wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

February 3, 2010

कांग्रेसको अबको कार्यभार ( गगन थापाको बिचार)


नेपाली कांग्रेसको संसदीय दलको पछिल्लो बैठकमा मैले केही विषय उठाएको थिएँ । आफूले उठान गरेको विषय कसैले वास्ता नगर्नुभन्दा प्रशस्त प्रतिक्रियाहरू व्यक्त हुनु सन्तोषको कुरा हो । कांग्रेसको दोस्रो पुस्ताका धेरै नेताहरूले भने यो विषयलाई प्रचण्डको पछिल्लो प्रस्ताव र सुजाताको गनगनबाट अलग्ग राखेर हेर्न सकेनन् । २००७ सालको क्रान्तिको केही समयपश्चात बीपी कोइरालाले आफ्ना साथीहरूलाई पत्र लेखेर गुनासो गर्दै भन्नुभएको थियो- 'हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय र पार्टीका समस्याको हल खोज्दछौं । तसर्थ हाम्रा धेरैजसो निर्णयहरू आफ्ना व्यक्तिगत चाहना, रुचि वा अरुचिका छायामात्र हुन जान्छन् ।' सायद त्यो गुनासोको सान्दर्भिकता अहिले पनि छँदैछ । 

जनआन्दोलनको सफलतापश्चात् कांग्रेसलाई लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा प्रष्ट निर्णय गरेर अघि बढ्न हामीले दिएको सुझाव र दबाब अहिले जस्तै नेतृत्वका लागि अरुचिको विषय थियो । परिणाम, निर्वाचनको मोर्चामा हामी रक्षात्मक स्थितिमा धकेलियौं । संविधानसभाको निर्वाचनपश्चात् संघीय नेपालको स्वरूपका सन्दर्भमा पार्टीमा बहसका निम्ति सुविचारित खाका प्रस्तुत गर्दा पार्टी नेतृत्वले हाम्रो पुस्तकको पाना पल्टाउने रुचिसमेत देखाएन । परिणाम, आज संविधानसभामा माओवादीले प्रस्तुत गरेर एमालेले ल्याप्चे लगाएको जातीय प्रदेशहरूको खण्डन गर्दै र अनि अब सडकमा माओवादीका अबैध सन्तानहरूले मच्चाउन खोजिरहेको रडाकोको सामना गदर्ैै बस्नुपर्ने भएको छ, त्यो पनि रक्षात्मक स्थितिमै रहेर । यी त केही उदाहरण मात्र हुन् । परीक्षाको प्रश्नपत्र माओवादीलाई बनाउन दिइरहने हो भने हामीले उत्तीणर्ांक कहिल्यै प्राप्त गर्न सक्दैनौं । इतिहासमा कांग्रेसले नै यो मुलुकको राजनीतिको प्रश्नपत्र बनाएको स्मरण गराउँदै, त्यस्तै भूमिका निर्वाह गर्ने सामथ्र्य हामीसँग छ भन्ने आत्मविश्वासको खोजी नै संसदीय दलको बैठकमा मैले उठाएको विषय हो । 

शान्ति प्रक्रिया र संविधान निर्माण वर्तमान अवस्थामा मुख्य राजनीतिक कार्यभार हुन् । माओवादीको दाबी छ, यी दुवै विषयमा उ आफू इमान्दार छ, बाँकी सबै बेइमान । तर सत्य यही हो, माओवादीको मूल नेतृत्वलाई शान्ति प्रक्रिया र संविधान निर्माणसँग कुनै लिनुदिनु छैन । झगडिया बिरालोहरूको कुराउनी बाँडफाँडमा चतुर बाँदरले सबै कुराउनी हात पारेजस्तो, पार्टीभित्र झगडा लगाएर रजाइँ गर्न खप्पीस पुष्पकमल दाहालको अब एउटै एजेन्डा छ सरकार अनि सत्ता र सर्त हो प्रधानमन्त्रीको ताज उनकै शिरमा हुनुपर्छ । एउटा दलको रूपमा एमालेको नियतमा शंका व्यक्त गर्नु उचित नहोला । तर संसदीय दल, पोलिटब्युरो र केन्द्रीय समितिको तानातानमा एमालेले आफ्नो पहिचान र प्रभाव गुमाउन पुगेको छ । जातीय राज्यको माओवादी प्रस्तावमा ल्याप्चे लगाउँछ, संसदीय व्यवस्थाको निरन्तरताको कांग्रेसको प्रस्तावमा हस्ताक्षर गर्छ । दलको एक नेता प्रमको हैसियतमा लडाकु समायोजन/ व्यवस्थापनका खाका प्रस्तुत गर्छन् । अर्को नेता रक्षामन्त्रीको हैसियतमा त्यस्त्ाो खाका अस्वीकृत हुने घोषणा गर्छिन् । योभन्दा अपि्रय लाग्छ, तर सत्य यही हो यसरी छताछुल्ल भएको एमालेले, माओवादी प्रमुखको सत्तारोहणको महत्त्वाकांक्षाको प्रहारबाट शान्ति प्रक्रिया र संविधान निर्माणको गाडीलाई जोगाउन सक्दैन । 

हो, हामीले गरेको प्रश्न यहानेर, यही सन्दर्भमा हो । यस्तो अवस्थामा कांग्रेसको भूमिका के हुने ? जेठ १५ गते पछि माओवादीले के गर्ला वा माओवादीको डर देखाएर दाहिने कुनामा जम्मा हुँदै गरेकाले के गर्लान भनेर प्रतीक्षा गरेर बस्ने ? शान्ति प्रक्रिया जोगियोस भनेर भाकल गरेर बस्ने वा समयमै संविधान बनोस् भनेर प्रार्थना गर्दै लाख बत्ती बाल्ने ? कि अठोटका साथ राजनीतिक गत्यावरोध अन्त्य गर्न आवश्यक नेतृत्व दिने ? हामीले बुझ्न आवश्यक छ, शान्ति प्रक्रिया अवरुद्ध हुनु भनेको फेरि युद्धमा र्फकनु हो, कारण जेसुकै होला, माओवादीको दुस्साहस वा हठधर्मिता, यसलाई रोक्ने नाममा हुने दक्षिणपन्थी कसरत वा अस्थिरतालाई व्यवस्थित गर्ने नाममा हुने छिमेकीको दादागिरी, अब नेपालले महँगो युद्धको मूल्य चुक्ता गर्न सक्दैन । के नेकाले यो मुलुकलाई यस्तो भयानक दुर्घटनाबाट जोगाउन आवश्यक अग्रसरता लिन सक्छ ? के, यो दलका सदस्यको हैसियतबाट, मेरो दलले इतिहासले सुम्पिएको यस्तो दायित्व निर्वाह गर्नुपर्छ भन्ने आग्रह गर्नु नाजायज हुन्छ ? 

चौबाटोमा अलमलिएको संविधान र शान्तिको गाडीलाई अगाडि बढाउँदै गन्तव्यमा पुर्‍याउन एउटा सार्थक हस्तक्षेपको आवश्यकताको चर्चा गर्दै केही हप्ता अगाडि यसका निम्ति गर्नुपर्ने पूरक समझदारीका कार्यसूची बहसमा ल्याएको थिएँ । जसमा ६ वटा विषयहरू प्रस्तावित थियो १) लडाकु समायोजन/व्यवस्थापनसम्बन्धी स्पष्ट खाका र समयतालिका -२) द्वन्द्व पीडित, विस्थापितको पुनःस्थापना र क्षतिपूर्तिको निम्ति आवश्यक कार्यविधि, संयन्त्र र समय तालिका -३) शान्ति सम्झौतामा उल्लेखित आयोगहरूको गठन -४) गैरराज्य संगठनले राज्यको एकाधिकार रहेको विषय र क्षेत्रमा गरेको हस्तक्षेपलाई प्रतिबन्धित गर्दै र क्रान्तिकारी बैधताका नामले माओवादले गरिरहेको बल प्रयोगको दादागिरीलाई निषेध गर्दै कानुनको सर्वोच्चता स्थापित गर्ने -५) लोकतन्त्रको सर्वव्यापीमान्यताको आधारमा संविधान निर्माणमा देखिएका फरक मतहरूको निरूपण गर्दै साझा दृष्टिकोण निर्माण गर्ने -६) संवैधानिक राष्ट्रपति र कार्यकारी प्रमको बीचमा तर प्रमको स्वविवेक र राजनीतिक सहमतिको अनिवार्यताको सीमा किटान गर्न संविधान संशोधन । यी विषयहरूको कार्यान्वयन गर्दै शान्ति र संविधानको गाडीलाई गन्तव्यमा पुर्‍याउन सत्ता साझेदारीको सरकार गठन गर्ने । -हेर्नुस् ः कान्तिपुर, मंसिर २४, २०६६) । मैले ठाने दिनमा दुई पटक वर्तमान सरकारलाई हाम्रो समर्थन छ भनेर वक्तव्य निकाल्नुभन्दा कांग्रेसले यो कार्यसूचीअनुसार शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंग्याउने अग्रसरता लिनु अहिलेको आवश्यकता हो । त्यसैले मैले भने, अहिले हामीलाई निरीह कांग्रेस होइन सबल र हस्तक्षेपकारी कांग्रेस चाहिएको छ अनि जनतालाई भाग्ने होइन, अघि बढ्ने कांग्रेस चाहिएको छ, परिवर्तनबाट प्राप्त प्रतिफललाई जोगाउँदै आफैं परिवर्तित हुँदै मुलुक परिवर्तन गर्ने आँट र अगुवाइ भएको कांग्रेस चाहिएको छ । अब रक्षात्मक होइन, अग्रसरपूर्ण भूमिकाको खाँचो छ । यो शान्ति प्रक्रिया र संविधान निर्माणको गाडीलाई गन्तव्यमा पुर्‍याउन पछाडि सिटमा बसेर खाल्डाखुल्डीमा चच्का परेको गुनासो गर्ने यात्री होइन, जोखिम उठाउन सक्ने चालकको भूमिकामा कांग्रेसलाई खोजेको हो । हाम्रो पहलकदमीमा प्रारम्भ गरिएको यो शान्ति प्रक्रियालाई दाहिने र देब्रे कुनाबाट हुने अतिवादी प्रहारहरूबाट जोगाउँछौं, लोकतान्त्रिक मूल्य र मान्यतासहितको संविधान निर्माण गर्दै यो यात्रालाई हामी टुंग्याउँछौं । अनि मुलुकलाई यसरी नेतृत्व दिएको जस लिएर जनताको बीचमा जानेछौं र भन्ने छौं- जसरी जिम्मेवार कांग्रेसले यो अप्ठेरो बाटोबाट मुलुकलाई जोगाउँदै यहाँसम्म ल्याइपुर्‍यायो, अब जुझारू कांग्रेसले नया ँसंविधानले परिकल्पना गरेअनुरूप यो नेपाललाई सबैको नेपाल पनि बनाउनेछ र समृद्ध नेपाल पनि बनाउनेछ । के हामी यस्तो भन्ने अवस्थामा पुग्न सक्दैनौं ? 

विडम्बना, नेपाली कांग्रेसको पुनर्जागरणको मेरो प्रस्तावलाई थाकेका मेरा नेताहरूले सरकार परिवर्तनको साँघुरो दायराभन्दा बाहिर गएर हेर्न सक्नु भएन । त्यसैले त तुरुन्त अर्को एउटा वक्तव्य निस्किहाल्यो यो सरकार ढल्दैन । शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंग्याउन अब नेकाले अग्रसरता लिनुपर्छ आवश्यकता पर्छ भने सक्ता साझेदारीको राष्ट्रिय सरकारको नेतृत्व गर्नसमेत तयार हुनुपर्छ भन्ने मेरो अभिव्यक्तिका सन्दर्भमा नेताहरूको दुईथरी प्रतिक्रिया सुनियो । 

पहिलो, पुष्पकमल दाहालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई प्रमको प्रस्ताव गरेको र तिनै दाहालले कांग्रेस नेता देउवालाई समेत प्रमको प्रस्ताव गरेको स्मरण गराउँदै यस्तो प्रस्तावले माओवादीलाई बल पुर्‍याउने बारेमा मलाई सम्झाउने काम भयो । मैले भनें दाहालजीका बारेमा मलाई कुनै भ्रम छैन । आफ्नो घर झगडाको फाइदा लिन नचुक्नु, जनतामा उत्तेजना फैलाउनु आफ्नो अनुकूलताअनुसार विषयलाई छानेर त्यही विषय नै राष्ट्रिय प्राथमिकताको विषय हो भन्ने भ्रम छरिरहनु, प्रतिपक्षको कित्तामा विभाजन ल्याउँदै त्यसमा खोलिरहनु । यी हुन् क. दाहालका चार विशेषता । तर आफ्नो विशेषताअनुरूप लालिपप झैं प्रमको प्रस्ताव बाँड्दै हिँड्ने चतुर दाहाललाई आफ्नो नाम लिँदा मख्ख पर्ने हाम्रो नेताले चाहिँ तपाईं होइन डा. भट्टराईका बारेमा वा कसैले तपाईं होइन रामबहादुर थापाका बारेमा चाहिँ हामी सोच्न सक्छौं भनेर किन नपठाएको ? के अर्काको दलमा खेल्ने कामचाहिँ क. दाहालले ठेक्का पाएका हुन् ? हाम्रो काम उसको उत्तर दिने र खेल मैदान बन्ने मात्रै हो ? रेप|mी र खेलाडी दुवै जिम्मा माओवादीको पोल्टामा दिइएको हो भने मेरो भन्नु केही छैन । हिनताबोधले ग्रस्त हामी उतिर फर्केर प्रश्न गर्न सक्दैनौं । यो हिनग्रन्थी पालेर राखेसम्म खेल्छ, माओवादी किन आजसम्म उसँग कसैले खेलेको छैन । दोस्रो, माधव नेपालको नेतृत्वमा सरकार गठन हुँदै गर्दा, आफ्नै नेतृत्वमा कांग्रेस सरकारमा जाने लोभका साथ निर्णय पुस्तिका कोइरालालाई बुझाउने नेताहरू पितापुत्री गठबन्धनबाट यसरी तर्सिएका रहेछन् कि प्रतिक्रियामा मलाई भनियो यसले त गिरिजाप्रसादलाई प्रम बनाउने वा सुजातालाई नेतृत्व सुम्पने उनको मनसुवालाई बल पुर्‍याउँछ । मलाई टिठ लाग्यो मेरो नेताहरू माथि । केही समय अगाडि, अब महारजगन्जमा हाम्रो नेता गिरिजाप्रसाद होइन, सुजाताको बुबा बस्नु हुन्छ भनेर मैले लेखेको स्मरण गराउँदै मैले भने, आफू संसदीय दल र केन्द्रीय समितिमा बसेर पनि तपाईंहरूसँग गिरिजाबाबुको अगाडि उभिएर यसो भन्ने हिम्मत छैन- 'उमेर र अवस्थाका कारण मात्र होइन, आवश्यकताका आधारमा पनि अब कांग्रेसको नेतृत्व तपाईंले गर्ने होइन । तपाईंको आवश्यकता हामीलाई अभिभावकको रूपमा छ । संयन्त्रमा रहेर त्यही भूमिका निर्वाह गर्नुहोस्' अनि छोरीको प्रस्ताव गर्ने बुबालाई भनिदिनुस् - 'कांग्रेस कुनै परिवारको निजी कम्पनी होइन, जसमा बाबुको उत्तराधिकारी स्वतः छोरा/छोरी हुन्छ चाहे त्यो जति अयोग्य नै किन नहोस् । उपमन्त्री बन्ने हैसियत र समाथ्र्य नभएकालाई उपप्रधानमन्त्री बनाउँदा हाम्रो पार्टीले भोग्नु परेको क्षतिको पूर्ति गर्न हामीलाई वर्षौ लाग्नेछ ।  विवेकी मानिसले गल्ती दोहार्‍याउँदैन ।' यो कस्तो त्रास । सबैलाई थाहा छ, प्रमलाई घुर्काएर केही लेनदेन मिलाउन खप्पिस उपप्रधानमन्त्री, केही थप लिन सरकार परिवर्तनको कुरा उठाइरहनुभएको छ । हामी यो मुलुकको भविष्यका निम्ति हाम्रो दलले निर्वाह गर्नुपर्ने भूमिकाको विषय उठाइरहेका छौं । तर त्रसित हाम्रा नेताहरू यि विषयहरूको भेद छुट्टयाउन सक्नुहुन्न । किनकि आफू स्वतन्त्र ढंगले सोच्न नसक्नेहरू अरू कसैले स्वतन्त्र ढंगले सोच्न सक्छन् भन्ने विश्वास गर्न सक्दैनन् । 

मेरो प्रस्तावको आशय सरकारको नेतृत्व फेरेर टाउकोमा अर्को कांग्रेस राख्नुनै सम्पूर्ण समाधान हो भन्ने होइन तर सिन्को नभाँचे पनि यही सरकार कै निरन्तरता नै एक मात्र कार्यभार हो भन्ठान्नु त झन् समाधान नभएर समस्या नै हो । त्यसैले प्रस्तावको आशय त मुलुकलाई दुर्घटनाबाट जोगाउन कांग्रेस जिम्मेवार र जुझारु बनोस् भन्ने हो । यसका निम्ति जस्तोसुकै जोखिम उठाउन पनि तयार होस् भन्ने हो । यो प्रस्तावको प्रतिक्रियामा मलाई नेताहरूले हामी यही सरकारको निरन्तरतामा पनि कांग्रेसलाई जिम्मेवार र जुझारु बनाउँदै अहिलेको हाम्रो उत्तरदायित्व यसरी निर्वाह गर्छौं भनेर आश्वस्त पारिदिएको भए शायद म ढुक्कसँग सुत्थें होला । तर विडम्बना हिनताबोधबाट जन्मिएका दुईथरी त्रासमा आधारित नेताहरूको प्रतिक्रियाले निद्रा अझैं खल्बलिएको छ । 

मेरा केही साथीहरू भन्ने गर्दछन्- कांग्रेसले सधैं सरकारको गठन वा विघटनका निम्त मात्रै  निर्णायक बन्छ । हामी उनलाई उत्तर दिन चाहन्छौं- हेर, कांग्रस शान्ति र संविधान निर्माणका निम्ति निर्णायक बन्यो । केही साथीहरू भन्ने गर्छन् - कांग्रेस सधैं क्रान्तिको सफल नेतृत्व गर्छ तर यसको उपलब्धि कहिल्यै जोगाउन सक्दैन । हामी योपटक भन्न चाहन्छौं - हेर कसरी गर्‍यो कांग्रेसले क्रान्तिको उपलब्धिको रक्षा । हामीलाई राम्ररी थाहा छ, शान्ति प्रक्रिया तुहियो भने र संविधान निर्माण भएन भने, शासन जसले गर्ला, निरंकुश सत्ताको खिलाफमा फेरि पनि सबभन्दा पहिला उठ्नु पर्ने कांग्रेस नै हो । निरंकुश सत्ताविरुद्धको संघर्षमा कांग्रेसभित्र कयौं होनाहार पुस्ताको उमेर र ऊर्जा सकियो, हाम्रो पुस्ताको कांग्रेसको ऊर्जा र उमेर फेरि यस्तो लडाइँमा होइन, समृद्ध र समतामूलक नेपाल निर्माणका निम्ति उपयोग गर्न चाहन्छौं । 


(कान्तिपुरबाट) 

लेखक कांग्रेसका युवानेता हुन्

Comments :

0 comments to “कांग्रेसको अबको कार्यभार ( गगन थापाको बिचार)”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger