wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

May 8, 2010

माओवादीद्वारा आमहडताल स्थगित


माओवादीले जारी आमहड्ताल स्थागित गर्ने निर्णय गरेको छ । शुक्रबार राती सम्पन्न माओवादी स्थायी समितिको बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले हड्ताल स्थगित गरिएको जानकारी दिएका हुन् ।उनले शान्ति र संविधानको लागि सुरु गरिएको आन्दोलन भएकोले निकास ननिस्किएमा फेरी यस्तै खालका आम हड्ताल पनि गरिने जनाएको छ । अमेरिकी उपविदेश मन्त्री र अन्य विदेशीको दवावमा हड्ताल फिर्ता लिएको हो की भन्ने प्रश्नमा उनले अरुको दवावमा नभइ आफ्नै सवतन्त्र ढंगले लिइएको निर्णय भएको समेत उल्लेख गरे ।माओवादीले शनिबार दिउँसो १२ बजे जनप्रदर्शन गरेर दिउँसो २ बजे सभा गर्ने पनि कार्यक्रम घोषणा गरेको छ । त्यसैगरी आइतवार राजधानीमा सिंहदरवार घेराउ र जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ ।शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार र त्यसका लागि प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग गर्दै बैशाख १९ गते अनिश्चितकालिन आमहड्ताल सुरु गरेको थियो
।आमहड्ताल लम्बिंदै जाँदा पनि सरकारले मागको सम्बोधन नगरेपछि सर्वसधारणको जनजीवन कष्टकर बन्दै गएको थियो । माओवादी माथि आमहड्ताल फिर्ता लिनको लागि व्यापक जनदवाव परेको थियो ।मुलुकभरका बिभिन्न स्थानहरुमा सत्तारुढ दलका कार्यकर्ताहरुको अगुवाइमा प्रतिकार तथा विरोध प्रदर्शन पनि बढ्दै गएको थियो । अन्तरराष्ट्रिय समुदायको तर्फबाट पनि हड्ताल फिर्ता गर्न आग्रह गर्दै आएको थियो ।नेपाल उद्योग बाणिज्य महासंघ तथा पेशागत महासंघको आयोजनाका शुक्रबार बिहान राजधानीलगायतका बिभिन्न स्थानमा शान्ति सभाहरुको आयोजना गरिएको थियो । त्यसको पनि माओवादी माथि व्यापक दवाव परेको थियो ।हड्ताल बढ्दै जाँदा सरकारले मागको सुनुवाई नगरी विस्तारै दमनलाई बढाउँदै लगेको थियो । शान्ति र्‍यालीका सहभागी र माओवादी कार्यकर्ताबीच राजधानीका बिभिन्न स्थानहरुमा शुक्रबार झडपसमेत भएको थियो ।कास्कीको लेखनाथमा भएको झडपमा गोली चल्दा आठ माओवादी कार्यकर्ता घाइते भएका थिए । माओवादीले प्रतिकार र विरोधमा पनि प्रदर्शनहरु हुन थालेपछि जनता-जनता भीडाउने षडयन्त्र भएको निष्कर्ष निकालेको हो ।


Comments :

0 comments to “माओवादीद्वारा आमहडताल स्थगित”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger