wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 30, 2011

बिश्वकै अग्लो हिमाल हेर्न नेपाल जानु ,बिश्वकै होचो मान्छे फेब्रुअरी २ मा तपाइँ हाम्रै सामु

हामि कति भाग्यमानि छौ भन्ने कुरा हामि नेपालि भएर मात्रै महसुस गर्न पाइरहेका छौ होला प्रकृतिले भरिपूर्ण हाम्रो देश अनेकौ बिबिधता ले पनि उत्तिकै सम्पन्न छ त्यसै माथि विभिन्न जातजाति भाषा भाषी रहन सहनले हाम्रो पहिचान बिदेशी मुलुकमा छुट्टै छ बिश्वकै अग्लो शिखर सगरमाथाको देश हाम्रो नेपाल बिश्वकै सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापामगर भएको देश हाम्रो नेपाल त्यसैले त हामि गौरवान्वित छौ आफुलाई नेपालि भनेर चिनाउन कहिले बिश्वकै नजर सबै भन्दा अग्लो शिखरको रुपमा नेपाल रह्यो भने कहिले बिश्वकै सबै भन्दा होचा व्यक्तिको रुपमा नेपाल रहयो तिनै हाम्रो नेपालि हरुका गौरबशाली चिज हरुलाई प्रचार प्रसारमा ल्याएर हाम्रो देश लाइ अझै उच्च शिखरमा पुर्याउनु हाम्रो जिम्मेवारी हो यहि जिम्मेवारीलाई अनुबोध गर्दै म्याग्दी समाज समिति दक्षिण कोरियाले यहि फेब्रुअरी २ तारिखमा गर्न लागेको म्याग्देली सांगीतिक सौगातमा बिश्वकै होचा व्यक्ति हामी नेपालिहरुलो गौरब खगेन्द्र थापामगर लाइ ल्याउने जमर्को गरेको हो यस कार्यक्रम बाट संकलित रकम म्याग्दी जिल्ला अस्पतालमा आकस्मिक कक्ष निर्माणमा खर्च गरिने छ

अहिले हाम्रो देश पर्यटन बर्ष २०११ मनाइरहेको छ यसको अर्थ देशभित्र रहेका नेपालि ले मात्र पर्यटन बर्ष मनाउनु भन्ने भने पक्कै पनि होइन यसमा सम्पूर्ण देश बिदेशमा रहेका नेपालि हरुले आफ्नो देशका पर्यटकीय महत्व बोकेका चिज हरुलाई प्रचार प्रसार मा ल्याएर बढी से बढी पर्यटक हरु नेपाल भित्र्याएर मुलुकको आर्थिक स्तर र  नेपालको सानलाइ विश्व सामु चिनाउनु हो यसै पर्यटन बर्षलाई मध्यनजर राख्दै हामिले बिश्वकै होचा व्यक्ति खगेन्द्र थापा मगरलाई म्याग्देली सास्कृतिक सौगातको प्रमुख आकर्षकको रुपमा लिएका छौ पक्कै पनि यहाहरुले हाम्रो भावनाको सम्मान गर्नु हुनेछ। एउटा उखान छ-काठको मानो ढुंगाको छानो,सोझामान्छे नपाए बागलुंग जानू।जसरी न्याय नपाए गोर्खा जानू भन्ने उखानले एकचोटि बजार पिटेको थियो उसरी नै काठको मानू ढुंगाको छानू सोझा मान्छे नपाए बागलुंग जानू भन्ने भनाईले पनि सेरोफेरोमा निकै धमाका मच्चाएकै हो।अहिले यसलाई बदल्नु पर्ने भएको छ:काठको मानो,ढुंगाको छानू,विश्वकै होचा मानिस कहिं नपाए बागलुंग जानू! पक्कै पनि हामीले हाम्रा देशका गौरब हरुलाई सहि सदुपयोग गर्न सक्यौ भने सधैभरी बिदेशी भूमिमा पसिनाका थोपाहरु चुहाउनु भने पक्कै पर्ने छैन. विश्व प्रशिद्द गिनिज बूक अफ वोर्ल्ड रिकर्डसमा संसारकै होचा मानिसको रुपमा आफ्नो नाम लेखाउन सफल खगेन्द्र थापा मगरको जन्म October 14, 1992[1]) नेपाली पन्चांग अनुसार उहां असोज १८ ,२०४९ मा सामन्ती शासनको बेला प्राचिन नेपालमा उक्त उखानको उद्भव थलो यही सोझा मानिसहरु पाईने जिल्लाको बागलुंगको धुल्लु बांसकोट गाविसमा भएको थियो
थियो।श्री थापा मगर रुपबहादुर थापा मगर र माया थापा मगरका सुपुत्र हुनुहुन्छ।उहांको उचाई जम्मा दुई फूट साढे दुई इन्च छ।उनी भन्दा अगिका विश्वका सबभन्दा होचा किशोर  एडवार्ड निनो हर्नान्डेज थिए।यिनै व्यक्तित्व फरवरी १ मा हामीकहां कोरियामा आउंदै हुनुहुन्छ।म्याग्देली समाजले आयोजना गरेको सांस्क्रितिक कार्यक्रममा भाग लिन आउने विश्वकै होचा  यी व्यक्ति धाराप्रवाह बोल्दै चुट्का भन्न नि खप्पिस छन्, यिनी यसरि पनि नाच्न सक्छन यो लिंक मा क्लिक गरेर हेर्न पनि सक्नुहुनेछ
सो म्याग्देली सास्कृतिक सौगातमा खगेन्द्र थापा मगर सहित हास्य कलाकार दिपा श्री निरौला बाट उदघोषण तथा हास्य कला प्रस्तुत साथै नायिका ताथा नृत्यकार गरिमा पन्त बाट नृत्य आधुनिक तथा पप गायक शिब परियार तथा अन्जना गुरुङ्ग लोक दोहोरि गायिका कृष्ण परियार को बेजोड प्रस्तुती रहनेछ
मितिः२०११ फेब्रुअरी ३ तारिख बिहिबार
समयः दिनको १२ बजे
स्थानः फाल फालजेयु ख्वान लाइफ लङ एजुकेशन सेन्टर
जाने तरिका लाइन नम्बर को बालसन स्टेसन, गेट नम्बर
 बस यङदम्पो स्टेशन अगाडीबाट किम्पो तर्फ जाने बसहरु  ६० - ३ , ,६० , ६३१ नम्बर लगाएतका बसहरु मा  चढेर  बालसन स्टेस्शन मा  उत्रने

Comments :

0 comments to “बिश्वकै अग्लो हिमाल हेर्न नेपाल जानु ,बिश्वकै होचो मान्छे फेब्रुअरी २ मा तपाइँ हाम्रै सामु”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger