wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 9, 2011

देवयानी अब कोरियामा


नेपाली चलचित्र ‘देवयानी’ प्रिमियर सो दक्षिण कोरियाबाट गरिने भएको छ । नेपाली नयाँ वर्षको अवशर पारेर नेपाल योङ्ग स्टार ग्रुप र काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको सयूक्त आयोजनामा अप्रिल १० मा राजधानी सउलमा प्रिमियम शो गर्न लागिएको हो । निर्माता तथा निर्देशक विजय बस्नेतका अनुसार उनको यो महत्वाकाङ्क्षी चलचित्र हो । दुई वर्ष तिन महिना लगाएर पटकथा तयार पारिएको यस चलचित्रको विचार, प्रविधि र कलाका हिसाबले अन्तर्राष्ट्रिय स्तरको भन्न रहेको बस्नेतले बताए ।‘देवयानी’ नारीवाद, राष्ट्रियता र उदात्त प्रेमको त्रिवेणी रहेको यो चलचित्र पितृसत्तात्मक समाजमा हुर्किएकी नेपालकी आधुनिक युवतीका स्वप्नील आकाङ्क्षाहरुको कथा हो । यसले देशको माटो र आत्मसम्मानलाई गौरवका साथ प्रस्तुत गरेको छ । यस चलचित्रले व्यक्ति प्रेम जति महान् छ त्यसभन्दा पनि उदात्त र गहिरो प्रेमका रुपमा देश प्रेमलाई चिनाउने प्रयास गरेको छ । जहाँसुकै बस्ने नेपाली मन अन्ततः नेपाली हो र यस चलचित्रमा उसले परिवर्तन हुँदै गरेको नेपाली समाजको सुन्दर चित्र देख्न पाउने छ ।

चलचित्रमा निखिल उप्रेती, दिलिप रायमाझी, बिमला केसी, अनिल पाण्डे र तृप्ति नाडकरको अभिनय रहेको छ ।
कृष्णहरि बरालको गीत र लक्ष्मण शेषको सङ्गीत रहेको यस चलचित्रमा नृत्य निर्देशन वसन्त श्रेष्ठले गरेका छन् भने वरिष्ठ छायाँकार राजु थापाले यसको छायाङ्कन गरेका छन् । रोसन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको यस चलचित्रका कति दृश्यहरु त एनिमेसन समेत गरिएका छन् । नायिका विमला केसीको कथामा आधारित भएर पटकथा लेख्ने काम निर्देशक स्वयम्ले गरेका छन् ।

Comments :

0 comments to “देवयानी अब कोरियामा”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger