Browse »
Home » » संविधानसभाको म्याद एक वर्ष थप्ने सहमति
संविधानसभाको म्याद एक वर्ष थप्ने सहमति
दलहरुबीच सहमति संविधानसभाको म्याद एक बर्ष थप्ने सहमति । सात दिनभित्र शान्ति र संविधानको कार्यतालिकासहित प्याकेजमा सहमति गरेर प्रधानमन्त्रीले राजीनामा दिने काँग्रेस प्रबक्ता अर्जुननरसिंह केसीले जानकारी दिए । सहमति छिट्टै भए त्यसअघि पनि राजीनामा दिन सकिने । प्रधानमन्त्रीको संबोधनमा 'राजीनामा' भन्ने शब्द प्रयोग हुने ।
आज ३ दल बीच भएको सहमतीय प्रतिबद्दता यस्तो छ
१. शान्ति प्रक्रियालाई सार्थक निस्कर्षमा पुर्याउन यस सम्बन्धमा बाँकी कामहरु अविलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेजवारी पुरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्न हामी दृढ प्रतिज्ञ छौ ।
२ नयाँ संविधान निर्माणको प्रक्रियामा उल्लेखनिय काम भएपनि सबै कार्य पुरा नभएकाले संविधानसभाको कार्यावधि एक वर्ष थप्न हामी सहमत छौ ।
३. उपयुक्त जिम्मेवारी एवं कार्यहरु यथाशिघ्र सम्पन्न गर्ने सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न हामी तत्पर छौ । यसका लागि वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री अविलम्ब राजिनामा गर्न तत्पर रहनेकुरा स्पष्ट गर्दछौ ।
पुष्पकमल दाहाल, शुशील कोइराला, झलनाथ खनाल
Comments :
0 comments to “संविधानसभाको म्याद एक वर्ष थप्ने सहमति”
Post a Comment