wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

February 4, 2010

डोजरले च्यापीएर एक जनाको मृत्यु

म्याग्दी २० माघ जिल्लाको कुहुँ गाबिस स्थीत सडक निर्माणको क्रममा डोजरले च्यापीएर एक जनाको मृत्यु भएको छ।

कुहु गाबिसको कुहुँ देखि तुषारेपानी जोड्ने सडक निर्माणको क्रममा च्यापीएर कुहु ६ का ४५ बषिर्य ओमप्रकास रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ । कुहु तुषारेपानी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका रोका डोजर फर्काउने समयमा डोजरले सडकको भित्तामा च्यापेको र उपचारको लागी स्थानीय स्वास्थ्य संस्थामा लाँदै गर्दा मृत्यु भएको कुहुका गोपाल के.सी.ले बताएका छन् । केसीका अनुसार डोजरमा उक्लन लागेको बखत डोजर एक्कासी फर्काउदा च्यापीएर र्घाईते भएका रोका उपचारको लागी लाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

रघुगंगा कन्स्ट्रक्सनको डोजरले सडक निर्माण कार्य गरीरहेको र सोही डोजरले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ । सडक निर्माण सम्पन्न भै आजै उद्घाटन गर्ने कार्यक्रम समेत रहेको बर्ताइएको छ
अनलाइन बाट  

Comments :

0 comments to “डोजरले च्यापीएर एक जनाको मृत्यु”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger