wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

June 21, 2010

कोरियाको लागी ४२ हजारको आबेदन ५ महिनमा जान पाउने

 रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिइने भाषा परीक्षा उत्तीर्ण हुन सके नेपाली युवा पाँच महिनाभित्र कोरिया जानेछन्। कोरिया जान चाहनेका लागि सरकारले यसै साता भाषा परीक्षा आवेदन लिएको छ।
श्रम तथा यातायात मन्त्रालयका अनुसार भदौ १२ र १३ गते भाषा परीक्षा हुनेछ। १४ गते नतिजा आउनेछ। इपिएस नेपालका संयोजक महेश आचार्यका अनुसार पहिलो चरणमा पठाउनका लागि ६ हजार ६१ जनाको श्रम सम्झौता भएको थियो। दुई वर्षअघि पहिलो चरणको भाषा परीक्षामा सहभागी भएकामध्ये ६ हजार ५ सय ८६ जना कोरिया जान योग्य भएका थिए।पहिलोपल्टका १ हजार ५ सय जना कामदार जान बाँकी छन्,' आचार्यले भने, 'केही समयमा उनीहरु गइसक्छन्।' कोरियाले नेपालबाट इपिएसअन्तर्गत यसपालि ४ हजार कामदार लिने घोषणा गरेको थियो।

भाषा परीक्षार्थीले ६० प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्छ। परीक्षामा २५ वटा प्रश्न सोधिनेमा बोलेर र लेखेर जवाफ दिने दुवै पर्छन्। परीक्षा निरीक्षणको जिम्मा त्रिभुवन विश्वविद्यालयलाई दिइएको छ। त्यसको परीक्षण भने कोरियामै हुन्छ।
सरकारले भाषा परीक्षा उत्तीर्णको सूची निकालेपछि कोरियाको मानव संशाधन विभागले कामदार माग गर्छ। सूचीमा रहेकामध्ये उत्कृष्ट नम्बर ल्याउनेले पहिलो प्राथमिकता पाउँछन्। कोरियाले आफ्नो देशमा कामदार अभाव भएपछि विदेशीलाई काममा लगाउन स्वीकृति दिएको हो। ती सबै इपिएसअन्तर्गत जानुपर्छ। कोरिया जाने कामदारले महिनाको झन्डै ७० हजार रुपैयाँ (९ सय अमेरिकी डलर) कमाउँछन्। त्यहाँ जान हवाई टिकटलगायत सबै खर्च जोड्दा ७० हजार रुपैयाँ भए पुग्छ।नेपाल र कोरिया बीच सन् २००७ जुलाई २३ मा श्रम सम्झौता भएको थियो। नेपालले २००८ अगस्ट ११ देखि इपिएसअन्तर्गत कोरियामा कामदार पठाउन थालेको हो। नेपाली कामदार कृषि, माछापालन, सेवा, उत्पादनमूलक र निर्माण क्षेत्रमा गइरहेका छन्। त्यसअघि म्यानपावर कम्पनीले कामदार पठाउने गरेका थिए। निजी क्षेत्रका म्यानपावर कम्पनी लुम्बिनी ओभरसिज र मुनड्रप्सले बढी रकम लिएपछि कोरियाले इपिएसबाट कामदार लिने प्रस्ताव गरेको हो।थोरै पैसा लगानी गरेर धेरै कमाउन सकिने हुँदा कोरियाको आकर्षण बढेको हो। खाडी र मलेसिया जाँदा एक लाख रुपैयाँसम्म तिर्नुपर्छ। तलब बढीमा ३० हजार रुपैयाँमात्र हुन्छ।
४२ हजारको आवेदन
कोरिया जाने भाषा परीक्षाको लागि यो साता ४२ हजार ४७ जनाले आवेदन दिएका छन्। पहिलोपल्टको भाषा परीक्षामा ३२ हजार मात्र सहभागी भएका थिए। भाषा परीक्षामा सहभागीमध्ये उत्कृष्ट छनोट गरेर रोस्टरमा राख्ने र कोरियाको मानव संशाधन विभागले कामदार माग गरेपछि पठाउने प्रक्रिया थालिन्छ।मन्त्रालयका अनुसार आवदेन भरेका सबै भाषा परीक्षामा सहभागी हुनेछन्। भाषा परीक्षाको सबै उत्तरपुस्तिकाहरु कोरियामानै जाँच हुनेछ। कोरिया कामदार छनोटमा यहाँको कुनै भूमिका रहँदैन। कोरिया जानको लागि १८ देखि ३९ वर्ष भित्रकाले आवेदन दिएका थिए। कोरिया जान कुनै शैक्षिक योग्यताको खाँचो पर्दैन्।कोरियामा शैक्षिक योग्यता आवश्यक नपर्ने भएकाले बढी सहभागिता भएको हो। कोरियामा सरकारले सस्तोमा कामदार पठाउन थालेपछि आकर्षण बढेको छ। कोरिया सरकारले यो वर्षका लागि नेपाललगायत विभिन्न देशबाट इपिएसअन्तर्गतका १५ मुलुकमध्ये कामदार पठाउने सूचीमा नेपाल पहिलो स्थानमा छ।

Comments :

0 comments to “कोरियाको लागी ४२ हजारको आबेदन ५ महिनमा जान पाउने”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger