wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 10, 2011

संगठन बिस्तारको होडबाजीमा उद्योग बन्दको आन्दोलन

कुटाकुट हुँदै बिभाजनसम्म पुगेको माओवादी मजदुर संगठनका दुवै पक्षले आफ्नो पक्षलाई मजबुद बनाउन तलबबृद्धिको परम्परागत र लोकपि्रय नारा अघि सार्दै उद्योग बन्दसम्मको आन्दोलनमा उत्रिएका छन् ।
आ-आफ्नो संगठन विस्तारका लागि जे पनि गर्न तयार देखिएका दुवै पक्षले मजदुरलाई आफ्नो पक्षमा पार्न उद्योग नै बन्द गर्नेसम्मको प्रतिस्पर्धामा उत्रिएपछि लोडसेडिङकाबीच न्यून उत्पादन गरिरहेका उद्योग मर्कामा परेका छन् ।न्युनतम तलब १० हजार हुनुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको शालिकराम जमरकट्टेल नेतृत्वको अखिल नेपाल टे्रड युनियन महासंघले देशभरका उद्योग बन्द गर्ने चेतावनी दिइरहेको छ । महँगी भत्ता तथा तलब गरी १० हजार पारिश्रमिकको माग गर्दै मंगलबारबाट हेटौंडा क्षेत्रका उद्योग बन्द गरेको वद्री वजगाई नेतृत्वको अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासंघले बिहीबार आन्दोलन घोषणा गर्दैछ । पार्टीले दुबै समुहलाई विघटन गरि महाधिवेशन गर्न निर्देशन दिएपनि त्यसलाई अटेर गर्दै दुवै पक्ष संगठन विस्तारमा लागेका छन् ।
उद्योग वाणिज्य महासंघसँगको वार्तामा रहेको जम्मरकट्ट समुहले माग पुरा नभए देशभरको उद्योग ठप्प पार्ने चेतावनी दिएको छ । महासंघसँगको वार्ता सकारात्मक भएको भन्दै उसले बिहीबारबाट गर्ने भनिएको उद्योग बन्दको कार्यक्रम भने केही दिन नगर्ने संकेत दिएको छ । जम्मरकट्टल समुहका महासचिव गणेश रेग्मीले भन्नुभयो-’भोलीबाट गर्ने भनिएको विरोधका कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने विषयमा हामी छलफलमै छौं, भोली विहान निर्णय हुन्छ ।’ यसअघि जम्मरकट्ट समुहले बुधबारसम्ममा आफ्नो माग पुरा नभए बिहीबारबाट देशभरका उद्योगहरु बन्द गर्ने चेतावनी दिएको थियो । जम्मरकट्ट समुहले न्युनतम तलब १० हजार, सामाजिक सुरक्षा कोषमा मजदुरसँगै सरकार र उद्योगीहरुले पनि रकम राख्नु पर्ने दुई बुँदे माग अघि सारेको छ ।
पथभ्रष्टहरुको सस्तो लोकप्रियताः बजगाईं
मंगलबारबाट हैटौडा औद्योगिक क्षेत्रका उद्योगहरु बन्द गराएको वजगाईँ समुहले भने बिहीबार थप आन्दोलनको घोषणा गर्दैछ । ‘तलवबृद्धिको माग राख्दै हामी भोली संघर्षका कार्यक्रमहरु घोषणा गर्दैछौं’ आनलाइनखबरसँग कुरा गर्दै वजगाईले भन्नुभयो-’भरखरै नयाँ सरकार बनेकाले हामी चरणबद्ध आन्दोलनमा जान्छौं ।’ उद्योग बन्द गर्ने जम्मरकट्टेल समुहको चेतवनी सस्तो लोकपि्रयताका लागि भएको भन्दै उहाँले भन्नुभयो-’पथभ्रष्ट भएकाहरुले बढी क्रान्तिकारीता देखाउन सस्तो लोकप्रयिताकको बाटो रोजेका छन्, जुन हामीलाई जरुरत छैन ।’ पैसाको लोभमा फसेका कारण जम्मरकट्टेलको नेतृत्वमा यसअघि भएका सबै आन्दोलन असफल भएको भन्दै उहाँले अहिलेको उनीहरुको आन्दोलन पनि वार्गेनिङ कै लागि भएको दावी गर्नुभयो ।
दश हजार दिन सक्दैनौः उद्योगी
उद्योग व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य महासंघले मजदुरहरुको न्यूनतम पारिश्रमिक बृद्धि गर्न आफु तयार रहेको जनाएको छ । शालिकराम जम्मेरकट्टेल नेतृत्वको अखिल नेपाल टे्रड युनियन महासंघसँग बुधबार भएको वार्तामा महासंघले मुल्यवृद्धिको आधारमा न्यूनतम पारिश्रमिक बढाउन आफुहरु तयार रहेको बताएको हो । वार्तापछि अनलाइनखबरसँग कुरा गर्दै महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले भन्नुभयो-’ मुल्यवृद्धिको आधारमा मजदुरहरुको तलव बढ्नुपर्छ भन्नेमा हामी पनि छौं, उद्योग वन्द गराएर दबाबमा सम्झौता हुन सक्दैन । वार्तालगतै महासंघले विज्ञप्ती जारी गरी हाल बन्द गरिएका उद्योग प्रतिष्ठानहरु आजैका मितिबाट संचालनमा ल्याई चालु वार्तालाई सार्थक निष्कर्षमा पुर्‍याउन सम्बन्धित सबैमा आग्रह गरेको छ । मजदुर संगठनहरुले उद्योग प्रतिष्ठानहरुले धान्नै नसक्ने गरि झण्डै तीन गुणाले न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राखेको भन्दै महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Comments :

0 comments to “संगठन बिस्तारको होडबाजीमा उद्योग बन्दको आन्दोलन”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger