wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 12, 2011

म्याग्दी लगायत धौलागिरीमा भुकम्प धक्का

जापानको मियागो शहरमा हिजो ८..९ रेक्टरस्केलको भूकम्प जाँदा सयौंले ज्यान र हजारौं बेपत्ता भइरहेको अवस्थामा पहाडी जिल्ला म्याग्दीमा पनि भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार राति ११ बजे र शनिबार बिहान ५ बजेर ७ मिनेट र बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्काको महशुस गरिएको अर्थुङ्गेका ठाकुर आर्चायले बताए । भूकम्पको धक्का महशुस गरिएको भएपनि कुनैपनि क्षती भने हुन पाएको छैन् । यसैविच शुक्रबार राति १० बजेर ३३ मिनेट जाँदा गुल्मी, पर्वत र बाग्लुङ्गको सीमा क्षेत्रमा केन्द्र बिन्दु रहेको ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
त्यस्तै आज बिहान ५ बजेर ५१ मिनेट जाँदा काश्कीको हेम्जामा केन्द्र विन्दु रहेको ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पले सामान्य झड्का बाहेक केही क्षति पुर्याएको छैन । हिमालय श्रृँखला भूकम्पको जोखिममा परेपनि जापानको भूकम्पका कारण नेपालमा ठूलो भूकम्प आउने सम्भावना भने नरहेको भर्ूगर्भविदहरुले बताएका छन् । नेपाल भूकम्पीय जोखिममा पर्ने भएकाले सजकता अपनाउनुपर्ने विज्ञहरुको सुझाब छ । नेपाल भूकम्पीय जोखिमको हिसाबले संसारको ११ औं स्थानमा पर्छ । नेपालमा हरेक ७५ देखि १ सय वर्षो बीचमा ठूला भूकम्प आउने गरेको छ । भूकम्पका दृष्टिले काठमाण्डू संसारकै पहिलो जोखिमयुक्त शहर हो । शनिबार विहान ५ बजेर ५४ मिनेट जाँदा पर्वत, बागलुङ र म्याग्दीमा भुकम्पको धक्काको महसुस भएको थियो। जापानको मियागो शहरमा शुक्रबार ८..९ रेक्टरस्केलको भूकम्प गएको भोलिपल्ट यहाँ करिब पाँच, छ सेकेण्ड भुकम्पले कम्पन सृजना भएको हो। 

Comments :

0 comments to “म्याग्दी लगायत धौलागिरीमा भुकम्प धक्का”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger