wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 4, 2010

प्रेम लिला गर्ने उपयुक्त ठाउको खोजीमा हुनुहुन्छ भने तल पढ़नुहोला

एक नयाँ अनुसन्धानका अनुसार अफिस प्रेमलिलाका लागी सबभन्दा उपयुक्त ठाँउ मानिएको छ । त्यसैले भन्ने तथा गर्ने गर्छन, आज भोली प्रेमलिलाको उपयुक्त ठाँउ नै अफिस हो । अष्ट्रेलियामा गरिएको एक अनुसन्धानमा अफिसका कर्मचारीहरुले आफ्नै सहकर्मीहरुसंग प्रेमलिला गर्न सजिलो तथा मन पराउने गरेको पाईयो ।यो तथ्य न्युजिल्याण्डमा पनि लागु भएको थियो । उक्त अनुसन्धानका अनुसार यस्तो हुनुको मुख्य कारण अफिसमा लामो समयसम्म एक अर्का संग सामिप्य हुने हुँदा एक अर्कालाई सहज रुपमा चिन्ने वातावरण मिल्ने भएको तथा एक अर्कासंग हरेक प्रकारका कुराहरु आदान प्रदान वा साटासाट हुने भएकाले सहकर्मी बीच प्रेमलिला हुने सम्भावना बढी भएको देखिन्छ।

 यसरी यस्तो सम्बन्धले एक अर्काका सहारा र सहयोगी बन्न पनि सफल भएको देखिन्छ । यस्तो सम्बन्ध कति टिक्ने भन्ने सवालमा करिब १००० कर्मचारीमा गरिएको त्यस अनुसन्धानमा ३५ प्रतिशत कर्मचारीहरुले अफिसमा गरिएको अफिस प्रेमलिलाबाट बनेको सम्बन्ध क्षणिक प्रेम वा भावनाको सम्बन्ध भनेर संज्ञा दिए भने २१ प्रतिशत कर्मचारीहरुले यसलाई पुरा जीवन बिताउने गरि हुने सम्बन्धको संज्ञा दिए । जम्मा ५ प्रतिशत कर्मचारीहरुले मात्र केवल यस्तो अफिसमा भएको प्रेमलिलाबाट विहे हुने गरेको पाइयो। ६ प्रतिशतले अफिसमा गरिएको यस्तो अफिस प्रेमलिला अफिसमै पक्रिने सम्भावना हुने र यस्तो प्रकारको सम्बन्ध खतरनाक हुनसक्ने बताइएको छ ।
यदि तपाई पहिले नै विवाह बन्धनमा बाँधिनु भएको छ भने तपाईको यस्तो अफिस प्रेमलिलामा समस्याहरु पनि हुनसक्छ । किन भने यसबाट तपाईको घरमा अनेक किसिमका घरायसी झमेलाहरु वा समस्याहरु उत्पन्न हुनसक्छन् । त्यसैले यदि तपाई विवाहित हुनुहुन्छ भने अफिसमा तपाईको अफिस प्रेमलिला खतरनाक हुने हुदाँ तपाईले यस तर्फ निकै होस पुर्याउन आवश्यक छ  अनलाइन बाट  

Comments :

0 comments to “प्रेम लिला गर्ने उपयुक्त ठाउको खोजीमा हुनुहुन्छ भने तल पढ़नुहोला”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger