wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

June 21, 2010

काभ्रेका अनुप बने विश्व बिजेता


 अमेरिकी सरकारले आयोजना गरेको विश्वव्यापी डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगितामा नेपालका एक युवा विजेता बनेका छन् ।काभ्रेको महादेवस्थान गाविसका २० वर्षिय अनुप पौडेल बिजेता बनेका हुन् । उनले 'डेमोक्रेसी इज ब्ल्याक' नामक वृत्तचित्र बनाएर प्रतियोगितामा प्रस्तुत गरेका थिए । प्रतियोगितामा विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीको  सहभागीता रहेको थियो । भिडियो मार्फत डेमोक्रेसीको परिभाषा उल्लेख गर्नुपर्ने उक्त प्रतियोगीतामा उनले १ मिनेट ३० सेकेन्डको भिडियो क्लिप तयार पारेका थिए ।उनले चारवटा फरकफरक रङ्गहरुको मिश्रण गरी डेमोक्रेसीलाई परिभाषित गरेका थिए । डेमोक्रेसी भनेको एकता, स्वतन्त्रता, शान्ति र मायालाई उनले परिभाषित गरेका थिए ।
मैले बनाएको भिडियो उत्कृष्ट भएकोमा साह्रै खुशी लागेको छ' उनले भने 'यो मेरो मात्र बिजय नभई नेपालको समेत बिजय हो ।'उनले उक्त प्रतियोगितामा बिजय भई नेपाली पनि कुनै कुरामा कमजोर हुँदैनन् भन्ने कुरा देखाउन सके । बिजेता बनेपछि उनी अफ आफ्नो भिडियो देखाउनका लागि अमेरिकाको न्यूवर्क लगायतका क्षेत्रमा जाने अवसर पाउनेछन् । उनको उक्त भिडियो त्यहाँका चलचित्र भवनहरुमा समेत देखाइने उनले बताए ।ओस्कार कलेज अप फिल्म स्टडिजमा स्नातक तहमा अध्ययन गदै गरेका पौडेल एसियन डेभलपमेन्ट बैंकले फिलिपिन्समा आयोजना गरेको जलवायु परिर्वतन सम्बन्धी भिडियो प्रतियोगितामा प्रथम भएका थिए ।विश्व विजेता बन्न पौडेल सफल भएपछि उनको गाउँ महादेवस्थानमा खुशीयाली छाएको छ । कुन बेला अनुप गाउँमा आउँलान र पुष्पहार सहित अविरले रङ्गाउन पाईने हो भन्ने आशामा स्थानीय बासी रहेका छन ।  'अनुप विश्व विजेता बनेपछि हामी धेरै खुशी भएका छौ' स्थानीय राजन पौडेलले भने 'यो हाम्रो गाउँ, जिल्ला र देशकै लागि गौरवको कुरा हो ।'
प्रतियोगिता जित्न सफल भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस्

Comments :

0 comments to “काभ्रेका अनुप बने विश्व बिजेता”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger