wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 24, 2010

हेर्नूस त नेपाली पासपोर्टको को बिजोग

विदेश भ्रमणका लागि नेपाली नागरिकहरुलाई जारी गरिने नेपालको पासपोर्ट भारतमा पांच हजार अमेरिकी डलरमा(तीन लाख ६८ हजार) बिक्री हुने गरेको तथ्य खुलेको छ। मलेसियामा पक्राउ परेका नेपाली पासपोर्टवाहक पांच आफगानी नागरिकबाट सो तथ्य खुलेको हो।


मलेसियाली सरकारको हिरासतमा रहेका अफगानी नागरिकहरुसँग सोधपुछका लागि गएका मलेशियामा रहेको नेपाली दुतावासका अधिकारीसँग उनीहरुले ’ भारतको नयाँदिल्लीमा विक्रम नाम गरेका ब्यक्तिसँग पाँच हजार अमेरिकी डलरमा नेपाली पासपोर्ट किनेको’ बयान दिएपछि नेपाली पासपोर्ट भारतमा बिक्री हुने गरेको खुलेको हो। नेपालमा रहेका एजेन्टले नेपालको ठेगाना उल्लेख गरेर उनीहरुको तस्विर टासेर पासपोर्ट भारत पठाउने गरेको र भारतमा रहेका एजेन्टले विदेशी नागरिकलाई नेपाली पासपोर्ट वेच्ने गरेको तथ्य समेत खुलेको छ।
प्रहरीले विदेशीको तस्विर राखेर नेपाली पासपोर्ट बनाईदिने परराष्ट्र मन्त्रालयका नायव सुब्बा बच्चुराम केसी पक्राउ परेपनि विक्रमको बारेमा भने कुनै जानकारी पाएको छैन। विक्रम नेपाली नागरिक हुन् या भारतीय त्यो भने खुल्न सकेको छैन।
पक्राउ परेका अफगानीहरुले विक्रमले कहिले म नेपाली हुं भन्ने त कहिले भारतीय हुं भन्ने गरेको बताएका छन्। प्रहरीले विक्रमका सहयोगी परराष्ट्र मन्त्रालयका नायवसुब्बा बच्चुराम केसीबाट पनि उनको बारेमा जानकारी पाउन सकेको छैन।
परराष्ट्र स्रोतका अनुसार मलेसियाको अध्यागमनले १५ जनवरी २०१० मा क्वालालाम्पुरमा रहेको नेपालको दुतावासमा आधिकारीकताको जांचका लागि पांच वटा पासपोर्ट पठाएपछि दुतावासवाट गएका नेपाली अधिकारीले पासपोर्टबाहकहरु नेपाली नागरिक नभएको पुष्टी गरेका थिए।
मलेशियाको अध्यागमन कार्यालयले दुतावासमा पठाएको पत्रमा
नेपाली पासपोर्टवाहक पांच जना शंकास्पद ब्यक्ति नेपाली जस्ता नदेखिएकाले पासपोर्ट र पासपोर्टवाहकको आधिकारीकता पुष्टी गर्न’ अनुरोध गर्दै पत्र पठाएको थियो।
अध्यागनको पत्र आए लगत्तै मलेसियाको अन्तराष्ट्रिय विमानस्थलको हिरासतमा रहेका उनीहरुसित सोधपुछको क्रममा उनीहरुले आफू अफगानी नागरिक रहेको स्वीकार गरेका थिए।
सोधपुछको क्रममा नविनकुमार श्रेष्ठको नामको पासपोर्टवाहक अफगानी मोहम्मद हसान अहमद रहेको खुलेको थियो। त्यस्तै राजेन्द्रकुमार लिम्बुको नामको पासपोर्ट बाहक मोहम्मद हनिफ, नविन सापकोटाको नामको पासपोर्टबाहक मोहम्मद जवाद, वीरबहादुर तामाङ्गको पासपोर्ट बाहक मोहम्मद करिम र राजकुमार लिम्बुको नामको पोसपोर्ट बोक्ने इन्यात अल्हा रहेको खुलेको थियो।
अफगानीको साथबाट बरामद भएको पासपोर्ट परराष्ट्र मन्त्रालयवाट डिसेम्बर ७ २००९ देखी १३ सम्मको मितिमा जारी भएको देखिएको थियो। परराष्ट्र मन्त्रालयस्रोतका अनुसार नेपाली राजदुत डा ऋषिराम अधिकारीले ‘सक्कल राहदानीहरु हेर्दा कुनै प्रकारको भौतिक छेडाछेड गरिएको नदेखिएकाले कसरी ती नेपाली राहदानी अफगानी नागरिकहरुले पाए भन्ने विषयमा मन्त्रालयबाट कार्वाही गर्नुपर्ने देखिएको’ प्रतिवेदन पठाएपछि मन्त्रालयले अनुसन्धान शुरु गरेको थियो।
अनुसन्धानको क्रममा पासपोर्ट शाखामा कार्यरत केसी शंकाको घेरामा परेपछि मन्त्रालयले गृहलाई पत्र पठाएपछि काठमाडौं परिसरको टोलिले बिहीबार केसीलाई मन्त्रालयबाटै पक्राउ गरेको थियो। पक्राउ परेलगत्तै केसीले नेपाली पासपोर्टमा नाम र ठेगाना लगायतका विवरण नेपाली राखेर अफगानीको तस्विर राखेर भारत पठाएको स्वीकार गरेका छन्। उनले प्रति पासपोर्ट कति रकम लिन्थे भन्ने खुलेको छैन।
विदेशीलाई नेपाली पासपोर्ट बिक्री गर्ने समूहमा केसी लगायत परराष्ट्रका अन्य कर्मचारी समेत संलग्न रहेको प्रहरीले आशंका गरेपनि अहिलेसम्म अन्य कर्मचारीको बारेमा प्रहरीले जानकारी पाएको छैन। केसीले प्रहरीलाई’परराष्ट्रका धेरै कर्मचारीले पासपोर्ट बेच्ने गरेको दावी गरेपनि उनले कर्मचारीको नाम भने बताउन नसकेको अनुशन्धानमा संलग्न एक प्रहरीले बताए।
काठमाडौं परिसरका प्रमुख गणेश केसी पासपोर्ट बिक्री गर्ने समूहका बारेमा अनुसन्धान भइरहेको बताउँछन्। हिरासतमा रहेका केसीले अभियोग स्वीकार गरेपनि अन्यको बारेमा जानकारी नदिएको केसीले बताए।
अष्ट्रेलिया हिँडेका थिए अफगानी
नेपाली पासपोर्ट बोकेर मलेशिया पुगेका पांच जना अफगानी नागरिक अष्ट्रेलिया जाने योजनामा रहेको तथ्य खुलेको छ। मलेसियामा रहेको नेपाली दुतावास पक्राउ परेका पांच जना अफगानीसंगविदेश भ्रमणका लागि नेपाली नागरिकहरुलाई जारी गरिने नेपालको पासपोर्ट भारतमा पांच हजार अमेरिकी डलरमा(तीन लाख ६८ हजार) बिक्री हुने गरेको तथ्य खुलेको छ। मलेसियामा पक्राउ परेका नेपाली पासपोर्टवाहक पांच आफगानी नागरिकबाट सो तथ्य खुलेको हो।



मलेसियाली सरकारको हिरासतमा रहेका अफगानी नागरिकहरुसँग सोधपुछका लागि गएका मलेशियामा रहेको नेपाली दुतावासका अधिकारीसँग उनीहरुले ’ भारतको नयाँदिल्लीमा विक्रम नाम गरेका ब्यक्तिसँग पाँच हजार अमेरिकी डलरमा नेपाली पासपोर्ट किनेको’ बयान दिएपछि नेपाली पासपोर्ट भारतमा बिक्री हुने गरेको खुलेको हो। नेपालमा रहेका एजेन्टले नेपालको ठेगाना उल्लेख गरेर उनीहरुको तस्विर टासेर पासपोर्ट भारत पठाउने गरेको र भारतमा रहेका एजेन्टले विदेशी नागरिकलाई नेपाली पासपोर्ट वेच्ने गरेको तथ्य समेत खुलेको छ।
प्रहरीले विदेशीको तस्विर राखेर नेपाली पासपोर्ट बनाईदिने परराष्ट्र मन्त्रालयका नायव सुब्बा बच्चुराम केसी पक्राउ परेपनि विक्रमको बारेमा भने कुनै जानकारी पाएको छैन। विक्रम नेपाली नागरिक हुन् या भारतीय त्यो भने खुल्न सकेको छैन।
पक्राउ परेका अफगानीहरुले विक्रमले कहिले म नेपाली हुं भन्ने त कहिले भारतीय हुं भन्ने गरेको बताएका छन्। प्रहरीले विक्रमका सहयोगी परराष्ट्र मन्त्रालयका नायवसुब्बा बच्चुराम केसीबाट पनि उनको बारेमा जानकारी पाउन सकेको छैन।
परराष्ट्र स्रोतका अनुसार मलेसियाको अध्यागमनले १५ जनवरी २०१० मा क्वालालाम्पुरमा रहेको नेपालको दुतावासमा आधिकारीकताको जांचका लागि पांच वटा पासपोर्ट पठाएपछि दुतावासवाट गएका नेपाली अधिकारीले पासपोर्टबाहकहरु नेपाली नागरिक नभएको पुष्टी गरेका थिए।
मलेशियाको अध्यागमन कार्यालयले दुतावासमा पठाएको पत्रमा
नेपाली पासपोर्टवाहक पांच जना शंकास्पद ब्यक्ति नेपाली जस्ता नदेखिएकाले पासपोर्ट र पासपोर्टवाहकको आधिकारीकता पुष्टी गर्न’ अनुरोध गर्दै पत्र पठाएको थियो।
अध्यागनको पत्र आए लगत्तै मलेसियाको अन्तराष्ट्रिय विमानस्थलको हिरासतमा रहेका उनीहरुसित सोधपुछको क्रममा उनीहरुले आफू अफगानी नागरिक रहेको स्वीकार गरेका थिए।
सोधपुछको क्रममा नविनकुमार श्रेष्ठको नामको पासपोर्टवाहक अफगानी मोहम्मद हसान अहमद रहेको खुलेको थियो। त्यस्तै राजेन्द्रकुमार लिम्बुको नामको पासपोर्ट बाहक मोहम्मद हनिफ, नविन सापकोटाको नामको पासपोर्टबाहक मोहम्मद जवाद, वीरबहादुर तामाङ्गको पासपोर्ट बाहक मोहम्मद करिम र राजकुमार लिम्बुको नामको पोसपोर्ट बोक्ने इन्यात अल्हा रहेको खुलेको थियो।
अफगानीको साथबाट बरामद भएको पासपोर्ट परराष्ट्र मन्त्रालयवाट डिसेम्बर ७ २००९ देखी १३ सम्मको मितिमा जारी भएको देखिएको थियो। परराष्ट्र मन्त्रालयस्रोतका अनुसार नेपाली राजदुत डा ऋषिराम अधिकारीले ‘सक्कल राहदानीहरु हेर्दा कुनै प्रकारको भौतिक छेडाछेड गरिएको नदेखिएकाले कसरी ती नेपाली राहदानी अफगानी नागरिकहरुले पाए भन्ने विषयमा मन्त्रालयबाट कार्वाही गर्नुपर्ने देखिएको’ प्रतिवेदन पठाएपछि मन्त्रालयले अनुसन्धान शुरु गरेको थियो।
अनुसन्धानको क्रममा पासपोर्ट शाखामा कार्यरत केसी शंकाको घेरामा परेपछि मन्त्रालयले गृहलाई पत्र पठाएपछि काठमाडौं परिसरको टोलिले बिहीबार केसीलाई मन्त्रालयबाटै पक्राउ गरेको थियो। पक्राउ परेलगत्तै केसीले नेपाली पासपोर्टमा नाम र ठेगाना लगायतका विवरण नेपाली राखेर अफगानीको तस्विर राखेर भारत पठाएको स्वीकार गरेका छन्। उनले प्रति पासपोर्ट कति रकम लिन्थे भन्ने खुलेको छैन।
विदेशीलाई नेपाली पासपोर्ट बिक्री गर्ने समूहमा केसी लगायत परराष्ट्रका अन्य कर्मचारी समेत संलग्न रहेको प्रहरीले आशंका गरेपनि अहिलेसम्म अन्य कर्मचारीको बारेमा प्रहरीले जानकारी पाएको छैन। केसीले प्रहरीलाई’परराष्ट्रका धेरै कर्मचारीले पासपोर्ट बेच्ने गरेको दावी गरेपनि उनले कर्मचारीको नाम भने बताउन नसकेको अनुशन्धानमा संलग्न एक प्रहरीले बताए।
काठमाडौं परिसरका प्रमुख गणेश केसी पासपोर्ट बिक्री गर्ने समूहका बारेमा अनुसन्धान भइरहेको बताउँछन्। हिरासतमा रहेका केसीले अभियोग स्वीकार गरेपनि अन्यको बारेमा जानकारी नदिएको केसीले बताए।
अष्ट्रेलिया हिँडेका थिए अफगानी
नेपाली पासपोर्ट बोकेर मलेशिया पुगेका पांच जना अफगानी नागरिक अष्ट्रेलिया जाने योजनामा रहेको तथ्य खुलेको छ। मलेसियामा रहेको नेपाली दुतावास पक्राउ परेका पांच जना अफगानीसंग सोधपुछका क्रममा उनीहरुले’ आफगानीस्तानको पासपोर्टवाट विदेश जान समस्या पर्ने भएकाले नेपाली पासपोर्ट लिएर अष्ट्रेलिया जान हिँडेको’ बयान दिएका छन।
नेपाली अधिकारीसंग पक्राउ परेका अफगानी नागरिकहरुले अफगानिस्तानवाट भारतको नयांदिल्लीसम्म अफगानी पासपोर्टमा यात्रा गरेको र चेन्नेईवाट मलेसिया गएको जानकारी दिएका थिए। सोधपुछको क्रममा उनीहरु पर्यटक भिसामा मलेसिया पुगेका थिए। ३ जनवरीमा मलेसिया पुगेपछि उनीहरुले मलेशियामा रहेको इन्डोनेशियामा रहेको इन्डोनेशियन दुतावासमा इन्डोनेशिया जान ११ जनवरी मा भिसा लिएका थिए।

उनीहरु १३ जनवरीमा इन्डोनेशियाका लागि उडेकोमा इन्डोनेसियाका पोलानिया विमानस्थलवाट भिसा अस्वीकृत भएपछि उनीहरु मलेसिया फर्किएका थिए। मलेसिया फर्किएलगत्तै मलेसियाको अध्यागनले उनीहरुलाई पक्राउ गरी मलेसियामा रहेको नेपाली दुतावासलाई उनीहरुको बारेमा जानकारी माग गरेपछि पक्राउ पांचै जना अफगानी नागरिक रहेको खुलेको थियो। सोधपुछका क्रममा उनीहरुले’ आफगानीस्तानको पासपोर्टवाट विदेश जान समस्या पर्ने भएकाले नेपाली पासपोर्ट लिएर अष्ट्रेलिया जान हिँडेको’ बयान दिएका छन।


नेपाली अधिकारीसंग पक्राउ परेका अफगानी नागरिकहरुले अफगानिस्तानवाट भारतको नयांदिल्लीसम्म अफगानी पासपोर्टमा यात्रा गरेको र चेन्नेईवाट मलेसिया गएको जानकारी दिएका थिए। सोधपुछको क्रममा उनीहरु पर्यटक भिसामा मलेसिया पुगेका थिए। ३ जनवरीमा मलेसिया पुगेपछि उनीहरुले मलेशियामा रहेको इन्डोनेशियामा रहेको इन्डोनेशियन दुतावासमा इन्डोनेशिया जान ११ जनवरी मा भिसा लिएका थिए।
उनीहरु १३ जनवरीमा इन्डोनेशियाका लागि उडेकोमा इन्डोनेसियाका पोलानिया विमानस्थलवाट भिसा अस्वीकृत भएपछि उनीहरु मलेसिया फर्किएका थिए। मलेसिया फर्किएलगत्तै मलेसियाको अध्यागनले उनीहरुलाई पक्राउ गरी मलेसियामा रहेको नेपाली दुतावासलाई उनीहरुको बारेमा जानकारी माग गरेपछि पक्राउ पांचै जना अफगानी नागरिक रहेको खुलेको थियो।
( अनलाइन बाट )

Comments :

0 comments to “हेर्नूस त नेपाली पासपोर्टको को बिजोग”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger