wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

May 24, 2010

रमाइलो बिहे बेहुला-बेहुली जुम्ल्याहा



पोखरा, जेष्ठ १० - उस्तै अनुहार । उचाइ, लवाइ र बोली पनि दुरुस्तै । विवाहको मण्डपका दुई जोडी देख्नेहरूमात्रै होइन, स्वयं बेहुला-बेहुली पनि झुक्किए । कतिबेला भाइसँग दिदी बस्न जान्थिन्, घरी बहिनीसँग दाजु । जन्ती र माइती भने गलल्ल हाँस्थे । सबै भन्थे, 'यस्तो विवाह देखेकै थिएनौं ।'जुम्ल्याहा दाजुभाइ र जुम्ल्याहा नै दिदीबहिनीको आइतबार एकसाथ भएको विवाहले सबैलाई तान्यो । विवाहको खबर सुनेपछि थुप्रै सञ्चारकर्मी निमन्त्रणाबिनै पुगेका थिए । विवाहस्थलमा भेटिएका बूढापाकाले यस्तो विवाह बिरलै हुने बताए । पोखरा-७ नुवारथोकका जुम्ल्याहा २९ वर्षका राम र लक्ष्मण बरालको कास्की भलामका २५ वर्षका जुम्ल्याहा दिदीबहिनी गंगा र जमुना पौडेलसँग हिन्दु परम्परा अनुसार बिहे सम्पन्न भएको हो ।'जुम्ल्याहा दिदीबहिनी नै बिहे गर्ने सोच थियो,' राम-लक्ष्मणले भने, 'आज पूरा भयो ।'
आफन्तको सहयोगमा उनीहरूबीच मागी बिहे भएको हो । जुम्ल्याहाको सकभर एकैदिन र उस्तैसँग बिहे गर्नुपर्ने बूढापाकाको भनाइले चिन्तित बनाइरहेका बेला जुम्ल्याहा दाजुभाइ भेट्टाएर बहिनीहरूको विवाह गरिदिएपछि खुसी भएको बेहुलीका दाजु पुष्पराज पौडेलले बताए । 'हामीलाई ज्वाइँ चिन्न र घर तर्फकालाई बुहारी चिन्न मुस्किल छ,' पौडेलले भने ।पुष्पका अनुसार एक मिनेटको फरकमा जन्मिएका गंगा-जमुना दुवै एकैसाथ बिरामी पर्थे । उनीहरूको बोलीचाली, हिँडाइ, लवाइखवाइ, बानीबेहोरा एउटै छ । संयोगले एसएलसीमा पनि समान अंक ल्याएका छन् । दिदीबहिनी अहिले पोखरामै स्टाफ नर्स छन् । एउटै घरका दाजुभाइसँग बिहे गर्न पाएकोमा निकै रमाइलो अनुभूति भएको बेहुली गंगा-जमुनाले बताए । उनीहरूले घरिघरि 'आफ्नोलाई' नचिनेर झुक्किए पनि सञ्चारकर्मीलाई भने त्यसै झुक्याएको भन्दै ठट्टा गरे ।१५ मिनेटको फरकमा जन्मिएका बेहुलाद्वय राम-लक्ष्मणको सबै बानीबेहोरा पनि उस्तै छ । पेसा भने फरक । राम पोखरा इन्जिनियरिङ कलेज पढाउँछन्, लक्ष्मण स्थानीय एक फाइनान्समा काम गर्छन् । दाजु ऋषिराम बरालका अनुसार पढाइदेखि अन्य कुनै पनि काममा उनीहरू छुुट्टँिदैनथे ।बेहुला-बेहुलीले एक-अर्कालाई चिन्न नसकेपछि बेहुलीलाई फरकफरक घुम्टो लगाइदिनुपर्‍यो । लक्ष्मणको दाहिने र जमुनाको देब्रे गालामा सानो कोठी भए पनि नियालेर हेर्नुपर्ने भएकाले उनीहरूलाई असहज भएको थियो । बेहुला र बेहुलीका लागि गरगहना र कपडा एउटै थियो । झन्डै ६ दशक पण्डित भएका ७५ वर्षे कृष्णप्रसाद आचार्यले पहिलोपटक यस्तो विवाह गरेको बताए । 'सुनेकोमात्र थिएँ,' उनले भने, 'आफैंले देखें ।' उनले धार्मिक हिसाबले पनि यस्तो विवाह राम्रो हुने बताए ।
कान्तिपुर दैनिक बाट 

Comments :

1
Anonymous said...
on 

hi bro! this is really cool website...can you also help me to put menu...i also have website but it is really different then yours...so, please can you help me my site is www.kynepal.blogspot.com you can go & visit here....thanks..

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger