोग र अनुभवका लागि आतुर हुन्छन् ।
आमाबुवाले के गर्ने ?
बालबालिकाहरूसित प्रत्यक्ष कुरा गर्नुपर्छ । किशोर बालबालिका आमाबुवा एवं साथीहरूसित आफ्नो अनुभव र अनुभूति बाँडेर प्रतिक्रिया जान्ने प्रयास गर्छन् । उनीहरू व्यक्तिगत पहिचान खोज्छन् । अनावश्यक उपदेश मन पराउँदैनन् । आवश्यक अवस्थामा वा उनीहरू स्वयंले राय मागे
सही-गलत कुरा स्पष्ट बुझाइदिनुपर्छ ।
च्याटिङ गर्दा बुझेर सावधानीपूर्वक गर्नुपर्ने कुरामा सचेत गराउनुपर्छ । अनलाइन खतराका बारेमा अवगत गराउनुपर्छ । दुर्घटनाका सम्बन्धमा सचेत गराउनुपर्छ । आमाबुवाले कम्प्युटर जाँच गर्न सक्छन् भन्ने कुरामा उनीहरूलाई सचेत बनाउनु आवश्यक छ । अनावश्यक एवं अश्लील बेभसाइट ब्लक गरिदिन सकिन्छ ।
इन्टरनेटबाट बालबालिकाले नकारात्मक फिडब्याक हासिल गरिरहेका हुन सक्छन् । यसबाट हुने नोक्सानका सम्बन्धमा तिनलाई बुझाउनुपर्छ । सकारात्मक प्रभाव पार्ने साइटको प्रयोगमा मात्र प्रेरित गर्नुपर्छ । यसका लागि ब्लगमा गएर आफ्नो रचनात्मकलाई मूर्तरूप दिन उत्साहित गर्नु राम्रो हुन्छ ।
अब अजिता बाट हामीले के सिक्ने त ?
अजिता सिंह
(कलेज एम्बेसडर २००९)
काठमाडौं कलेज अफ म्यानेजमेन्टमा बीबीए अध्ययनरत अजिता भर्खरै सम्पन्न कलेज एम्बेसडर-२००९ प्रतियोगिताकी विजेता हुन् । सन् २००७ देखि सुरु भएको उक्त प्रतियोगितामा कलेजस्तरका विद्यार्थीको सुन्दरता, प्रतिभा र नेतृत्व क्षमताको मूल्यांकन गरिन्छ । २१ जना युवा तथा २१ जना युवती प्रतिस्पर्धी रहेको उक्त प्रतियोगितामा अजिता छात्रातर्फ कलेज एम्बेसडर चयन भएकी हुन् । कलेज तहका विभिन्न प्रतियोगितामा भाग लिइरहने अजिताले यो प्रतियोगिता ब्युटी विथ ब्रेनको संयोजन हो भन्ने कुरा बुझेर आफूले भाग लिएको बताइन् ।
बेस्ट परफर्मेन्स टाइटलसमेत पाएकी सिंह साधारण छिन् । रिसर्च गर्न मनपराउने अजिता आफूलाई सहज महसुस हुने पहिरन लगाउनुपर्छ भन्ने धारणा व्यक्त गर्दै भन्छिन्-साडी मलाई मनपर्ने पहिरन हो तर म जिन्स, टिसर्ट, स्कर्ट, कुर्ता सबै लगाउंँछु, यो मेरो खुबी हो ।' कडा परिश्रम एवं आत्मविश्वासले आफूलाई कलेज एम्बेसडर बनाएको बताउने अजिता नोबेल ताथ म्यानेजमेन्टसम्बन्धी पुस्तकहरू पढ्न रुचाउँंछिन् ।
राजनैतिक पारिवारिक पृष्ठभूमिकी अजिता पिएचडी गरेपछि मात्र राजनीतितर्फ लाग्ने बताउंँछिन् । बुवा परमेश्वरप्रसाद सिंह तथा आमा शशि सिंहका एक छोरा र एक छोरीमध्ये कान्छी अजिता अहिलेका युवाहरूलाई सुझाव दिन्छिन्-अहिलेका युवाहरू राजनीतिलाई फोहोरी खेल मान्छन् तर त्यसो होइन देशलाई अहिले नयांँ नेतृत्व चाहिएको छ । अबका युवाले गहन जिम्मेवारी बहन गर्न सके राष्ट्रको भलो हुने थियो ।
सानैदेखि उद्यमी बन्ने सपना पालेकी अजिता अहिले पढाइ सिध्याउने धुनमा छिन् । अजिता भन्छिन्-मेरो पहिलो काम पिएचडी सिध्याउने हो तर १० वर्षपछि राजनीतिमा पनि आउन सक्छु । किनभने हाम्रो देशलाई सक्षम, सबल र नेतृत्वदायी युवाको आवश्यक छ ।'
बिहानको कक्षा सिध्याएर घर आएपछि रिपोर्ट बनाउने, गुगलमा रिसर्च म्याटर सर्च गर्ने अजिता हप्तामा ६ दिन पढाइ र कामलाई समय दिन्छिन् भने शुक्रबार एकदिन पार्टीहरूमा सहभागी हुन मन पराउँछिन् । हप्तामा ६ दिन बिहान ४ बजे उठ्ने अजिता शनिबार भने दस बजेसम्म सुत्छिन् । कडा परिश्रम, आत्मविश्वास र जानेका कुरा व्यक्त गर्न सक्ने खुबीलाई सफलताको कसी मान्ने अजिता कडा परिश्रमका बीच रमाइलो गर्न मन पराउँछिन् ।
अजिता भनिन्-सानो योगदानले पनि धेरै काम हुन्छ, तसर्थ सबै मिलेर देशका लागि केही गरौं ।
प्रस्तोता - रोजिना शाक्य 
विभिन्न पत्र पत्रिका बाट

Comments :

0 comments to “मेरो बेहोसी पर्दा भयो”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger