wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

August 22, 2010

कांग्रेसमा तेस्रो धारको जन्म

nc
६ भाद्र, काठमाण्डौ । कार्यवाहक सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच पार्टी नेतृत्व लिने होडबाजी चलिरहेका बेला नेपाली कांग्रेसभित्र औपचारिक रुपमै तेस्रो धारको जन्म भएको छ ।कार्यवाहक सभापति कोइराला र वरिष्ठ नेता देउवाबीच महाधिवेसनमा सभापतिका लागि कडा प्रतिष्पर्धा हुने अनुमान भइरहेका बेला नेता भिमवहादुर तामाङले आइतबार सभापतिमा र नरहरि आचार्यले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएपछि कांग्रेसमा तेस्रो धारको जन्म भएको हो ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेर नेता तामाङ र आचार्यले पार्टी दुई धारमा विभाजित भएकाले पार्टीलाई वैचारिक रुपमै एकतावद्ध गर्न उम्मेदवारी दिएको बताएका छन् ।सत्ताको होडबाजीले पार्टीविचार शून्य हुँदै गएको र एकीकरणपछि चरम गुठबन्दी देखिएकाले नेपाली कांग्रेसलाई विचार प्रधान बनाउनका लागि आफूहरुले उम्मेदवारी दिएको उनीहरुले दावी गरेका छन् ।

मुल्य र मान्यतालाई सिद्धान्तमा मात्र हैन व्यवहारमा देखाउन आफूहरुले उम्मेदवारी दिएको तामाङ समूहको भनाई छ ।तामाङको उम्मेदवारी घोषणासँगै आगामी १२ औं महाधिवेसनमा कोइराला, देउवा र तामाङबीच त्रिपक्षीय भिडन्त हुने लगभग पक्का देखिएको छ । तामाङको उम्मेदवारीले कांग्रेसभित्रको चुनावी समिकरणलाई जटिल बन्ने देखिन्छ ।
कोइराला र देउवा समूहमा बौद्धिक पहिचान बनाएका नेताहरुले समेत तामाङ समूहलाई साथ दिएका छन् । कांग्रेसको १२ औं महाधिवेसन आगामी असोज पहिलो साता राजधानीमा हुँदैछ ।

Comments :

0 comments to “कांग्रेसमा तेस्रो धारको जन्म”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger