wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 18, 2011

म्याग्दी जिल्लामा कर कार्यालय नहुँदा समस्या

जिल्लामा कर कार्यालय नहुँदा सानोतिनो व्यवसाय गर्ने व्यवसायीले पनि कर तिर्नका लागि हजारौं रकम खर्चिनुपर्दा समस्या सृजना भएकोले जिल्लामै कर कार्यालय स्थापना गरिनुपर्ने म्याग्दीका व्यवसायीहरूले माग गरेका छन् ।बार्षिक  एकदुइ लाख रुपैयाँको कारोबार गर्ने व्यवसायीहरू समेत हरेक वर्षकर चुक्ता गर्नका लागि आन्तरिक राजस्व कार्यालय पोखरा जानुपर्ने र समयमा काम नहुँदा हप्तादिन सम्म बस्नुपर्दा हजारौं रुपैयाँ खर्च लाग्ने भएकोले व्यवसायीको समस्यालाई ध्यानमा राखी हरेक जिल्लामा कर कार्यालय स्थापना हुनुपर्ने माग समेत म्याग्दीका व्यवसायीहरूले राखेका छन् ।सरकारले घोषणा गरेको कर कार्यान्वयन अभियानवर्ष२०६७ का अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले बिहिबार बेनीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै म्याग्दीका व्यवसायीहरूले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै स्थानीय व्यवसायी तमबहादुर थापाले जिल्लामा कर कार्यालय नहुँदा स्थाइ लेखा नंवर दर्ता गरेर वाषिर्क करोडौंको कारोबार गर्ने व्यवसायी र एकदर्ुइ लाख रुपैयाँको मात्रै कारोबार गर्ने व्यवसायीले एकै परिमाणमा राजस्व तिर्नेगरेका उदाहरण प्रसस्तै रहेको बताउँदै व्यवसाय अनुसारको कर लिनका लागि जिल्लाजिल्लामा कर कार्यालय सञ्चालन हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै व्यवसायी सुवासकुमार श्रेष्ठले जिल्लामा कर कार्यालय भएमा हरेक व्यवसायी तथा घरधनीले समयमै कर तिर्नेखालको वातावरण सृजना हुने र त्यसबाट नै मुलुक समृद्ध हुनेभएकोले राज्यले त्यसतर्फध्यान दिनुपर्ने बताए ।अन्तरकृयामा बोल्दै स्थानीय बेलबहादुर कटुवाल, कृष्ण केसी,हरिकृष्ण श्रेष्ठ लगायतका बक्ताहरूले राज्यले समुदायमा स्थापना भएका सहकारीहरूलाई आयकर नलिने घोषणा गरेको भएपनि हरेक सहकारीहरू कर तिर्न बाध्य भइरहेको बताएका थिए ।कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत कृष्ण बस्नेतले जिल्लाका करदातालाई रहजरुपबाट करको दायरामा ल्याउनका लागि समयसमयमा डोरटोली जिल्लामा आउनेगरेको स्मरण गर्दै धौलागिरिका चार जिल्लाका लागि छिट्टै नै बाग्लुङमा कर कार्यालय स्थापना हुन लागेको जानकारी दिए ।
हामिले तिरेको कर हाम्रै विकासका लागि, आधुनिक र समृद्ध नेपाल निर्माणका लागि भन्ने नाराका साथ मनाउन लागिएको कर कार्यान्वयन वर्षा विगतका वर्षरूमा भन्दा अधिक कर असुल गर्ने लक्ष रहेको आन्तरिक राजस्व कार्यालय पोखराले जनाएको छ ।


Comments :

0 comments to “म्याग्दी जिल्लामा कर कार्यालय नहुँदा समस्या”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger